नई दिल्ली। लोकसभाको लागि भएको चुनावको जारी मतगणनामा शुरुआती नतिजा अनुसार कांग्रेस बिजयको नजिक पुगेको छ/ बिजयोंमुख नतिजापछी अकबर रोड स्थित पार्टी मुख्यालय तथा पार्टी अध्यक्ष सोनिया गांधीको आवास बाहिर सैंकड़ों समर्थक भेला भएर नारा जुलुस गित संगीतमा मस्त छन्/
सोनिया गान्धीका लागि तैयार गरियो डेढ़ लाख को बुके
कांग्रेसको जितको खुशियालीमा दिल्लीको कनॉट प्लेसमा एक बिशेस किसिमको फुलको गुच्छा तैयार भएको छ । भारत को नक्शा भएको यो गुच्छा कांग्रेस अध्यक्ष सोनिया गांधीको लागि तैयार गरिएको हो। बंग्लोरका एक व्यवसायीले यो गुच्छा तयार परेका हुन् ।यो बनाउन करीब डेढ़ लाख खर्च भएको छ । यो गुच्छा सोनिया गान्धीलाई भेटेर दिने बताइएको छ ।
COMMENTS