नेपालमा पनि हिजो देखि औपचारिक रूपमा स्वाइनफ्लु भित्रिएको पुष्ठी भएको छ । विश्व स्वास्थ्य संगठनले माहामारी घोषणा गरेको ठिक १८ दिन पछी पहिलो पटक नेपालमा पनि यो रोग देखापरेको हो ।
अमेरिका बाट फर्केका एक नेपाली दम्पती र उनका आठ बर्षीय छोरामा सो रोगको संक्रमण देखा परेको हो । सुगुरको संक्रमण बाट र्सर्ने यो रोग हाल विश्व भर तेज गतिमा फैलिरहेको छ । त्यस्तै हाम्रो छिमेकी मुलुक भारतमा गत जेठ दुई गते नै सो रोग देखापरिसकेको थियो । छिमेकी मुलुकमा पनि खुल्ला सिमा भएको कारण स्वाइनफ्लु कुनै पनि बेला नेपालमा भित्रिन सक्दथियो । कहिले बर्डफ्लुको माहामारी त कहिले स्वाइनफ्लुको माहामारीले विश्वलाईनै आतेस खेलाइदिसकेको अवस्थामा केही हदमात्रामा यो रोगलाई नियन्त्रणमा लिन अष्ट्रेलियका वैज्ञानिकरूले नया भ्याक्सिन पत्तालागाइसकेको खबर पनि बाहिर आइसकेको छ र यो भ्याक्सिनकेही दिनमै प्रयोगसालामा प्रयोग गरिसकेपछी विश्वभर उपलब्ध हुने भनिएको छ ।
१) कसरी र्सदछ यो रोग ?
र्सवप्रथम यो स्वाइनफ्लु भाइरस सुगुर बाट मानिसमा सरेको हो । त्यस पश्चात मानिस बाट मानिसमा अत्याधिक द्रत गतिमा फैलिरहेको यो भाइरस लाई इन्फ्लएन्जा ए - एच १ एन १ ) नामाकरण गरियो । जब कुनै सक्रमित ब्यक्तिमा सो भाइरसको जिवाणुप्रवेश गरेको हुन्छ हो त्यही ब्यक्तिले खोक्दा, हाच्छयु“ गर्दा अन्य स्वस्थ ब्यक्तिमा हावाको मार्फ र्सर्ने गर्दछ । त्यस्तै संक्रमित भएको ब्यक्तिले हाच्छयु“ गर्दा उछिट्एर गएका भाइरसहरू कुनै बस्तुमा टासिन गई अन्य ब्यक्तिले नाक वा मुखमा प्रयोग गरेको खण्डमा यो रोग अत्यन्त छिटो र्सदछ ।
२) के लक्ष्यण देखा पर्छ यो रोग लाग्दा ?
रूघाखोकीको सुरूवातनै यसको प्रमुख लक्ष्यण हो । यदि तपाईलाई ज्वरो आउने, घाटीमा टनसिल जस्तो महसुस भइ कफ जम्ने, जिउ निस्त्रिmय भइ हात गोडाले काम नगर्ने, साथै बान्ता समेत भएको खण्डमा तपाईलाई स्वाइनफ्लु लागेको हुन सक्दछ ।
३) कसरी बच्ने यो रोग बाट ?
यदि तपाई यो रोग बाट बच्न चाहानु हुन्छ भने तपाईले आफ्ना हातहरू नियमित रूपमा धुनु पर्ने हुन्छ । शरीरले मागे जति आराम गर्नुहोस, सुत्ने समयलाई नियमित र सकेसम्म एउटै समय पारेर सुत्ने गर्नुहोस । सन्तुलित भोजन र तरल पदार्थको पर्याप्त प्रयोगले तपाइलाई सो राग संग लड्ने क्षमता लाई बृद्धि गरिदिन्छ । तपाइलाई फ्लु भाइरसको संका लागेका बस्तु पनि नछुनु होस र रूघाखोकी बाट जो संक्रमित छन् तिनीहरू नजिक भरसक नजानुहोस सक्नु हुन्छ भने माक्सको प्रयोग नियमित गर्नुहोस । र यिदि तपाइलाई यो रोग लागेको संका भएमा तुरून्त इपिडिमियोलोजी तथा रोग नियन्त्रण महासाखाको टेलिफोन नम्बर ४२५५७९६ मा सर्म्पर्क गर्नुहोस । यहा बाट तुरून्त तपाइलाई उद्धार गर्न रेस्कियू अपरेशन टोली तपाइ भए ठाउ आइपुग्दछ ।
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS