काठमाण्डौ, २५ फागुन- संविधानको निर्माणको खाका बनाउने जिम्मा पाएका ११ वटा विषयगत समिति मध्ये ९ वटाले निर्धारित समयमा संविधानको मस्यौदा संविधानसभामा पेश नगरेका कारण संविधान निर्माण कार्यतालिका आज १०औ पटक संशोधन गरिएको छ ।
नया संविधानको पहिलो एकिकृत मस्यौदा तयार पार्न माघ २१ गते देखि फागुन २१ को समय भएतापनि सो समयावधिभर बाकी मस्यौदा संविधानसभामा पेश हुन नसकेका कारण संविधान निर्माण कार्यतालिका आज पुन संशोधन गरिएको हो । आजका मितिले संविधानसभामा बाकी रहेका अन्य महत्वपूर्ण कार्य ५० दिन भित्र पुरा गरिसक्ने गरी संशोधन गरिएको कार्यतालिकमा संविधान निर्माणका केही प्रक्रिया समेत छोट्याएको छ । यध्पी बाकी ८० दिन भित्र संवैधानिक समितिले आफ्नो पहिलो एकिकृत मस्यौदा तयार पार्ने छ ।
यस अवधिभर संविधानसभाको पूर्ण बैठकमा त्यस मस्यौदामा छलफल भई राजपत्रमा प्रकाशन गर्दै जनताको राय सुझावको लागि कार्ययोजना तयार गरिनेछ । जव जनताको राय सुझाव प्रतिवेदन तयार हुने छ त्यसपछी संविधानको विधेयक तयार गरिनेछ । यस्तै सो विधेयकका विषयमा संविधानसभामा पुन छलफल हुनेछ । प्रस्तुत गरिएको विधेयेकमा कसैको असहमति भएमा यहि समय सिमा भित्र संशोधनको प्रस्ताव समेत सभासदहरूले राख्न पाउने छन र अन्त्यमा सो विधेयकमाथि दफावार छलफल भई दुई तिहाई बहुमतका साथ नया संविधान घोषणा गरिने छ ।
प्रथम पटक २०६५ पुस १४ गते संशोधन गरिएको संविधान निर्माण कार्यतालिका १५ महिनामा १० पटक परिवर्तन गरिएको हो । यस्तै संविधानसभा भवन नया बानेश्वरमा अपरान्ह ३ बजे बसेको संविधानसभाको आजको बैठक आगामी चैत ३ गते सम्मका लागि स्थिगित गरिएको छ ।
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS