TODAY'S CARTOON

Todays Photo
Photo Gallery

हातहतियार सहित ३ जना पक्राउ

sarwajanik.jpg

पर्सा, २५ फागुन- विभिन्न अपराधको घटनामा संलग्न भएको आरोपमा प्रहरीले पर्सा जिल्लाको विभिन्न ठाउंबाट हातहतियार सहित तिन जनालाई पक्राउ गरेको छ ।

अपराधिक घटनामा संलग्न रहेको भन्दै जिल्ला प्रहरी कार्यालय पर्साले विरगन्ज उपमहानगरपालिका वडा नम्बर १७ का ओमप्रकाश प्रजापति, जिल्ला पर्सा मनियारी गाविसका अनिरुद्ध प्रसाद यादव र विरगन्ज उपमहानगरपालिका वडा नम्बर १७ का महेश पटेललाई हातहतियार सहित पर्सा जिल्लाको विभिन्न ठांउबाट पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट ३ थान नलकटुवा पेस्तोल र सो पेस्तोलमा प्रयोग हुने ७ राउन्ड गोली समेत बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरीले आज पत्रकार सम्मेलन गरि उनीहरुलाई र्सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुको अन्य विभिन्न अपराधको घटनामा समेत संलग्नता रहेकोले थप अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको जनाएको छ ।

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

लेखक नेपाली कांग्रेसका सभासद तथा युबा नेता हुन /

राजनीतिक 'नौटङ्की’ को साक्षी बन्नुपर्दा

more »

  • PERSONALITY
Personality not found.

HOROSCOPE

Useful Info