TODAY'S CARTOON

Todays Photo
Photo Gallery

झापामा बुधबारसम्म करिब १४ हजार पंक्षी मारिए

माघ ८, काठमाडौं,  झापामा बर्डफ्लू नियन्त्रणका लागि खटिएको विशेष प्राविधिक टोलीद्धारा व्यवसायिकरूपमा पालिएका करिब १४ हजार पंक्षी मारिएको छ ।
मेचीनगर आसपासका क्षेत्रलाई संकटग्रस्त घोषणा गरी सरकारले त्यस क्षेत्रमा पंक्षी नष्ट मार्न र्‍यापिड रेसन्पोन्स टोली परिचालन गरेको छ । मंगलबारसम्म १३ हजार नौ सय ५१ वटा पंक्षी नष्ट गरिएको बर्डफ्लू नियन्त्रण कक्षले जनाएको छ ।
टोलीले एक हजार दुइ सय ४० वटा अण्डा र एक सय ७० किलो कुखुराको आहारसमेत नष्ट गरेको छ । सरकारले भारतबाट पंक्षी तथा त्यससंग सम्बन्धित उत्पादन आयातमा रोक लगाए पनि लुकिछिपी आयात गर्ने क्रम रोकिएको छैन ।
यसैबीच बर्डफ्लूको आशंकामा र्‍यापिड रेसन्पोन्स टोलीले नेपालगञ्जमा तथा बुटबलमा पनि चेकजांच गरी पंक्षी तथा अन्डा नष्ट पार्ने काम जारी राखेको छ ।
कृषिमन्त्रालयका सचिव टेकबहादुर थापाका बर्डफ्लू नियन्त्रण गर्न प्रभावकारी कदम चालिसकेको जानकारी दिंदै झापामा बर्डफ्लू नियन्त्रण गर्न दक्ष चिकित्सकको नेतृत्वमा पा“च सदस्यीय १० वटा र्‍यापिड रेस्पोन्स टोली खटिएको जानकारी दिनुभयो ।
पशुसेवा विभागले भारतस“ग सीमा जोडिएका २६ जिल्लालाई बड्फ्लूको उच्च जोखिम, १८ जिल्लालाई मध्यम जोखिम र ३१ जिल्लालाई न्यून जोखिम रहेको क्षेत्रको रुपमा वर्गीकरण गरेको छ ।

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

लेखक नेपाली कांग्रेसका सभासद तथा युबा नेता हुन /

राजनीतिक 'नौटङ्की’ को साक्षी बन्नुपर्दा

more »

  • PERSONALITY
Personality not found.

HOROSCOPE

Useful Info