TODAY'S CARTOON

Todays Photo
Photo Gallery

इराकमा संसदीय चुनाव

iraqiwomenvoting-1_1267942513_m2.jpg

बगदाद,२३ फागुन-  एजेन्सी- अत्याधिक सुरक्षाका बाबजुत इराकमा आज संसदीय चुनाव हुदै छ । अमेरिकाले सन् २००३ मा सद्दाम हुसेनलाई अपदस्थ गराएपछी इरकमा भएको यो दोस्रो संसदीय चुनाव हो ।

३ सय २५ सिटका लागि ६ हजार ३ सय उम्मेदवार रहेको यस चुनावी प्रतिस्पर्धा अहिले सम्मकै ठूलो भएको बताईको छ ।  करिब २ करोड मतदाता रहेको इराकमा १ करोड ८९ लाखले मतदानमा सहभागीता जनाउने इरकी स्वतन्त्र निर्वाचन आयोगले जनाएको छ । जसलाई ५ लाख भन्दा बढी राष्ट्रिय र अन्तराष्ट्रिय पर्यवेक्षकहरूले निगरानी गर्दैछन् ।  यस्तै समाचर एजेन्सी डिपीएका अनुसार चुनावलाई विथोल्ने हिसाबले   शनिबार  नजफ भन्ने स्थान नजिकै रहेको पवित्र तिर्थ स्थलसंगै  एक कार बम विस्फोट भएको थियो र तीन जनाले ज्यान गुमाएका थिए ।

४ बर्षो कार्याकालका लागि भईरहेको आजको चुनाव पश्चात नया सरकार गठन हुने  र नया राष्ट्रपति र संसदीय नेताको चुनाव हुनेछ । यस्तै चुनावलाई लक्षित गरेर इराकी अधिकारीहरूले शनिबार राति ८ बजे देखि आईबार बिहान ५ बजे सम्मका लागि सवै स्थानमा क‌र्फ्यू जारी गरेका छन् । जसमा हवाईसेवा, रेलसेवा समुद्री सेवा लगायत यातायात सेवा समेत बन्द गरिएको छ ।  सुरक्षा स्थित अत्यन्त नाजुक रहेको इराकको संसदीय चुनावका लागि ५ लाख सुरक्षकर्मी परिचालन गरिउको छ ।


 

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

लेखक नेपाली कांग्रेसका सभासद तथा युबा नेता हुन /

राजनीतिक 'नौटङ्की’ को साक्षी बन्नुपर्दा

more »

  • PERSONALITY
Personality not found.

HOROSCOPE

Useful Info