सन्तोष रिमाल, काठमाडौं, असार ३०- १० वर्षअघि फिल्म \'आफ्नो मान्छे\' सुपरहिट हुँदा काठमाडौंका हलहरुबाट निर्माता केशव भट्टराईले ६० लाख रुपैयाँ हात पारेका थिए। तिनै केशवको भागमा तीन हप्ताअघि \'छोडी गए पाप लाग्ला\' फिल्मबाट २० लाख रुपैयाँ मात्र पर्यो।
समीक्षकहरूको पनि मन जितेको \'छोडी गए पाप लाग्ला\' वितरकका अनुसार काठमाडौंमा सुपरहिट नै भएको हो। गत वर्ष \'राष्ट्रिय फिल्म अवार्ड\'मा उत्कृष्ट ठहरिएको यो फिल्मले निर्माताको गोजी भने गह्रौं पार्न सकेन।
अघिल्ला औसत फिल्मको जति पैसा पनि हात नपर्दा निर्माता भट्टराईले महसुस गरे, \'अब सुपरहिटको मान्यता फेरिएछ।\' भट्टराईको हिसाबमा आफ्ना अघिल्ला औसत फिल्म \'कर्मयोद्धा,\' \'पाहुना\' र \'देबरबाबु\'को भन्दा \'छोडीगए पाप लाग्ला\'को व्यापार कम हो। राम्रो आम्दानी गरेको प्रतिक्रिया पाए पनि उनी ती फिल्मको नतिजा सच्याउन चाहन्छन्, \'विगतमा औसत भनिएका मेरा फिल्मलाई अब सुपरहिट नै भन्नुपर्ने स्थिति आयो। किनभने ती प्रत्येक फिल्मले ३० लाखभन्दा बढी व्यापार गरेका थिए।\'
\'आफ्नो मान्छे\' देखाउँदा विश्वज्योति हलको बाल्कोनीको टिकट ४८ रुपैयाँ थियो। अहिले त्यो शुल्क एक सय रुपैयाँ पुगेको छ।
उपत्यकाका सबै हलको टिकट दर बढे पनि फिल्मको आम्दान भने घटेको छ। १० वर्षपछि ६० लाखबाट घटेर २० लाख थाप्दा पनि \'सुपरहिट\' फिल्मको निर्माता भनेर मख्ख पर्नुपरेको छ भट्टराईलाई। धेरै निर्माता यही २० लाख उठाउने सपना बोकेर फिल्म बनाइरहेका छन्।
२०६२ सालमा कीर्तिमान राख्ने फिल्म थियो \'हामी तीन भाइ\'। शिव रेग्मीको निर्देशनमा बनेको फिल्मको काठमाडौंको आम्दानी ४५ लाख रुपैयाँ कटेको निर्माता जयप्रकाश रिजालले बताए। त्यतिबेला बाल्कोनीको टिकट दर ५० रुपियाँ रहेको उनलाई सम्झना छ। आफ्नो फिल्मले राजधानीमा बनाएको यो \'रेकर्ड\' तोडिन तीन वर्ष लागेको उनको भनाइ छ। \'२०६५ सालमा रिलिज भएको भुवन केसीको फिल्म \'म तिमीबिना मरिहाल्छु\'ले मात्र यो रेकर्ड तोड्यो। बीचका फिल्मले खासै व्यापार गरेनन्,\' रिजालले बताए।
\'सुपरहिट भए २५ लाख, हिट भए १० लाख र फ्लप भए प्रचार सामग्रीको पैसा पनि उठ्दैन,\' दुई वर्षयता फिल्म वितरण गर्दै आएका अशोक शर्माले देखाएको हिसाब हो यो। उनी संलग्न वितरण कम्पनी \'डिजिटल सिनेमा नेपाल\'सँग तिहारपछि राम्रो व्यापार गर्ने फिल्मको रेकर्ड छैन।
उनी पनि १० वर्षअघिको बजारसँग अहिलेको अवस्था दाँज्छन्। \'दर्पणछायाँ फिल्मका निर्माताले काठमाडौंबाट मात्र लगभग १ करोड रुपैयाँ कमाएका थिए। \'तँ त साह्रै बिग्रिस् नि बद्री\' र \'आफ्नो मान्छे\'ले ६० लाखभन्दा बढी,\' कम व्यापार गर्ने फिल्मको बाढी आउन थालेपछि उनको कम्पनीले नयाँ फिल्म वितरण गर्ने काम स्थगित गरेको छ। \'२२ फिल्म रिलिज गर्नै बाँकी भएकाले नयाँ फिल्म लिन असमर्थ छौं,\' मागभन्दा बढी आपूर्तिले फिल्म बजार असन्तुलित भएकोले यस्तो नियम बनाउनु परेको उनले बताए।
उपत्यकाका हलमा बलियो नेटवर्क बनाएका वितरक सुनील मानन्धर अहिले राम्रो चलेका भनिने फिल्मले १० देखि १५ लाखको हिस्सा लैजाने बताउँछन्। हालै फिल्म \'निगरानी\'ले २० लाखभन्दा बढी कमाए पनि \'अँगालो यो मायाको\' र \'दश घन्टा\'को व्यापार १ लाख नकटेको उनको दावी छ। केही वर्षअघिसम्म जतिसुकै फ्लप फिल्मको व्यापार पनि यो हदसम्म नाजुक नभएको सम्झन्छन् उनी। \'कथा र पात्र दोहोरिए। हाम्रा फिल्ममा नयाँपन नै देखिन छोड्यो,\' मानन्धर यसलाई फिल्म नचल्नुको खास कारण मान्छन्।
फितलो फिल्मको खहरे आएपछि राम्रो फिल्म बनाउने समेत पाखा लाग्दा यो अवस्था आएको कारण दिन्छन् निर्माता केशव भट्टराई।
\'९० प्रतिशत फिल्मको निर्माणशैली यति झुर छ कि १० प्रतिशत पनि त्यस्तै होला भनेर दर्शकले उपेक्षा गरेका हुन्,\' उनले अनुमान लगाए। फिल्ममा \'डिजिटल क्रान्ति\'ले विकृति भित्रयाएको समेत औंल्याए उनले।
राजधानीका सुविधासम्पन्न मल्टिप्लेक्समा नेपाली फिल्मलाई \'प्रवेश निषेध\' गरिनुले पनि व्यापार धरासायी बनेको उनको गुनासो छ। फिल्म चलाउन लाम बस्दैमा बासी बन्ने फिल्मले भारतसँगै रिलिज हुने हिन्दी फिल्मसँग प्रतिस्पर्धा गर्न नसक्ने उनले बताए।
शर्मा भने सुविधा सम्पन्न हलले नेपाली फिल्म नचलाएको कुरा स्विकार्देनन्। \'हामीले जयनेपाल र कुमारीमा २२ वटा जति फिल्म चलाएका हौं। अधिकांश दुई दिनमै उत्रियो,\' राजधानीको बिग्रदो बजारमा फिल्म र हलको बराबर हात औंल्याए उनले। दुवै पक्षले दर्शकलाई \'अन्डरस्टिमेट\' गरेको तर्क दिन्छन् शर्मा।
\'दर्शकको स्तर बढ्यो। तर, फिल्म बनाउने र हल चलाउनेले त्यसलाई पछ्याउन सकेनन्,\' उनले भने, \'सय रुपियाँ तिरेर उडुसले टोक्ने हलमा उही ठर्राका फिल्म हेर्न दर्शक गएनन् भनेर गुनासो गर्नुको कुनै तुक छैन।\'
अब वितरण गर्ने फिल्ममा \'स्टार कास्ट\'को पछि नलागी राम्रो फिल्म बनाउनेलाई प्रोत्साहित गर्ने नीति उनको छ।
सुविधासम्पन्न हलमा नेपाली फिल्म चलाइँदैन। त्यस्ता हलका सञ्चालक फिल्मको स्तरमा खोट देखाउँदै रिलिज गर्न मान्दैनन्। अरु धेरै हलको स्तरप्रति फिल्म निर्माता सन्तुष्ट छैनन्। \'अपवाद बाहेकका धेरै हलमा भौतिक संरचना र प्रदर्शन प्रविधि एकदमै निम्न कोटीका छन्,\' यसलाई दर्शक भड्काउने कारक मान्छन् भट्टराई।
राजधानीको गंगा हलका सञ्चालक मदनमान बज्राचार्य एकैपटक धेरै हलमा फिल्म चलाउन चाहने निर्मातालाई व्यापार घट्नुको दोष दिन्छन्। \'सँगसँगैका हलमा एउटै फिल्म चलाउनु भनेको आफूमाथि सौता हाल्नु जस्तै हो। यसले होल्डओभर छिटो घट्ने हुनाले फिल्म एक साता पनि टिक्दैन,\' धेरैतिर चलाउने होडमा कमसल हलमा फिल्म दिने निर्माता नै व्यापारको बाधक रहेको उनले बताए। स्तर नपुगेको हललाई फिल्म नदिने अधिकार निर्मातामा रहेकोले त्यसमा हेक्का पुर्याउन उनले सुझाव दिए।
नराम्रा फिल्म बनाउने निर्माताप्रति उनको बेग्लै गुनासो छ। \'हामीलाई यो फिल्म चलाउँछु यो चलाउँदिन भन्ने अधिकार हुँदैन। दर्शकलाई फिल्म मन परेन भने हलमाथि रिस पोख्छन्,\' उनको दुखेसो छ, \'दर्शक समय कटाउन हलमा आउँछन्। बोर लाग्ने फिल्म पर्यो भने च्यातेको र चुइङ्गम टाँसेको सिट, पान चपाएर थुकेको भित्ता र अपशब्द लेखेको अक्षर हेर्दै टाउको समाउन पुग्छन्।\' दोहोर्याएर आउने वातावरण बनाउन हल र फिल्मको बराबर भूमिका देख्छन् उनी। नागरिक
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS