गृह राज्य मन्त्री रिजवान अन्सारीले राजिनामा दिदै
शान्ति सुरक्ष शान्ति सुरक्षा बहाली हुन नसकेको भन्दै गृह राज्यमन्त्री रिजवान अन्सारीले आज पद त्याग गर्ने भएका छन् । जनताबाट तिरस्कृत भएको बर्तमान मन्त्रीमण्डलमा उनी र्सलाही क्षेत्र नं। २ बाट संविधानसभा चुनावमा जनताबाट प्रत्यक्ष निर्बाचित भै आएका हुन । उनले आज मध्यँन्न प्रधानमन्त्री माधव कुमार नेपाल समक्ष राजिनामा दिदै छन् ।
काठमाण्डौ, २० माघ- एमाले भित्र एक बर्षयता संस्थापन पक्ष र पार्टीका अन्य असन्तुष्ट पक्षबीच देखिदै आएको मतभेद टुङ्गीएको छ ।
८ औ महाअधिवेशन पश्चात तेस्रो पटक बुधबार बसेको एमाले पोलिटब्यूरो बैठकले महाधिवेशनबाट उत्पन्न भएको विधान एवं दस्तावेजको विवादलाई अन्त्य गर्दै नया ढङ्गबाट अगाडी बढ्ने निर्णय गरेको छ । बल्खु स्थित पार्टी कार्यालय मदननगरमा बसेको उक्त पोलिटब्यूरो बैठकले केपी ओलीले प्रस्तुत गरेको १९ पृष्ठ सुद्धी पत्र सहित अध्यक्ष झलनाथ खनालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनलाई अन्तिम रूप दिदै महासचिवर् इश्वर पोखरेलले पेश गरेको संशोधित विधानलाई पारित गरेपछी सो विवाद अन्त्य भएको हो ।
गत फागुनमा सम्पन्न ८ औ महाधिवेशन पश्चता बढेको विवादका सम्बन्धमा गत पुसमा बसेको एमाले पोलिटब्यूरो बैठकले महासचिव इश्वर पोखरेलको संयोजकत्वमा दस्तावेज तथा विधानका सम्बन्धमा छलफल गर्ने गरी कार्यदल गठन गरेअनुरूप आजको बैठकले मुख्य चार वटा बुदामा विधान संशोधन गरेको बुझिएको छ ।
पोलिटब्यूरो बैठकले अब देखि माओवादीसंगको सम्बन्धलाई पनि फरक ढङ्गले अगाडी बढाउने निर्णय गरेको छ । एमाले सचिव युवराज ज्ञावालीले जारी गरेको विज्ञाप्त अनुसार एमालेले माओवादीसंग सहकार्य, संघर्ष र रूपान्तरणको नीति अवलम्बन गर्नेछ । भनी उल्लेख गरिएको छ । यस्तै यस अघि एमालेले माओवादीसंग एकता , रूपान्तरण र सहकार्यको नीतिलाई अगालेको थियो ।
यस्तै पोलिटब्यूरो बैठक भोली बिहिबार बिहान ११ बजे पुन बस्ने एमालेले जनाएको छ । भोलीको बैठकमा नया संविधान निर्माणका सम्बन्धमा बैठक केन्दि्रत हुने एव राज्य पुनर्संरचनाका सम्बन्धमा संविधानसभामा देखिएको विवादका सम्बन्धमा छलफल हुने बुझिएको छ ।
COMMENTS