TODAY'S CARTOON

Todays Photo
Photo Gallery

मकर मेलामा ज्ञानेन्द्रले २ लाख दान गरे

 पनौति २५ माघ- प्रत्येक १२  बर्ष काभ्रेको पनौतिमा लाग्ने मकर मेला अवलोकनका लागि आज यहा आएका पूर्व राजा ज्ञानेन्द्र शाहले २ लाख रूपैया नगद दान गरेका छन् ।

मकर स्नानका  लागि पनौति आएका शाहले मेलामा लागाइएको दुई महायज्ञमा एक-एक लाख रूपैया दान गरेका हुन । काठमाण्डौबाट आफै गाडी चलाएर पनौति मेला अबलोकनका लागि आएका शाहले गएको माघ १ गते देखि लागेको मकर मेलामा इन्द्रेश्वर क्याम्पस एमए कक्षा  सञ्चालनका निम्ति  र माइती विद्याश्रम निर्माणका लागि लगाइएको महायज्ञमा सहयोग स्वरूप सो नगद दान गरेका हुन ।

पनौति आएका ज्ञानेन्द्रलाई स्वागातार्थ उनका र्समर्थकहरूले राजा आउ देश बचाऊ जस्ता नारा लगाएका थिए । विशुद्ध धार्मिक भ्रमण भनिएको शाहको पनौति आवगमनका लागि आज विहानैबाट  सुरक्षा व्यवस्था कडा बनाइएको थियो । यस्तै राजसंस्थाको समयमा राजाहरूले इन्द्रेश्वर महादेवको मन्दिर अवलोकन गर्न नहुने धार्मिक मान्यता रहेता पनि उनले त्यहा पुजा पाठ गरेका थिए । शाह  करिब पौने २ घण्टा पनौति क्षेत्रमा रही काठमाण्डौ फर्किएका थिए ।


 

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

दुई समस्या, दुई समाधान ||

((नेपालमा जनताले चाहेका कुरा र राजनीतिक दलका नेताले गर्न खोजेको कुरामा धेरै ठूलो अन्तर छ ।\'नयाँ नेपाल\' को एजेन्डा माओवादीको एजेन्डा नै हो । जनताको व्यापक समर्थन भएकाले सात दलले यो एजेन्डालाई पछ्याएका हुन् र सात दलसित त्यसबेला अर्को कुनै विकल्प पनि थिएन। एक हठी र निरंकुश राजाले सीमान्तकृत गरेका माओवादीको बुइ चढेर उनीहरू सत्ताको सिँढी चढ्न चाहन्थे।))


more »

  • PERSONALITY

Siddhartha Gautama Buddha was a spiritual founder of Buddhism. He was born Lumbini,kapilbastu Nepal.
"Buddha" meaning "awakened one" or "the enlightened one."
*If we could see the miracle of a single flower clearly, our whole life would change.*
~ Lord Buddha ~

more »

HOROSCOPE

Useful Info