गृह राज्य मन्त्री रिजवान अन्सारीले राजिनामा दिदै
शान्ति सुरक्ष शान्ति सुरक्षा बहाली हुन नसकेको भन्दै गृह राज्यमन्त्री रिजवान अन्सारीले आज पद त्याग गर्ने भएका छन् । जनताबाट तिरस्कृत भएको बर्तमान मन्त्रीमण्डलमा उनी र्सलाही क्षेत्र नं। २ बाट संविधानसभा चुनावमा जनताबाट प्रत्यक्ष निर्बाचित भै आएका हुन । उनले आज मध्यँन्न प्रधानमन्त्री माधव कुमार नेपाल समक्ष राजिनामा दिदै छन् ।
काठमाण्डौ, २४ माघ- राजधानीको अति व्यस्त सडक लाजिम्पाट पानीपोखरीमा आज दिउसै गोली प्रहार भएको छ ।
दरबारमार्गमा रहेको होटल याक एण्ड यतिको हेल्थ क्लबाट आफ्नो निवास पानीपोखरी जादै गरेका स्पेस्टाइम नेर्टवर्क तथा च्यानल नेपालका अध्यक्ष जमिम शाह माथि एक अज्ञात समूहले गोली हानी उनको हत्या गरेको छ ।
अत्याधिक कडा सुरक्षा भनिएको उक्त क्षेत्रमा यसरी दिनदहाडै हत्या हुनुलाई प्रहरीको ठूलो कमजोरी ठर्र्याइएको छ । यतीको हेल्थ क्लबबाट निस्किएका शाह परराष्ट्र मन्त्रालय हुदै राष्ट्रपति निवास नजिकै रहेको आफ्नो निवास जाने क्रममा करिब साढे ३ बजेको समयमा फ्रान्सेली दुतावास अगाडी पुग्दा मोटरर्साईकलमा आएका दुई व्यक्ति मध्ये एकले उनी माथि गोली प्रहार गरेका थिए । गोली शाहको बाया कञ्चट र बाया कोखमा लागेको थियो । गोली लागेका शाहलाई शिक्षण अस्पताल महारागञ्जको आकस्मिक कक्षमा पुर्र्याए लगत्तै उनको मृत्यु भएको थियो । घटनामा ४७ बर्षीय मृतक शाहका चालक मथुरा मालाकार समेत घाइते भएका थिए, उनको बाया तिघ्रामा गोली लागेको छ । यध्यपी घाइते मालाकारको अवस्था भने खतरा मुक्त रहेको अस्पतालले जनाएको छ ।
नेपालमा पहिलो पटक केबल टेलिभिजन भित्राएका शाह माथि भएको उक्त घटनाले नेपालको सुरक्षा व्यवस्थालाई थप नाङ्गा बनाई दिएको छ ।
यस्तै घटनाबारे अनभिज्ञ जनाउने प्रहरी प्रशासनमाथि अर्को प्रश्न चिन्ह खडा गरिदिएको छ । घटना स्थलबाट १ कि.मी अगाडीको दुरीमा रहेको राष्ट्रपति भवनमा हुन गई रहेको उपराष्ट्रपति परमानन्द झाको सपथ ग्रहणका लागि उक्त मार्ग तय गरिएको थियो । सपथ ग्रहण कार्याक्रममा सहभागी हुन प्रधानमन्त्री, लगायत विभिन्न मन्त्रीहरू लगायत विशिष्ट व्यक्तिहरूको आवगमनका लागि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएतापनि अपराधी भाग्न सफल भएका छन् ।
गल्ती स्वृकार : प्रहरी
कडा सुरक्षाका बाबजुत पनि सो घटना भएको भन्दै प्रहरीले आफ्नो गल्ती स्वृकार गरेको छ । घटना लगत्तै बेलुकी प्रहरी प्रधान कार्यालयमा बसेको सुरक्षा अधिकारीहरूको बैठकले समयमा सूचना प्राप्त नभएको निस्कर्षा साथ सा घटना भएको बताएको छ । सो बैठकले राजधानीको सुरक्षाका निम्ति सूचनाको जिम्मा पाएको आयुक्तको कार्यालयको गल्ती भएको ठहर गरेको छ । यस्तै प्रहरी प्रवक्ता विज्ञान राज शर्माले "घटनामा साइलेन्सर बन्दुको प्रयोग भएका कारण समयमै सूचना प्रसारित गर्न नसकिएको" बताएका छन् । यध्यपी उनले अपराधीहरूलाई भाग्न नदिन उपत्यकाको सम्पूर्ण नाका बन्द गरिएको बताए । उनले कुनै पनि हालतमा अपराधी पत्ता लगाई छाड्ने बताए ।
COMMENTS