अनुप भट्टराई
काठमाण्डौ, २७ साउन- चलचित्र क्षेत्रमा प्रवेश गर्ने वित्तिकै नायिकाहरुले आफ्नो नाम परिवर्तन गर्ने लहर आजको मात्र हैन् । आफ्नो पूरानो नामले चर्चा पाउने सम्भावना नदेखेपछी नायिकाहरुले निर्देशक र निर्माताको आग्रह बमोजिम आफ्नो नाम परिवर्तन गर्नु अब कुनै नौलो भएन, त्य
ही पूरानो तर नौलो नभएको नेपाली नायिकाहरुको यो पूरानो चलनलाई पच्छयाउदै अर्की नायिकाले पनि आफ्नो नाममा परिवर्तन ल्याएकी छिन् ।
नेपाली रजतपटमा निर्देशक ज्ञानेन्द्र देउजाले चलचित्र 'छविलाल कञ्जुस छैन' बाट ब्रेक दिएपछी हाल तेस्रो चलचित्रमा अभिनय गरिरहेकी नायिका मिना घिमिरे आफ्नो नामको अगाडीको सु थपेर सुमिनाको नामले चर्चामा आउन थालेकी छिन् ।

यस्तै उता नायिका करिश्मा मानन्धरले आफ्नो बुनु नामलाई हटाएर करिश्मा राखिन र दुई दशक वितिसक्दा पनि उनी त्यही नामले चर्चामा आईरहेकी छिन् । यस्तै दिपक श्रेष्ठले निर्देशन
गरेको चलचित्र 'पर्खि बसे' बाट नायिकामा डेब्यू गरेकी युना उप्रेतीले पनि आफ्नो नाममा परिवर्तन गर्दै चलचित्र क्षेत्रमा पाईला अगाडी बढाएकी हुन । साथीभाई र आफन्तको अगाडी यमुनाले परिचित यि टलेस्ट नायिकाले सायद चर्चामा आउनको लागि आफ्नो धार्मिक नाम यमुनालाई युनामा परिवर्तन गरेकी हुन । चलचित्र हो यहि हो मायामा दिपक श्रेष्ठले ब्रेक दिएपछी नायिका जिया केसीले जानकी भन्ने शब्दलाई डस्टविनमा फालेर जिया केसी बनाएकी छिन् ।
नायिका जेसिका खड्काको नाम पनि सत्य हैन । बास्तबिक नाम ज्योती खडका रहे पनि उनले फिल्मी दुनियाको पहिलो पाईलासंगै आफ्नो नामलाई ग्लायमर दिदै जेसिका बनाएकी हुन । यस्तै फिल्मी संसारमै प्रेरणा शर्माले परिचित बनेकी यि नायिकाको नाम पनि सत्य हैन् । उनको बास्तविक नाम बिष्णु कुमारी परियार हो तर रजतपटमा उनलाई सबैले प्रेरणा शर्मा भनेर चिन्ने गर्दछन् ।
यस्तै निर्माता स
मेत रहेकी नायिका जेनी कुबंरले पनि आफ्नो नाममा परिवर्तन गरेकी हुन । उनको वास्तविक नाम जानकी कुबंर हो । उता दशकौ अगाडी चर्चामा आएकी तर हाल अमेरिकामा बसोबास गर्दै आएकी पुजा चन्दको नाम पनि वास्तविक हैन । उनको वास्तविक नाम राधिका परियार भएतापनि उनलाई धेरैले पुजा चन्द भनेर चिन्ने गर्दछन् ।

केही समय अभिनय यात्रालाई सामान्य विश्राम लिएर फेरी व्यस्त भएकी नायिका मेलिना मानन्धरको वास्तविक नाम सुनिता मानन्धर हो । यस्तै बिवाह अघि नै झण्डै दुई दर्जन सन्तानकी आमा बनिसकेकी नायिका पुजाना स्त्रीले पनि आफ्नो नाममा परिवर्तन ल्याएकी छिन् । सानो पर्दामा पुजा प्रधान भनेर चिनिएकी यि हट नायिकाले अहिले जय संगत आश्रममा लागिकन त झन आफ्नो थरलाई समेत विर्सिएकी छिन् त्यसैले त उनलाई भेट्ने हरेकले आजकल पुजाना स्त्री भनेर बोलाउने गर्छन ।
नामले सफलता हासिल गर्ने हो कि, कामले ? त्यो आफैमा छुट्टयाउन नसकेका नेपाली हिरोइनहरू किन यसरी आफ्नो नामलाई परिवर्तन गरिरहेका छन् ? नाम फेरे नी उही कालु नाम नफेरेनी उही कालु भन्ने ठेट नेपाली उखान सायद यि हिरोइनहरूलाई थाहा छैन होला ।
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS