TODAY'S CARTOON

Todays Photo
Photo Gallery

माओवादीले तीन सर्त माने राष्ट्रिय सरकार बनाउन एमाले तयार : खनाल/ झमक कुमारीलाई सम्मान

काठमाण्डौ, २२ फागुन- एमाले अध्यक्ष  झलनाथ खनालले माओवादीले तीन सर्त माने राष्ट्रिय सरकार निर्माण गर्न एमाले तयार रहेको बताएका छन् ।

१०० औ विश्व महिला श्रमिक दिवसको अबसर पारेर एमाले सर्म्पर्क विशेष कमिटिले आयोजना गरेको झमक घिमिरे सम्मान कार्याक्रममा बोल्दै  अध्यक्ष  खनालले "हिंसा, अहिले सम्मका सायौ सम्झौता लागु साथै कब्जा गरिएका सम्पती फिर्ता र लडाकु समायोजनमा माओवादीले सहयोग गरे तुरून्त राष्ट्रिय सहमतिको सरकार निर्माण गर्न आफुहरू तयार रहेको" बताए  । यस्तै उनले समयमै  संविधान निर्माणका लागि हरेक क्षेत्रमा सहमति र समन्वय आवश्यकता रहेको भन्दै सवै पार्टीलाई सहमतिमा आउन आग्रह समेत गरेका छन् ।

 कार्याक्रममा अपाङ्ग भएर नेपाली साहित्यका क्षेत्रमा निरन्तर लागि रहेकी झमक घिमिरेलाई अध्यक्ष खनालले नगद रू. १० हजार सहित दोसल्ला र प्रमाणपत्रले सम्मान गरेका थिए । २०३७ सालमा धनकुटा जिल्लामा जन्मजातनै अपाङ्ग भएर जन्मिएकी साहित्यकार घिमिरेले यस अघि प्रबल गोर्खा दक्षिणबाहु चौथो  पुरस्कार, अपाङ्ग प्रतिभा पुरस्कार लगायत तीन दर्जन जति पुरस्कार र सम्मान पाईसकेकी छिन् । २९औ बसन्तमा संघर्षको जिवन गुजारी रहेकी झमककुमारीका  विभिन्न ८ वटा कृतिहरू प्रकाशित छन् भने अन्य ९ वटा कृतिहरू प्रकाशन हुने चरणमा रहेका छन् ।

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

लेखक नेपाली कांग्रेसका सभासद तथा युबा नेता हुन /

राजनीतिक 'नौटङ्की’ को साक्षी बन्नुपर्दा

more »

  • PERSONALITY
Personality not found.

HOROSCOPE

Useful Info