TODAY'S CARTOON

खस्कियो काठमाडौँको फिल्म व्यापार

१० वर्षअघि फिल्म 'आफ्नो मान्छे' सुपरहिट हुँदा काठमाडौंका हलहरुबाट निर्माता केशव भट्टराईले ६० लाख रुपैयाँ हात पारेका थिए। तिनै केशवको भागमा तीन हप्ताअघि 'छोडी गए पाप लाग्ला' फिल्मबाट २० लाख रुपैयाँ मात्र पर्‍यो।

नेपाली कला सस्कृति ,कलाकारिता,फोटोग्राफी र फेशनको यही हो मौलिकता

नेपाली कला सस्कृति ,कलाकारिता,फोटोग्राफी र फेशनको यही हो मौलिकता

ताज चुमेपछिको खुशी

मिस ट्यालेन्ट भक्तपुर २०१० का बिजेताहरु विजयपछि प्रफुल्ल मुद्रामा तस्वीर खिचाउँदै । तस्बीर: द्वारिका काफ्ले/आजभोलि

चुच्चे हिल दौडमा विश्व कीर्तिमान

अस्ट्रेलियाको सिड्नीस्थित हार्बर पुलनजिकै चुच्चे हिल लगाएर दौडिरहेका महिला। कम्तिमा ३ इञ्च लामो हिल लगाएर ४X१०० मिटरको सबैभन्दा छिटो दौडमा विश्व कीर्तिमान कायम गरे उनीहरुले।

Lady Gaga wins eight MTV Video Music Awards in Los Angeles

Cher told the audience she had been raising eyebrows when Lady Gaga "was still Baby Gaga"
Todays Photo
Photo Gallery

'फर्केर हेर्दा ' केही पनि छैन

अनुप भट्टराई

काठमाण्डौ, ३२ असार-  सुरेश अधिकारीको संगीतको आधारमा प्रदर्शन अगावै चार्चा पाउन सफल चलचित्र फर्केर हेर्दा (फ्ल्यास व्याक) मा दर्शकले सोचे अनुसारको मिठास  नपाउने भएका छन् ।

गोपी कृष्ण मुभिजको ब्यानरमा असार महिनाको अन्तिम दिनबाट प्रदर्शनमा आएको चलचित्र फर्केर हेर्दाको बिहिबार गरिएको प्रिमियर शोमा अन्य नेपाली चलचित्रभन्दा कुनै नयाँ र  फरक प्रस्तुतीलाई निर्देशक दयाराम दाहालले पर्दामा उतार्न नसकेको स्पष्ट भएको छ ।

कहिँ कतै हिन्दी चलचित्रका दृश्य र नेपाली सिनेमामा प्रयोग भई सकेका पुराना डाइलगको समेत हुबहु कपि  यस चलचित्रमा दर्शकले महसुस गर्न सक्दछन । चलचित्रमा नायक आर्यन सिग्देलले गरेको अभिनय बाहेक अन्य कलाकारको अभिनयलाई कथाले नबाधेको पाईन्छ । धनी र गरिवबीचको प्रेम सम्बन्ध र त्यसमा परिवारको अवरोधलाई कथा मार्फत  बगाउन खोजेका निर्देशक दाहालले हरेक स्थानमा हास्यको प्रयोग गर्नुले पनि चलचित्रलाई खल्लो बनाएको हो भन्नेमा कुनै दुई मत छैन ।

जसरी भारतीय चलचित्रमा घरमा आएका पाहुँनालाई आरती उतारिन्छ त्यस्तै दृश्य उनले नेपाली समाज पनि रहेको छ भन्ने कुरालाई पर्दामा प्रस्तुत गर्दा दर्शकले सो दृश्य मन नपराउन पनि सक्छन् ।

निकै अनुभवी निर्देशकको उपमा समेत पाएका दाहालले  सो चलचित्रको सामान्य पक्षमा त्यति ध्यान नपुर्‍याएको स्पष्ट हुन जान्छ । जस्तै नायिका युना उप्रेती (सिमा) लाई उनको बाल्यकालको साथी जुनु आफ्नो विबाहको निम्तो दिन कार हाकेर उसको गाउँमा जान्छे र फर्किदा संगै लिएर आउँछे । गाउँमा जादाँ कार हाकेर पुगेकी जुनु सहर फर्किदा गुडिरहेको कारको आगडीको भाग बनेटमा नाचेका दृश्यमा निर्देशक चुकेका छन् । जवकी जुनु एक्लैले गाडी चलाएर गाउँ गएकी थिइन् तर र्फकदा त्यो गाडी कसैले चलाएको देख्न पाईन्छ ।

शिर्षक अनुसारको कथा र प्रस्तुती   नमिलेको यस चलचित्रमा रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन पक्षलाई भने ठिकै नै मान्नु पर्ने हुन्छ । नृत्य निर्देशक कविराज गहताराजलाई धन्यवादले मात्र पुग्दैन उनले निकै मजाले कलाकारहरूलाई नचाएका छन् । ती माथि पनि नायक आर्यनलाई ।

यस्तै राजु थापाको छायाङ्गकन पक्षको सामान्य कमजोरीलाई माफ दिन सकिने अवस्था यस चलचित्रमा रहेको छ । 

चलचित्रमा केही कालकारको आवश्यक्ता समेत नरहेको पाईन्छ यध्यपी ती कालकारलाई निर्देशकले किन राखे त्यो भने प्रश्नकै विषय छ । चलचित्रमा निखिलको श्रीमती बनेकी नायिका रेजिना उप्रेतीको उपस्थिति  कहीँ  आवश्यक छ जस्तो लाग्दैन । उनलाई चलचित्रमा समावेश नगरिएको भए नि हुन्थ्यो । यध्पी चलचित्रमा  टुविष्ट ल्याउन निर्देशक दाहालले नायिका जेनिशा केसीलाई चलचित्रमा राम्रोसंग प्रयोग गरेका छन् ।

पिडाको नाममा जस्तो सुकै कठोर भएको  व्यक्तिले  आफ्नो शुत्रुलाई खान दियो सायद केही हद सम्म  राम्रै देला तर यो चलचित्रमा ग्वालाको भूमिकामा सन्तोष बनेर  रहेका निखिल उप्रेतीले  आफ्नो बहिनी सिमाको प्रेमी नायक शिरिष आर्यनलाई खुर्शानीको धुलो संग भात खान दिएको कत्तिपनि सुहाएको छैन । जवकी खुर्शानीको धुलो र भात दिनुको साटो निर्देशकले त्यो दृश्यमा सुख्खा रोटी दिएको भए निकै उपयूक्त हुन्थ्यो ।

यस्तै चलचित्रमा साथीको विबाहमा पुगेकी सिमाले तातो चिया लिएर जादै गर्दा हास्यकलाकार बिष्णु सापकोटाको जो चलचित्रमा गम्भीर नाम गरेको काम गर्ने केटाको रूपमा रहेको हुन्छ उसको  टाउकोमा पोखिदा उनलाई तातो चियाँले पोल्नु पर्ने हुन्थ्यो तर उनले जिउमा मह पोखिए झै त्यो चिया चाटेको दर्शकलाई अपाच्य हुन्छ ।

अन्य चलचित्रमा झै अन्त्यमा प्रेमको जीत भए जस्तै यस चलचित्रमा पनि शिरिष र सिमाको प्रेम सफल हुन्छ । तर त्यो सफल हुन अगावै निखिले चलचित्रका खल पात्र नीर शाह, रवि गिरि लगायतलाई तरबारले हत्या गर्छन । त्यसपछी उनी जेल पर्छन । तर विश्वमै त्यस्तो  कुनै कानुन छैन कि जस्तो सुकै अपराधी मार्ने व्यक्तिलाई कानुनले छुट देओस तर त्यहा एक प्रहरी निरिक्षकले निखिलाई राम्रो काम गर्‍यौ भन्दै सजायबाट पूर्ण मूक्त पायौँ भन्दै रिहा गर्नुमा पनि निर्देशकको कमजोरी देखिन्छ । 

समग्रमा चलचित्रलाई सरर्सर्ती हेर्दा खासै नौलोपन नभएको कथा भएतापनि निर्देशकले बाध्न नसेकेको, कमेडी भएतापनि अपाच्य दृश्यलाई बढी स्थान दिएको र यथार्थ भएतापनि अतिरञ्ति तरिकाले प्रस्तुत गरेको भन्दा केही फरक नपर्ला चलचित्रलाई फर्केर हेर्दा ।

 

'फर्केर हेर्दा'  लाई कति नम्बर ?


प्रिमियर शोमा उपस्थित भएका राजनीतिक दलका नेता तथा कलाकारहरूलाई हामीले सोधेका थियौ यो चलचित्रलाई १०० मा
कति नम्बर दिनु हुन्छ भनेर । हेरौ उनीहरूको उत्तर

चलचित्र हेरी सकेपछी बाहिर भेटिएका राष्ट्रिय जनशक्ति पार्टीका   सह-अध्यक्ष  प्रकाश चन्द्र लोहनीले नायक आर्यनको भूमिका मन  परेको बताए । समग्र चलचित्रको मूल्याकन गर्न आफुले नसक्ने भन्दै उनले चलचित्रलाई सय मा ८० नम्बर दिने बताए ।

यस्तै रंगपत्रकारबाट निर्देशक बनेका सुरेश दर्पण पोखरेलले चलचित्रलाई ५० नम्बर दिने बताए । उनले चलचित्रमा कलाकारहरूलाई बढी ओभरएक्ट भएको गुनासो ब्यक्त गरे भने  निखिल उप्रेती युना उप्रेती र आर्यनको भूमिका आफुलाई मन परेको भन्दै पोखरेलले चलचित्रको छायांकन, नृत्य पक्ष मन परेको बताए ।

यस्तै चलचित्र पत्रकारसंघका अध्यक्ष शान्तिप्रियले पहिले देखि हेरिआएका नेपाली चलचित्र भन्दा यस चलचित्र पनि खासै फरक नभएको भन्दै आफ्नो तर्फबाट ५० नम्बर दिन भ्याए ।

यस्तै निर्देशक नरेश पौडेललाई कति नम्बर दिनु हुन्छ भन्ने प्रश्नमा उनले नम्बर त  जनताले दिने हो मैले दिने हो भन्दै चलचित्रको फष्ट हाफ मन नपरेको बताए । यस्तै चलचित्र वितरक सुनिल मानन्धरलाई चलचित्रको हास्य पक्ष मन परेछ भने नीर शाहले भिलेनको भूमिका निर्वाह गरेको पटक्कै मननपरेको बताए । यध्पी उनले चलचित्रलाई ६० नम्बर भने दिन भ्याए ।





 





 



COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।

more »

  • PERSONALITY

Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.

more »

HOROSCOPE

Useful Info