गृह राज्य मन्त्री रिजवान अन्सारीले राजिनामा दिदै
शान्ति सुरक्ष शान्ति सुरक्षा बहाली हुन नसकेको भन्दै गृह राज्यमन्त्री रिजवान अन्सारीले आज पद त्याग गर्ने भएका छन् । जनताबाट तिरस्कृत भएको बर्तमान मन्त्रीमण्डलमा उनी र्सलाही क्षेत्र नं। २ बाट संविधानसभा चुनावमा जनताबाट प्रत्यक्ष निर्बाचित भै आएका हुन । उनले आज मध्यँन्न प्रधानमन्त्री माधव कुमार नेपाल समक्ष राजिनामा दिदै छन् ।
काठमाण्डौ, २६ फागुन- केही महिना यता गृह मन्त्री भीम बहादुर रावलसंग वैचारिक द्धन्द्ध गरिरहेका गृह राज्य मन्त्री रिजवान अन्सारीले आज राजिनामा दिदै छन् ।
»Full Covereage
धरान, २६ फागुन- १२ दिन अघि अपहरणमा परेकी सुनसरी पञ्चकन्या ८ कि २४ बर्षीया मिना सुब्बाको लाश आज बिहान फेला पारिएको छ ।
»Full Covereage
निर्धारित समयमा संविधान निर्माण गर्न दलहरूलाई खबरदारी गर्न मंगलबार संविधानसभा भवन अगाडी नागरिक समाजले गरेको खबरदारी सभामा नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डे बसेका र खगेन्द्र संग्रौला तस्बिर अनुप भट्टराई
»Full Covereage
काठमाण्डौ, २६ फागुन- उपराष्ट्रपति परमानन्द झाले गर्ने भनिएको भारत भ्रमणको खर्च सरकारले नवेहोर्ने भएको छ ।
»Full Covereage
ललितपुर,२६ फागुन- आज विहान घर पोत्ने माटो लिन गएकी ललितपुरको लामाटार १ सिस्नेघारीकी ५५ बर्षीय मैया सुवालको ढिस्कोले पुरिएर मृत्यु भएको छ ।
»Full Covereage
काठमाण्डौ, २५ फागुन- निर्धारित समयमा संविधान निर्माण गर्न दलहरूलाई दबाब दिन नागरिक समाजका अगुवाहरूले आज नागरिक खबरदारी सभा गरेका छन् ।
»Full Covereage
मनिष पौडेल - पर्सा, २५ फागुन- विभिन्न अपराधको घटनामा संलग्न भएको आरोपमा प्रहरीले पर्सा जिल्लाको विभिन्न ठाउंबाट हातहतियार सहित तिन जनालाई पक्राउ गरेको छ ।
»Full Covereage
काठमाण्डौ, २५ फागुन- उपप्रधानमन्त्री एव मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदार आज दिल्ली गएका छन् ।
»Full Covereage
काठमाण्डौ, २५ फागुन- संविधानको निर्माणको खाका बनाउने जिम्मा पाएका ११ वटा विषयगत समिति मध्ये ९ वटाले निर्धारित समयमा संविधानको मस्यौदा संविधानसभामा पेश नगरेका कारण संविधान निर्माण कार्यतालिका आज १०औ पटक संशोधन गरिएको छ ।
»Full Covereage
काठमाण्डौ, २४ फागुन- एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालको फाईदा उठाएर सेना राजा बचाउने अभियान नलाग्ने विश्वास व्यक्त गरेका छन् ।
»Full Covereage
काठमाण्डौ, २४ फागुन- एकिकृत माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले विविध कारणवस संविधानसभाको बैठकमा २० दिन उपस्थिति हुन नसकेको भन्दै सो समयावधिभरको तलब नबुझ्ने भएका छन् ।
»Full Covereage
काठमाण्डौ, २४ फागुन- लामो समय देखि बढ्दै गएको राजनीतिका जटिलतालाई निकास दिन राष्ट्रपति डा. रामबरण यादव र काग्रेस सभापति गिरिजा प्रसाद कोइरालाबीच छलफल भएको छ ।
»Full Covereage
काठमाण्डौ, २३ फागुन- नेपाल स्थित राष्ट्रसंघीय मिसन अनमिन प्रमुख करिन लनग्रेन र माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टर्राई बीच भेटवार्ता भएको छ ।
»Full Covereage
चरिकोट, २३ फागुन- दोलखाबाट शिवाकोटी समाजको एक कार्याक्रममा भाग लिएर काठमाण्डौ आउदै गरेका दुई व्यक्तिको जीप दुर्घटनामा मृत्यु भएको छ भने उनीहरूसंगै रहेका अन्य ३ जना गम्भीर घाइते भएका छन् ।
»Full Covereage
काठमाण्डौ, २२ फागुन- एमाले अध्यक्ष झलनाथ खनालले माओवादीले तीन सर्त माने राष्ट्रिय सरकार निर्माण गर्न एमाले तयार रहेको बताएका छन् ।
»Full Covereage