मध्यपश्चिमको पहाडी जिल्लाजाजरककोटमा झाडापखालाले महामारीको रुप लिइरहेकै बेला सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा पनि झाडापखाले महामरीको रुप लिन थालेको छ । झाडा पखालाले डोटी र डडेल्धुरामा तीनजनाको ज्यान लिएको छ।
असार २८ गते आइतबार बेलुकी झाडापखालाकै कारण डोटीको लाटामाण्डौँका १७ वर्षिय विप्लब घिमिरेको ज्यान गएको छ । त्यस्तैगरि झडापखालाका कारण डडेल्धुरामा २ जनाको ज्यान गएको छ।
जिल्ला जनस्वास्थ्य कार्यालय डडेल्धुराका अनुसार झाडापखालाका कारण बेलापुर ७ चामा गाउँकी ३२ वर्षिय डम्बरीदेबी दमाई र सोही गाँउकी ६० वर्षिया धनादेवी नायकको ज्यान गएको छ। झाडापखालाका कारण त्यस क्षेत्रका अन्य दर्जनौ मानिसहरु पनि बिरामी परेका छन्। झाडापखाला प्रभावित क्षेत्रमा अहेव निलकण्ठ भट्टको नेतृत्वमा औषधिसहितको स्वास्थ्यकर्मीको टोली पठाइएको जनस्वास्थ्य कार्यालयले जनाएको छ।
यस्तेै गरि दाङमा पनि झाडापखालाकै कारण एक जना बालकको मृत्यु भएको छ। दाङको लालमटीया गाविस वडा नम्वर ३ भालुबाङ्गका नारायण गिरीका ४ वर्षिय छोरा रामुख गिरिको झाडापखालाबाट मृत्यु भएको हो।
झाडापखालाकै कारण रुकुममा पनि दश जनाको ज्यान गैसककेको छ । जाजरकोटबाट फैलिएको झाडापखालाको महामारिले गाउँ नै चिथोरेपछि अन्यत्र जिल्लमशरुमा समेत फैलिएको हो ।
COMMENTS