TODAY'S CARTOON

खस्कियो काठमाडौँको फिल्म व्यापार

१० वर्षअघि फिल्म 'आफ्नो मान्छे' सुपरहिट हुँदा काठमाडौंका हलहरुबाट निर्माता केशव भट्टराईले ६० लाख रुपैयाँ हात पारेका थिए। तिनै केशवको भागमा तीन हप्ताअघि 'छोडी गए पाप लाग्ला' फिल्मबाट २० लाख रुपैयाँ मात्र पर्‍यो।

नेपाली कला सस्कृति ,कलाकारिता,फोटोग्राफी र फेशनको यही हो मौलिकता

नेपाली कला सस्कृति ,कलाकारिता,फोटोग्राफी र फेशनको यही हो मौलिकता

ताज चुमेपछिको खुशी

मिस ट्यालेन्ट भक्तपुर २०१० का बिजेताहरु विजयपछि प्रफुल्ल मुद्रामा तस्वीर खिचाउँदै । तस्बीर: द्वारिका काफ्ले/आजभोलि

चुच्चे हिल दौडमा विश्व कीर्तिमान

अस्ट्रेलियाको सिड्नीस्थित हार्बर पुलनजिकै चुच्चे हिल लगाएर दौडिरहेका महिला। कम्तिमा ३ इञ्च लामो हिल लगाएर ४X१०० मिटरको सबैभन्दा छिटो दौडमा विश्व कीर्तिमान कायम गरे उनीहरुले।

Lady Gaga wins eight MTV Video Music Awards in Los Angeles

Cher told the audience she had been raising eyebrows when Lady Gaga "was still Baby Gaga"
Todays Photo
Photo Gallery

संगीत, सोम र समाजसेवा

som.jpg

युवराज गौतम
   
समाजमा कतिपय मानिसहरु अरुको दुःख देख्दा दुखित बन्न सक्दैनन् । असहाय, बेसाहारा, गरिब तथा असक्त व्यक्तिलाई देख्दा-बुझ्दा एउटा सबल व्यक्ति तिनलाई सहयोग गर्न अर्समर्थ हुन्छ । मृत्युको मुखमा पुगेको अर्थात पिडाले छटपटाइरहेको व्यक्तिको दर्द र वेदनालाई बुझेर साहारा दिनु त कता हो कता अधिकांसको कठोर मन पग्लन सक्दैन ।

सायद मानिसको यस्तो प्रवृत्ति कठोरताको पराकाष्ठ हो । समाजमा अक्सर मानिसहरु अरुको दुःखलाई आफ्नै दुःख सम्झने पनि छन् । संगीत सिर्जना र सामाजिक सेवामा खनिएका सोम थापा (४७) को मन यस मानेमा कहिल्यै कठोर बन्न सकेन ।

अरुको दुःख पिडा देख्दा सोमका आँखामा आँशु छचल्किन्छन् । पिडाले छटपटाइरहेको मानिस देख्दा आफ्नो र्सवस्व त्यागरे उसलाई साहारा दिन उनी पछि हट्दैनन् । 'म त अलिक भावुक मान्छे अरुको दुःख देख्दा आफैलाई असहृय हुन्छ' सोमले मनको बहाव सुनाए । हिडडुल गर्दा सोमको अगाडी देखापरेको असहाय, पिडित र गरिब मानिसले नयाँ जीवन पाएको पनि प्रशस्त उदारहण छन् । अरुको सेवा गर्नु उनको दैनीकी त छँदैछ तर भावुक स्वभावका उनी संगीत सिर्जना गर्न पनि खप्पिस छन् ।

 यस्तै सामाजिक परिवेश, दुःख पिडाको यथार्थतालाई संगीत सिर्जनामा ढाल्ने उनको गतिलो खुवी हो ।

एकदशक अघि नारायणघाटमा भेटिएका एकजोडी गरिब वृद्धवृद्धाको उद्धार गरेपछि सोमले आफ्नो पहिलो गीत रचे । 'त्यो जोडीको गरिबीको पिडा देखेर रातभरि निन्द्रा लागेन त्यही बेला एउटा गीत लेखें' उनले शुरुवाती सुनाउँदै भने, 'जिन्दगीको यात्रा लामो लामो रहृयो, दुःखीका सपनाहरु अधुरै रहृयो' यो मेरो पहिलो गीत थियो उनले भने । संगीत सिर्जनाको यो पहिलो गीतपछि उनमा नेपाली लोक झ्याउरे तथा सुगम संगीत पनि रस पलाएर आयो । अरुको दुःख पीडा देखेर नै मलाई भावुक बनायो अनि तिनै दुःख बेदनालाई समेटेर गीतका शब्द उतार्न थालें । उनले अगाडि भने, 'त्यसपछि संगीत र सामाजिक सेवा मेरो अभिन्न साथी बन्न पुगे ।'


    जागत्रा देवी स्याङजामा उनको पूर्खौली थलो भएपनि भारतको आग्रामा उनको जन्म भयो । आग्रामा उनको बाल्यकाल बिते र १६ बर्षे किशोर भएपछि बेलायत लाहुरेमा उनको जिन्दगी बित्न थाल्यो । तर अहिलेको 'रिटायर्स लाइफ' सोमका लागि संगीत र समाजसेवामा बित्न थालेको छ । यतिबेला उनको प्रमुख उद्देश्य भनेको नेपालका प्रथम गायक मास्टर मित्रसेन थापा मगरको हिमाञ्चल स्थित भक्सुमा रहेको झुप्रोलाई जिर्णोद्धार गर्नु हो । हङकङका स्थायी बासिन्दा सोमको साथमा क्याप्टेन विर्खबहादुर थापा र प्रेम बहादुर गर्लामीले साथ दिएका छन् । उनीहरु मित्रसेनको झुप्रोलाई मर्मत गर्न आर्थिक सहयोग जुटाउन क्रियाशील छन् ।


    भारतीय सेनामा जागिरे बाबु ज्ञानबहादुर र आमा खगेश्वरीका कोखबाट कान्छो सन्तानको रुपमा धर्तीमा ओर्लिएका सोमले खेलकुदको क्षेत्रमा पनि गजबको नाम कमाएका रहेछन् । हङकङमा उनी १२ बर्षसम्म निरन्तर पौडी प्रतियोगितामा उत्कृष्ट रहँदै आए भने सन् १९९४ मा अमेरिकाले १७ दिनमा मात्र पूरा गरेको 'साइक्लिङ' प्रतियोगितामा उनले १२ दिन २१ भण्टा २० मिनेटमा पूरा गरेर गिनिज बुकमा आफ्नो नेपाली नाम रङ्गाउन समेत भ्याए । ६ बर्षलामो प्रेमपछि कृष्ण कुमारीसँग विवाह गरेका सोमले ४० वटा गीत रेकर्ड गराइसकेका छन् ।


    संगीतलाई सुख दुःखको साथी सम्झने उनको 'खोज्दै आएँ टाढा देखि कही नजाउन मलाई छोडी' शब्दलाई राजेशपायल र अन्जु पन्तले स्वर दिएको गीतले राम्रो बजार पिट्यो । 'लुकेको व्यथा जिन्दगीको कथा' पहिलो एल्बम् बजारमा आएपछि सोमले सांगितिक क्षेत्रमा राम्रो फड्को मार्दै गए । हङकङ र नेपालमा उनको चर्चा बढ्न थाल्यो । उनले सिर्जना गरेका शब्दहरुमा इश्वर अमात्य, कुवेर र्राई, दिपक लिम्बु, जुना प्रसाइँ, विरबहादुर थापा, सविना कार्की, संगीता थापा, सञ्जिव आलेमगर लगायत चर्चित गायक गायिकाले स्वरमा साथ दिए ।

सामाजिक परिवेश, दुःख, वेदना र पिडाका भावुक शब्दहरुले भरिएका सोमका गीतहरुले यथार्थता झल्काएका छन् । हुनपनि केहि बर्षअघि राजधानी मै एकजना अनाथलाई नयाँ जीवन दिएपछि उनले एउटा गीत रचे 'जिन्दगी नै अनाथको बेबारिसे डुलिरहें, अनाथ भन्छौ किन मलाई यसै मन रोहीरहे' यसले साच्चै यथार्थता बोकेको पनि छ । उनी भन्छन्, 'त्यो अनाथको दुःख देखेर मन थाम्न सकिन र गीतका हरफहरु कोरिहालें ।' अर्काको दुःखलाई आफ्नै दुःख सम्झने सोमलाई नेपालीहरुको स्वार्थीपन देखि घृणा जागेर आउँछ उनी भन्छन्, 'धेरै नेपाली नकारात्मक सोच राख्छन् जसले देशलाई राम्रो गरेको छैन ।' एसिया र युरोपका अधिकांश देशको भ्रमण गरिसकेका उनले संगीतप्रति जोड दिँदै भने, 'संगीत विश्वको एउटै भाषा हो त्यसैले नेपाली संगीतमा मौलिकतालाई प्राथमिकता दिनु पर्छ ।'

COMMENTS

Ram Kumar Basnet

सोम दादाको समाज सेवाले मेरो मन धेरै छ्यो म पनि तेही बाटोको मान्छे तर के गर्नी सस्था दर्ता गरेर पनि काम गर्न खोज्दापनि राज्यको कानुन र आर्थिक अबावले गर्दा काम गर्न गारो भोय दाइ सरसोरीको पुजाको लागि पनि लक्ष्मी चिन्छ भने झैँ दाइले गर्नु भाको लाइ धयानाबाद दिन चहान्छु

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।

more »

  • PERSONALITY

Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.

more »

HOROSCOPE

Useful Info