TODAY'S CARTOON

Todays Photo
Photo Gallery

गृहराज्य मन्त्री अन्सारीद्धारा राजिनामा

300picture.php.jpeg

काठमाण्डौ, २६ फागुन- केही महिना यता गृह मन्त्री भीम बहादुर रावलसंग  वैचारिक द्धन्द्ध गरिरहेका  गृह राज्य मन्त्री महोमद्द रिजवान अन्सारीले आज राजिनामा दिएका छन् ।
 

राज्य मन्त्री पद पाएतापनि गृह मन्त्रीले आफ्नो पद र जिम्मेबार अनुसारको कार्य गर्न नदिएको भन्दै साथै केही दिन पहिले र्सार्वजनिक रूपमा गृह मन्त्रीको राजिनामा मागेका मन्त्री अन्सारीले प्रधानमन्त्रीको दबावमा राजिनमा दिएका हुन । अपरान्ह प्रधानमन्त्री कार्यालय पुगी उनले आफ्नो राजिनामा पत्र दर्ता गराएका थिए । यस्तै राजिनामा पत्र दर्ता गराएलगत्तै उनी प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।
मन्त्री अन्सारीलाई हिजो मंगलबार प्रधानमन्त्री माधव कुमार नेपालले राजिनामा दिन निर्दैशन दिएका थिए । प्रधानमन्त्रीले साक्षात्कार कार्याक्रममा खुल्ला रूपमा गृह मन्त्रीको राजिनामा मागेर सरकारलाई अप्ठयारोमा पारेको भन्दै उनको राजिनामा मागेको स्रोतले  बताएको छ । यस्तै प्रधानमन्त्री माधव  कुमार नेपालले  अन्तरिम संविधान २०६३ को धारा ३८ को उपधारा ८  बमोजिम  राज्यमन्त्री अन्सारीको राजिनामा स्वीकृत  गरेका छन ।
संविधान सभाका लागि र्सलाही क्षेत्र नं २ बाट प्रत्यक्ष निर्वाचित भएका मन्त्री अन्सारी वर्तमान सरकारको  गठबन्धनमा एमालेका तर्फबाट १० सदस्य मध्ये उनी मात्र एक्ला प्रत्यक्ष निर्वाचित सदस्य थिए । २०४८ सालमा एमालेमा प्रवेश गरेका हठी स्वभावका अन्सारी   आजै बाट पदमुक्त भएका छन् ।

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

लेखक नेपाली कांग्रेसका सभासद तथा युबा नेता हुन /

राजनीतिक 'नौटङ्की’ को साक्षी बन्नुपर्दा

more »

  • PERSONALITY
Personality not found.

HOROSCOPE

Useful Info