मेक्सिकोमा स्वाइन फ्लुको कारण ज्यान गुमाउनेको संख्या आज सम्म २२ जना सम्म पुगिसकेका छन् । यस रोगको संक्रमण विश्वको धेरै मुलुकमा देखा परिसकेको छ । हाल सम्म क्यानडा र स्पेनमा अमेरिकामा पनि फेला परिसकेकेा छ ।
स्वाइन फ्लु रोग देखापरे पछि युरोपेली मुलुकका स्वास्थ्यमन्त्रीहरुले आपतकालीन बैठक आह्ावान गरेका छन् । यस रोगले माहामारी लिन सक्ने संकेत गर्दै राष्ट्रसंघले सचेत गराएको छ । एसियाली लगाएत विभिन्न मुलुकमा यस रोगको संक्रमण भएको हुन सक्ने प्रति सचेत गराउदै जाँच्ने व्यावस्था गराएको छ ।
मेक्सिकोमा एक हजार ६सय १४ जना स्वाइन फ्लु रोगबाट संक्रमित भएको स्वास्थ्यमन्त्री जोसे एन्जेेल कोरडोभाले जानकारी दिए ।
अमेरिकामा हाल र्सार्वजानिक स्वास्थ्यमा संकटकाल घोषणा गरिएको छ ।
चीनले मेक्सिको र अमेरिकाका केही भागबाट संगुरको मासु आयत गर्न बाट रोक लगाएको छ ।
COMMENTS