TODAY'S CARTOON

Todays Photo
Photo Gallery

सिनियारीटीको आधारमा दुई कलाकारलाई सम्मान गर्ने चलचित्र कलाकार संघको निर्णय

cheyous.jpg

काठमाण्डौ, ११ फागुन- नेपाल चलिचत्र कलाकार संघले सिनियारीटीको आधारमा नेपाली चलचित्र क्षेत्रमा काम गर्दै आएका दुई कलाकारलाई सम्मान गर्ने निर्णय गरेको छ ।

२०४५ सालमा स्थापना भएता पनि पहिलो पटक मंगलबार आयोजना गरेको बाषिर्कोत्सव समारोहमा दुई नेपाली कलाकारलाई नेपाल चलचित्र पुरस्कार सम्मान प्रदान गर्ने निर्णय गरेको हो  । जसमा २०६५ का लागि अभिनेत्री शकुन्तला शर्मा र २०६६ का लागि  नायक शिव श्रेष्ठ रहेको बताइएको छ । शकुन्तला शर्मा बरिष्ठ कलाकार हरिहर शर्माको श्रीमति हुन । रंगमञ्चबाट नेपाली रजतपटमा उदाएकी  शर्माले बाशुदेशव, बदलिदो आकाश जस्ता सफल चलचित्रमा अभिनय गरेकी थिइन ।


शर्मा नेपाली चलचित्र क्षेत्रमा विगत पाच दशक देखि सक्रिय रहेको साथै नायक शिव श्रेष्ठ पनि लामो समय देखि नेपाली चलचित्र क्षेत्रमा आफ्नो प्रस्तुती गरेका कारण उनीहरूलाई कलाकार संघले सम्मान गर्ने निर्णय  गरेको संघका अध्यक्ष रमेश बुढाथोकीले जानकारी दिए । आगामी बैशाखमा  प्रदान गरिने उक्त पुरस्कारको राशि ५१ हजार रूपैया रहेको छ ।

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

लेखक नेपाली कांग्रेसका सभासद तथा युबा नेता हुन /

राजनीतिक 'नौटङ्की’ को साक्षी बन्नुपर्दा

more »

  • PERSONALITY
Personality not found.

HOROSCOPE

Useful Info