TODAY'S CARTOON

खस्कियो काठमाडौँको फिल्म व्यापार

१० वर्षअघि फिल्म 'आफ्नो मान्छे' सुपरहिट हुँदा काठमाडौंका हलहरुबाट निर्माता केशव भट्टराईले ६० लाख रुपैयाँ हात पारेका थिए। तिनै केशवको भागमा तीन हप्ताअघि 'छोडी गए पाप लाग्ला' फिल्मबाट २० लाख रुपैयाँ मात्र पर्‍यो।

नेपाली कला सस्कृति ,कलाकारिता,फोटोग्राफी र फेशनको यही हो मौलिकता

नेपाली कला सस्कृति ,कलाकारिता,फोटोग्राफी र फेशनको यही हो मौलिकता

ताज चुमेपछिको खुशी

मिस ट्यालेन्ट भक्तपुर २०१० का बिजेताहरु विजयपछि प्रफुल्ल मुद्रामा तस्वीर खिचाउँदै । तस्बीर: द्वारिका काफ्ले/आजभोलि

चुच्चे हिल दौडमा विश्व कीर्तिमान

अस्ट्रेलियाको सिड्नीस्थित हार्बर पुलनजिकै चुच्चे हिल लगाएर दौडिरहेका महिला। कम्तिमा ३ इञ्च लामो हिल लगाएर ४X१०० मिटरको सबैभन्दा छिटो दौडमा विश्व कीर्तिमान कायम गरे उनीहरुले।

Lady Gaga wins eight MTV Video Music Awards in Los Angeles

Cher told the audience she had been raising eyebrows when Lady Gaga "was still Baby Gaga"
Todays Photo
Photo Gallery

आलोकको मौलिकता......

alok.jpg

अनुप भट्टराई

काठमाण्डौ, २४ साउन- निर्देशक आलोक नेम्वाङ्गको मौलिकता तपाईले थाहाँपाउनु भयो अच्चम लाग्न सक्छ । अचम्म नलागोस पनि कसरी जव तपाई कुनै भारतीय नागरिकको अगाडी आलोकलाई भेट्नु हुन्छ तब तपाई आलोकको मौलिकतालाई नजिकबाट चिन्न सक्नुहुन्छ ।  प्रसङ्ग हो आलोकको राष्ट्र प्रेम, भाषा र मौलिकताको । एक साता  अघि आफुद्धारा निर्देशित दोस्रो चलचित्र कोही मेरो को गीत रेकर्ड गर्न मुर्म्बई पुगेका नेम्वाङ्गले त्यहाँ बसुन्जेल कहिले पनि हिन्दी भाषा बोलेन बरू उल्टै त्यहाँका प्राविधिकहरूलाई नेपाली सिकाई दिए ।

 आईस टि संगै राजधानीको भाटभटेनी स्थित एक क्याफेमा गरिएको उनीसंगको बार्ता लापमा नेम्वाङ्गले आफु कत्तिको मौलिकता भएको मान्छे रहेको त्यही वाक्य बाट पुरा गरे जव उनले  'जिन्दगीमा म इन्डियनहरूसंग हिन्दी बोल्दिन' भनेर कसम खाए । "उनीहरूसंग हिन्दी बोल्नु आफुलाई तल पार्नु हो ।,  त्यसैले मैले पुरै रेकर्डिङ्गको समयमा हिन्दी बोलिन मात्र बोले इग्लिस ।" उनले आफुमा रहेको मौलिकता दर्शाए  ।

नेपाली चलचित्रमा मौलिकता खोज्ने व्यक्तिहरूले स्वयमंमौलिकताको अपव्याख्या गरेको भन्दै नेम्वाङ्गले "हामि विहानै उठ्ने वित्तिकै पत्रिकाको पहिलो पेजको माथि वाहा.. कट्रीना भनी लेखिएको पढ्न बाध्य हुन्छौ,  विभिन्न प्रोगामहरूमा सुरूमै हिन्दी गीतहरू प्रयोग भएका देख्छौ यसरी कहाँ मौलिकता हुन्छ ? "  उनले स्वयम प्रश्न गरे ।

मौलिकता केबल भाषामा मात्रै हैन अनेक दृश्यबाट समेत देखिने भन्दै उनले नेपाली फिल्मकर्मीहरूलाई लक्षित गर्दै भने फिल्म लाईनको मान्छे हावामा उड्न छाडेर जमिनमा हिडे भने मात्र पनि  त्यो आफ्नो  मौलिक  पना हुन्छ ।  करिअर बनाउनका लागि शोषणमा परेर भएपनि नायिका बनेका नेपाली हिरोईनहरूको व्यथालाई समेत यहाँ बिदेशीको मौलिकतामा दाजिएको भन्दै उनले त्यस्ता सम्बन्धहरूका बारेमा नकरात्मक बुझ्न् नहुने गहिरो तर्क प्रस्तुत गरे । "त्यो बाध्यता हुनसक्छ त्यसैले त्यस्ता सम्बन्धलाई लिएर नेपाली नायिका र बिदेशी नायिकाबीच तुलना गर्न नुहने" उनको भनाई थियो ।

हाल सम्म बिवाह नगरेका यि अविवाहित निर्देशकले आफुले भारतमा देखाएको नेपाली पनले उनीहरूले एकदमै रेक्सपेक्ट समेत गरेको बताए । "अधिकाशंक नेपालीहरू भारतीयको अगाडीको आफ्नो भाषा नबोलेर स्वयम हिन्दी बोल्ने गर्छन तर आफुले त्यसो नगरेकाले भारतीयहरू पनि अचम्ममा परेको" उनको भनाई थियो ।

गायक नविन के भट्टर्राईको "लाखौ पटक मैले कोसिस गरे" बोलको गीतको   म्यूजिक भिडियोबाट आफ्नो निर्देशन यात्रा थालेका नेम्वाङ्गको आनीबानी पनि अरू पुरूष भन्दा फरक छ । कसैसंग  कुनै प्रकारको अटेचमेन्ट मन नपराउने यि  पट्टु निर्देशक भाटभटेनी स्थित आमाले किनिदिएको एउटा सिङ्गो फ्ल्याटमा दुई छोरीका साथ एक्लै बस्दै आएका छन् ।

 अचम्ममा नपर्नु होला अविबाहित अनि छोरी भनेर ?  उनका दुई छोरीहरू "स्पाईस्टी"  र "साल्टी" हुन जसलाई उनले धेरै नै माया गर्छन् । अत्याधिक जनवार प्रेमी भएर होला उनले ती दुई छोरीहरूलाई पप्पी भन्न मन पराउदैनन् ।

स्त्रीहरूले झै उमेर भन्न हिचकिचाएका आलोकले आफ्नो अधवैशे उमेरलाई भने  लामो हासो दिदै १६ बर्षभन्न छुटाएनन् । बिवाहित नभए पनि सेक्सको अनुभव रहेको भन्दै उनले अन्य पुरूष सरह आफुले पनि त्यसको अनुभव लिएको बताए ।  जिवनमा बिवाहलाई त्यति मान्यता नदिएका नेम्वाङ्गले "६० बर्षहुदा बिवाह गर्न मान लाग्यो भने त्यति बेला गर्छु तर अहिले हैन ।"   उनको बिवाह प्रतिको धारणा थियो ।

यस्तै  लामो समय देखि नायिका झरना बज्रचार्यको र उनको साथीको सम्बन्धलाई कतिले प्रेमी र प्रेमिकाको रूपमा हेरेपनि त्यो गलत भएको उनको भनाई थियो ।  अझै पनि नचिनेको नम्बरको बाट मोवाईलमा बल्फ कल आउने गरेको भन्दै नेम्वाङ्गले किन त्यस्तो कल आउछ आफुले थाहा पाउन नसकेको बताए ।

नयाँ जेनेरेशसनको इच्छा र चाहना बमोजिमको चलचित्र दिएमा सफल हुने भन्दै उनले नेपाली चलचित्र उद्योगलाई माथि उठाउन आफ्नो तर्फबाट सानो संसार जस्ता सफल मुभिहरू अझै सात आठ वटा सेक्रिफाईस गर्नु पर्ने बताए ।

४ सय ५० वटा म्यूजिक भिडियो निर्देशन गरिसकेका नेम्वाङ्गका त्यस्ता अनेकौ  गुणहरू छन् जुन सुन्दा तपाईलाई होईन जस्तो लाग्छ । अमेरिकामा ६ बर्षपर्फमङ आर्ट, थ्रिएटर,  सिनेमा र कोरियोग्राफी विषयको कोर्स गरेर फर्किएका आलोक एउटा कुसल कोरियोग्राफर पनि हुन । त्यसैले त  प्रदर्शनको तयारीमा रहेको चलचित्र कोही मेरोमा नायक नायिकालाई आफैले नचाएका छन्  ।


तर त्यसबाहेक उनलाई मोटरर्साईकल चलाउन आउदैन्, महंगा कुराहरुको सौख छैन्, गाडीको पनि सौख छैन लेनदेनको मामलामा सेन्सअफ स्ट्रीक्ट छैनन्  अरे र भन्छन "मलाई जंलमा लगेर छाडिदिनु कुनै कुराको तलतल पनि लाग्दैन"  रे...........


COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।

more »

  • PERSONALITY

Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.

more »

HOROSCOPE

Useful Info