महिनावारी हुदा मुख्यत निम्न कुरामा ध्यान दिनु पर्छ ।
क) पहिलो पटक कुनै किशोरीलाई महिनावारी हुदा कठिनाई भएमा कुनै अनुभवी समझदार साथी, दिदी, भाउजु, आमा वा फुपुसंग सल्लाह लिनुपर्छ । आफ्नी किशोरी छोरीलाई यस सम्वन्धमा सही ढंङ्गले व्यवहारिक सल्लाह दिनु आमाको कर्तव्य हो । आमाले ध्यान नदिएमा छोरीले आफ्नै आमा संग सोध्नमा कुनै संकोच मान्नु हुदैन ।
ख) सफाई र स्वच्छतामा पूरा ध्यान दिनुपर्छ स्यानिटेरी प्याड प्रत्येक दिन फेर्नुपर्छ । स्यानिटेरी प्याड किन्ने आर्थिक अवस्था छैन भने मखमलको वा सुतीको कपडा प्रयोग गर्न सकिन्छ ।
ग) सक्नुहुन्छ भने हरेक चोटी पिसाब फेरिसकेपछी डिटोल दुई थोपा मिसाएर सफा पानीमा भिजाएको कपासले योनी सफा गर्नुपर्छ । यसो गर्नाले संक्रमण हुनबाट बच्न सकिन्छ ।
घ) प्रत्येक दिन अवश्य स्नान गर्नुपर्छ । मौसमअनुसार चिसो वा तातो पानी प्रयोग गर्नुपर्छ । धेरै रक्तस्राव हुने स्त्रीले तातो पानीले स्नान गर्नुभन्दा चिसो पानीलेनै स्नान गर्नु वेश हुन्छ ।
ङ)धेरै रगत बगेमा पल्टेर आराम गर्नुपर्छ र स्पन्चले योनी सफा गर्नु पर्छ ।
च्)साधारणतया महिनावारीको अवस्थामा पनि स्कूल, क्याम्पस, अफिस र घरको समान्य कामकाजमा व्यस्त रहन सकिन्छ । तर धेरै परिश्रम पर्ने काम वा धेरै थकाई लाग्ने काम गर्नु हुदैन । जाडो याममा चिसोबाट बच्नुपर्छ ।
छ) भोजन हल्का र सन्तुलित हुनुपर्छ । धेरै चिल्लो, पिरो र मसलाद्धार खानेकुरा सकेसम्म खानु हुदैन ।
COMMENTS