TODAY'S CARTOON

काठमाडौंमा आइतबारदेखि कालो प्लास्टिकमा प्रतिबन्ध

सहरलाई प्लास्टिकमुक्त बनाउन काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि सार्वजनिक स्थानमा कालो प्लास्टिक प्रयोगमा रोक लगाउने भएको छ।महानगरका कार्यकारी प्रमुख गणेश राईले विभागीय प्रमुख र बुधबार ३५ वटै वडाका सचिवहरूलाई बोलाएर प्लास्टिक निषेध अभियानको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिए।

जाडोमा दोब्बर हृदयाघात

काठमाडौ, पुस - चिसो यामसँगै तापक्रम घट्दै छ । चिसो हावाको असर देखिन सुरु भइसकेको  छ । चिसोसँगै हृदयाघात रोगीहरूको संख्यामा समेत झन्डै दोब्बर अनुपातमा वृद्घि भएको छ ।

Great sex strongly linked to ones overall satisfaction with life

The Pfizer Asia-Pacific Sexual Health and Overall Wellness survey quizzed more than 3,000 sexually active men and women in Asia-Pacific countries.

गर्भवतीलाई दन्त रोग शिशुका लागि खतरा

काठमाण्डौ, १८ माघ- गर्भवती महिलाहरूलाई यदि दातको रोग छ भने उनीहरूले तुरून्त डाक्टरको सल्लाह लिनुपर्ने भएको छ । यदि डाक्टरको सल्लाह नलिएको खण्डमा गर्भमा रहेको बच्चाको ज्यानमा समेत खतरा पर्ने  सक्छ ।
Todays Photo
Photo Gallery

काठमाडौंमा आइतबारदेखि कालो प्लास्टिकमा प्रतिबन्ध

landfill_plastic_bags.jpg

काठमाडौँ, असार ३०- सहरलाई प्लास्टिकमुक्त बनाउन काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि सार्वजनिक स्थानमा कालो प्लास्टिक प्रयोगमा रोक लगाउने भएको छ।महानगरका कार्यकारी प्रमुख गणेश राईले विभागीय प्रमुख र बुधबार ३५ वटै वडाका सचिवहरूलाई बोलाएर प्लास्टिक निषेध अभियानको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिए।

\'आइतबारदेखि कसैले पनि सार्वजनिक स्थानमा कालो प्लास्टिक प्रयोग गर्न पाउने छैनन्,\' महानगरपालिकाका वातावरण व्यवस्थापन विभाग प्रमुख रविनमान श्रेष्ठले भने, \'दुई वर्षभित्र काठमाडौंलाई प्लास्टिकमुक्त बनाउँछौँ।\'
बिहीबारदेखि नै जनचेनता अभियान थाल्ने र अनुमगन गर्न समिति बनाइने श्रेष्ठले बताए। उनका अनुसार काठमाडौंलाई प्लास्टिकमुक्त बनाउन महानगरपालिकासँग चार चरणको योजना छ।

पहिलो चरणमा महानगरपालिका कार्यालय, त्यस अर्न्तगतका कार्यालय र आसपास सार्वजनिक स्थलमा रोक लगाइनेछ। दोस्रो चरणमा सार्वजनिक स्थल, पार्क, पँधेरा, पर्यटकीय स्थल, मठ मन्दिर, गुम्बा, सरकारी, अर्धसरकारी कार्यालय र तिनका परिसरमा रोक लगाइनेछ। तेस्रो चरणमा निजी व्यावसायिक गृह, कारोबारस्थल, होटल र बजारमा तथा अन्तिम चरणमा सहरैभर रोक लगाइनेछ।

प्लास्टिक झोला प्रतिबन्ध कार्यान्वयनको तयारी

२० माइक्रोनभन्दा कमका प्लास्टिक झोलामा प्रतिबन्ध लगाउने एक दसकअघिको सरकारको निर्णय कार्यान्वयनमा सरकारले कडाइ गर्ने भएको छ। यसका लागि उद्योग मन्त्रालयले उद्योगीसँग एक चरणको छलफल समेत गरिसकेको छ।

\'यस्ता झोलालाई प्रतिबन्ध लगाउने तयारी भइरहेको छ,\' उद्योग मन्त्रालयका सहसचिव वेगेन्दराज शर्मा पौडेलले भने, \'अन्तिम टुंगोमा पुग्न भने बाँकी नै छ।\' सरकारले एक दसकअघि नै राजपत्रमा सूचना प्रकाशित गरी २० माइक्रोनभन्दा कमका प्लास्टिक उत्पादनमा रोक लगाएको थियो। यस्ता प्लास्टिकका झोला पुनर्प्रयोग गर्न सकिन्न।
झोला उत्पादकहरूले पनि सरकारको अभियानलाई सघाउने निर्णय गरेका छन्। \'२० माइक्रोनभन्दा कमका झोलामा प्रतिबन्ध लगाउने निर्णयको स्वागत गर्छौं,\' नेपाल प्लास्टिक उद्योग संघका अध्यक्ष शैलेन्द्रलाल प्रधानले भने।

संघले सोमबार काठमाडौं उपत्यकामा प्लास्टिक झोला उत्पादन गर्ने कम्पनीलाई बोलाएर छलफलसमेत गरेको थियो। \'छलफलमा ३४ कम्पनीले २० माइक्रोनभन्दा कमको प्लास्टिक उत्पादन नगर्ने प्रतिबद्धता जनाएका छन्,\' प्रधानले भने।

उपत्यकामा झोला उत्पादन गर्ने ५० कम्पनी सञ्चालनमा छन्। उनीहरूले स्वदेशमा मात्र कम माइक्रोनको झोला उत्पादनमा प्रतिबन्ध लगाएर मात्रै समस्या समाधान नहुने बताउँदै आएका छन्। यस्ता झोलाको आयातमा पनि प्रतिबन्ध लगाउनुपर्ने उनीहरूको माग छ।
\'स्वदेशमा प्रतिबन्ध लगाउने तर विदेशबाट निर्वाध आए, यसको कुनै अर्थ हुँदैन,\' अध्यक्ष प्रधानले भने, \'अनुमगन गर्ने निकाय र प्रयोगशाला नभएकाले सरकारी निर्णय कार्यान्वयनमा कठिनाई हुन्छ।\' उत्पादकले २०५७ सालमै आचारसंहिता लागू गर्न सरकारलाई आग्रह गरेको जानकारी उनले बताए। नागरिक

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।

more »

  • PERSONALITY

Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.

more »

HOROSCOPE

Useful Info