काठमाण्डौ,१६ माघ- बलिउडकी कामुक नायिका मल्लिका सेरावत जस्तो देखिने नेपाली रजतपटकी नायिका पुजाना प्रधानले २६ जना अनाथ बालबालिकालाई आफ्नो चलचित्र हेर्राईन ।
राजधानीका हलहरूमा मा दुई सातामा चलिरहेको आफ्नो चलचित्र पापी मान्छे -२ देखाउन शनिबार जय संगत आश्रमका २६ जना अनाथहरूका साथ उनी जमल स्थित विश्व ज्योति हलमा देखिएकी थिइन्, र साथमा थिए पापी मान्छे -२ का निर्माता राजकुमार र्राई र निर्देशक दिपक श्रेष्ठ । "अनाथहरूलाई चलचित्र हेर्न मन लागेतापनि कसैले फिल्म हल नलगिदिने र स्वयम एक्लै जान नसक्ने भएका कारण यिनिहरूलाई फिल्म हेर्न ल्याएको " उनले बताइन् । यस्तै चलचित्रका निर्माता राजकुमार र्राईले "पुजानाको यो कदमलाई आफुले सकारात्मक लिएको भन्दै यस्तो कार्यमा आफ्नो सहयोग निरन्तर रहने" बताए । भारत बाट प्रशिक्षित कुकुर र बादरलाई लिएर दिपक श्रेष्ठको निर्देशनमा बनेको यस चलचित्रमा पहिलो पटक शिर्ष भूमिकमा पुजानाले अभिनय गरेकी हुन । चलचित्रमा नायक निखिल उप्रेती, सुनिल थापा लगायतको अभिनय रहेको छ ।
यस्तै विश्व ज्योतिहलमा नायिका पुजाना प्रधानसंग लिइएको छोटो अर्न्तवार्ता 
पछिल्लो समय कर कार्यालयले कलाकारहरूलाई करको दायरमा ल्याउन फोन गरिरहेको छ । तपाईलाई अहिले सम्म त्यहा बाट फोन आएको छ कि छैन ?
अ... अहिले सम्म त आएको छैन । तर मैले कर भनेको चलचित्र क्षेत्रबाट भने अहिले सम्म तिरेको छैन । तर तिर्नु पर्छ, हाम्रो पनि दायित्व हो गर्भरमेन्टलाई कर तिर्नु तर यो बाहेक म हर्वो इन्टरनेशनलमा कार्यरत भएकाले म त्यहाबाट आएको प्रत्येक इन्कमबाट मैले कर तिरिरहेको छु । यस्तै कर कार्यालयबाट फोन आयो भने म कर तिर्न तयार छु ।
त्यसो भए चलचित्र क्षेत्रबाट तपाइको बाषिर्क कमाई कति हुन्छ त ?
नेपाली चलचित्रमा एस्पेक्टेशन अनुसारको कमाई त्यती सारो त हुदैन तर जे होस लाईफ चलाउनलाई सजिलै छ भन्नु पर्र्यो । हास्दै ....... कमाई भन्नुनै पर्ने हो र ? त्यही हो खर्च कटाएर अलि अलि बच्छ ।
भने पछी खर्च कटाएर कति बच्छ ?
फेरी हा...हा.....हा...... गर्दै हास्दै त्यही हो बर्षा ४ -५ लाख बच्छ ।
आजकाल धर्म कर्म, योग, ध्यानमा तपाईको झुकाव निकै देखिन्छ नी, कत्तिको अस्थावान हुनुहुन्छ ?
एकदमै । किन भने मान्छेलाई आत्म सन्तुष्टीनै ठूलो कुरा हो । जब देखि म जय संगतमा लागेको छु तव देखि योग ध्यानबाट मेरो लाइफमा धेरै परिवर्तहरू आएको छ , र म सन्तुष्ट पनि छु मेरो लाईफ देखि । मानिसहरू मलाई के भन्छन भने यस्तो लाउ लाउ खाउ भन्ने बेलामा किन यस्तोमा गएको भन्छन ? तर म उहाहरूलाई के भन्न चाहान्छु भने यदि तपाई हरूको बच्चा हुनुहुन्छ भने उहाहरूलाई बच्चै देखि आश्रममा पर्ठाईदिनुस , प्लिज बोर्डिङ स्कुल पढेर मात्रै उनीहरूले राम्रो संस्कार सिक्दैनन् । त्यसैले एउटा राम्रो संस्कार सिक्नका लागि उनीहरूलाई अश्रम पठाइदिनुस ।
हातमा औठीहरू पनि लाउनु भएको छ , ग्रह दशामा कत्तिको विश्वास गर्नु हुन्छ ?
एक दमै विश्वास गर्छु । किन कि यो सफल लाइफसंग रिलेटेड छ र अहिले हाम्रो जन्म भनेको पूर्व जन्मको कर्मको फल हो । हामीले यो जन्ममा पूर्व जन्मको फल अनुसार भोग्छौ भने साथ -साथै नया कर्म पनि गरिराखेका हुन्छौ , र त्यही नया कर्म गर्ने क्रममा हामीले कति राम्रो कर्म गर्र्छौ त्यसले चाहि अर्को जिवनको कर्म को निर्धारण गर्ने हुन्छ ।
तपाईको निधारमा सधै रातो टिका देखिन्छ किन सधै रातो टिका लगाउनु हुन्छ ?
रातो टिकाले दिन भरी उर्जा दिने भएकाले यसमा विश्वास हुन्छ, श्रद्धा हुन्छ र जुन काम गर्दा पनि मैले गरेको काम सही हुन्छ भन्ने हुन्छ । किन कि भगवानको आशिर्वाद मैले लाएको हुन्छु भन्ने विश्वास हुन्छ त्यही भएर म सधै रातो टिका लाउने गर्छु । तर महिना ४ दिन लाउदिन ।
COMMENTS