धरान, २६ फागुन- १२ दिन अघि अपहरणमा परेकी सुनसरी पञ्चकन्या ८ कि २४ बर्षीया मिना सुब्बाको लाश आज बिहान फेला पारिएको छ ।
भेडेटार-राजारानी सडक खण्ड अर्न्तरगतको थुम्कीडाडामा डङलङती गन्हाएको अवस्थामा उनको शव फेला पारिएको हो । लाशको प्रकृति हेर्दा बलात्कार गरिएको जस्तो देखिएकाले यवतीको सामूहिक बलात्कार भएको प्रहरीले अनुमान गरेको छ । यस्तै बलात्कार गरिएको शंकाका आधारमा प्रहरीले ४ जना युवालाई तीत दिन पहिले अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा मग्रावती श्रेष्ठ, मुकेश श्रेष्ठ, सुजन श्रेष्ठ र सुदिप श्रेष्ठ रहेका छन् । नियन्त्रणमा लिएका ती ४ जनाले गत फागुन १५ गते भेडेटारको नाम्जेमा विरामी भएर बसेको अवस्थामा मिनालाई को १ ज ६२४ नम्बरको मारूती भ्यानको साहयतामा अपहरण गरी नजिकैको जंगलमा लगी सामुहिक बलात्कार गरेका बयान दिएको प्रहरी निरिक्षक राजेन्द्र विकले बताए ।
COMMENTS