उमेर बढ्दै गएपछि शरीरमा आउने फरकपना किशोरहरुको खुलदुलीको विषय हुन्छ । तर पनि अण्डकोषको नसा फुल्ने अवस्थाबारे धेरैले खुलेर आफ्ना अभिभावकलाई केही भन्न सक्दैनन् । यो समस्या करिब १५ प्रतिशतभन्दा बढी किशोरहरुमा देखा पर्छ । खास गरेर देब्रे अण्डकोषको माथितिर नसा फुल्ने भई भारी र पीडा महसुस भए पनि वास्ता नै नगरेजस्तो गरी थुप्रै युवक गुम्सिएर बस्न वाध्य हुन्छन् । सामान्यतया यो अवस्था उभिएको बेला देखा पर्दछ । पल्टिएको बेला फुलेका नसाहरु सामान्य अवस्थामा फर्किने भएकाले भारी र पीडा अनुभव पनि आफैं हराउने हुन्छ । तर फेरि उठेपछि नसाहरु फुलेर असजिलो अनुभव गर्न बाध्य गराउँछ ।
यो रोगको मुख्य कारण रगतको नसाको भल्भमा भएको दर्ुबलता हो । यो रोगलाई चिकित्सा विज्ञानमा भ्यारिकोसिल (Varicoele) भनिन्छ । भ्यारिकोसिललेे भारीपन र पीडा नगराएको खण्डमा त्यसलाई कसैले पनि महत्त्व दिंदैन । तर रोगले शुक्रकीटमा विभिन्न खराबी पुर्याउन सक्छ । फलस्वरुप भ्यारिकोसिल हुने पुरुषहरुमा बाँझोपन देखिन सक्छ ।
शुक्रकीट उत्पादनमा असर
सामान्यतया पुरुषले प्रत्येक दिन १ अर्ब २५ करोड शुक्रकीट उत्पादन गर्छ । त्यसको मतलब मुटुको प्रतिढुकढुकीसँगै पुरुषले १ हजार २ सय शुक्रकीट उत्पादन गर्छ । तर अण्डकोषको नसा फुलेको अवस्थामा शुक्रकीट बन्नको निम्ति चाहिने तापक्रमभन्दा बढी नै तातो हुने भएकाले शुक्रकीटको उत्पादन संख्या कम हुन्छ । भ्यारिकोसिल हुने पुरुषहरुमा शुक्रकीट संख्यात्मक र गुणात्मकरुपमा कम र अयोग्य हुन्छन् । त्यसैले यस्ता पुरुषहरु पिता हुने सम्भावना ज्यादै कम हुन्छ ।
लामो समय भ्यारिकोसिल हुनेहरुको अण्डकोषको तौल घट्ने, नरम र सानो हँुदै आउने हुन्छ । यस्तो अण्डकोषले प्रशस्त संख्यामा शुक्रकीट उत्पादन गर्न सक्दैन । यसको अलावा यस्ता पुरुषहरुमा पुरुष हर्मोनको कमीले गर्दा यौन दर्ुबलताको पनि विकास हुने गर्दछ । फुलेका नसाहरुको कारणले रक्तसञ्चारमा फरक आएर अण्डकोषभित्र तापक्रम वृद्वि हुने र विभिन्न विषालु पदार्थको उत्पादन हुने गर्छ । यी दुवै कुराले शुक्रकीटको उत्पादन र गुणमा नराम्रो असर गर्दछ ।
नसा फुलेको थाहा पाउने तरिका
अण्डकोषको माथितिर गरु?ो अनुभव र पीडा पनि महसुस हुन थालेमा त्यसको कारण नसा फुल्नु हो कि भनी चनाखो हुनुपर्छ । यस्तो अवस्थामा आफैंले उठेर केही बेर उप्रँmदा वा लामो सास फोक्सोभरि तानी पर्ूण्ारुपमा रोकेर पर्खंदा अण्डकोषका नसा फुलेका छन् भने ती नसामा सामान्यभन्दा बढी रगत थुप्रिने हुन्छ । यस अवस्थामा औंलाले छाम्दा नसा फुलेर रहेको आफैं पनि अनुभव गर्न सकिन्छ । यस्तो शंका भए युरोलोजिस्टसँग भेटेर सम्पूर्ण समस्या सुनाउन आवश्यक हुन्छ ।
खास गरेर वयष्क हुँदै गरेका किशोरले यो कुरालाई विशेष ध्यान दिनर्ुपर्छ । त्यस्तैै दाम्पत्य जीवनमा प्रवेश गरेका पुरुषले एक वर्षन्दा बढी सहवास गर्दै आउँदा पनि पत्नीले गर्भधारण नगरेमा वर्ीय जाँच गराउने र युरोलोजिस्टलाई देखाएर भ्यारिकोसिल छ/छैन परीक्षण गर्नु उचित हुन्छ । किनकि बाँझोपन हुने पुरुषमध्ये ४० प्रतिशतमा भ्यारिकोसिल देखा पर्ने तथ्याङ्कले देखाउँछ ।
नसा फुल्ने रोगको उपचार
अण्डकोषको नसा फुल्ने पुरुषहरुले त्यसको उपचार गर्नै पर्छ भन्ने छैन । तर भ्यारिकोसिल हुने र बाँझो दाम्पत्य जीवन बिताइरहेकाहरुले उपचारलाई प्राथमिकता दिनु उचित हुन्छ । खास गरेर अण्डकोषहरु एक-अर्कोबाट धेरै तल-माथि छन्, तौल पनि एक-आपसमा धेरै फरक देखिन्छ, साथै अण्डकोषहरु पुष्ट र कडा नभई नरम र फितला छन्, दुवैतिरका अण्डकोषका नसा फुलेका छन्, यौन दर्ुबलता दिन-प्रतिदिन बढ्दै गएको छ, वर्ीय जाँच गर्दा शुक्रकीटको संख्यामा ह्रास आएर शुक्रकीटको आकारमा फरक आएको छ र तिनको गतिमा कम भएको छ, वर्ीयको मात्रा पनि घट्दै गएको छ तथा फुलेका नसाहरुले पीडा दिएको छ भने भ्यारिकोसिलको शल्यक्रिया गराउनु नै श्रेयष्कर हुन्छ ।
अण्डकोषको वृद्धिमा सन्तुलन नभएका वा दुवैतर्फनसा फुलेर भविष्यमा दाम्पत्य जीवन बाँझो तथा यौन दर्ुबलताको सम्भावना ज्यादै भएकाहरुको पनि भ्यारिकोसिलको शल्यक्रिया अनिवार्य हुन्छ ।
भ्यारिकोसिलको सफल उपचार भन्नु नै शल्यक्रिया हो । बाँझोपनको निम्ति भ्यारिकोसिलको शल्यक्रिया गराउनेहरुले शल्यउपचारपछि पनि निरन्तर चिकित्सकको सल्लाहमा वर्ीय जाँच गर्ने र अरु औषधोपचार गराउनुपर्ने हुन सक्छ । फुलेको अण्डकोषका नसाले शुक्रकीटमा नकारात्मक असर पारेजस्तै तमाखुजन्य पदार्थको सेवनले शुक्रकीटको उत्पादन र वृद्धिमा ज्यादै प्रभाव हुने हुँदा भ्यारिकोसिलको शल्यउपचारपछि कुनै पनि धूमपान गर्ने व्यक्तिले यो अम्मलबाट टाढा नबस्ने हो भने उपचार असफल हुने सम्भावना धेरै हुन्छ ।
उपचारको परिणाम
भ्यारिकोसिलको अप्रेसन गरेपछि तुरुन्तै शुक्रकीटमा देखा परेका सबै कमी-कमजोरी र खराबी हट्छन् भन्ने पूरै ठोकुवा गर्न सकिंदैन । अण्डकोषको तौल सुरुको अवस्थाभन्दा कति घटेको छ र शुक्रकीटको उत्पादनमा त्यसले कस्तो असर पारिसकेको छ, ती कुरामा शल्यक्रियापछिको प्रतिफल भर पर्छ । शल्यक्रियाको परिणाम थाहा पाउन प्रत्येक तीन महिनामा वर्ीय जाँच गरेर हर्ेर्नुपर्ने हुन्छ ।
अण्डकोषको घटेको तौल र परिणाम शल्यक्रियापछि बढ्ने सम्भावना प्रायः हुँदैन भने पनि हुन्छ । तर बढ्दै गरेका किशोरमा भने भ्यारिकोसिलको शल्यक्रिया गरेपछि अण्डकोषको बढ्ने क्रिया यथावत् रहन सक्छ । तर यस्तो राम्रो परिणाम उपलब्ध गर्न अण्डकोष सानो हुन थाल्यो कि सक्दो छिटो शल्यक्रिया गरिहाल्नर्ुपर्छ । अण्डकोषको तौल र शुक्रकीटको उत्पादनबीच प्रत्यक्ष सम्बन्ध हुन्छ ।
शल्यक्रिया गर्नुअगाडि शुक्रकीटको संख्या घटेर १ करोड प्रतिमिलिलिटरभन्दा कम भएको छैन भने भ्यारिकोसिल अप्रेसनपछि ७० प्रतिशत शुक्रकीटको गुण सुधार हुने गर्दछ । फलस्वरुप ४० प्रतिशत गर्भधारणमा वृद्धि हुन्छ । तर अप्रेसनअगाडि शुक्रकीटको संख्या निकै घटेर प्रतिमिलिलिटर १ करोडभन्दा तल पुगेको भए त्यस्ता दम्पतीमा गर्भधारणको सम्भावना ४० प्रतिशतभन्दा बढी उपलब्ध गर्न सम्भव हुँदैन । भ्यारिकोसिल शल्यक्रियाको औसतमा ७-८ महिनापछि गर्भधारण देखा पर्ने गरेको छ ।
Prof.Dr.Arjun dev bhatta Senier Cunsaltent nuerologist
source: sadhana magazine
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS