कोलंबो। श्रीलंका सेना र विद्रोहि बिचको लड़ाईका अंतिम दिन हरुमा शीर्ष तमिल विद्रोही नेता मारिएका छन्।खबर अनुसार करीब 300 विद्रोहिले आत्महत्या गरेका हुनसक्ने बताइएको छ। यो खबरको पुष्टि भने भएको छैन।
यसै बीच, राष्ट्रपति महिंद्रा राजपक्षेले लिट्टे माथि आफ्नो सेनाको विजय भएको बताएका छन्। उनले भने उनको देश अब आतंकवादबाट मुक्त भएको छ।
यसै बीच सेना र विद्रोहि बीच लड़ाईको अंतिम अबस्थामा भीषण संघर्ष भयो जसमा लिट्टेका नेता स्वर्णम र शशि मास्टर मारिएका छन् । लिट्टे प्रमुख वी प्रभाकरन कहां छन् , यो कसैलाई जानकारी भएको छैन।
COMMENTS