TODAY'S CARTOON

Todays Photo
Photo Gallery

आफ्नै हलमा नया कुसुमे रूमालले सय दिन पूरा गर्‍र्यो

kushume rumal.jpg

काठमाण्डौ, २० पुस- गोपी कृष्णा मुभिजको ब्यानरमा बनेको चलचित्र कुसुमे रूमाल २ ले आफ्नै हलमा  सय दिन पुरा गरेको छ ।

लगभग १ करोडको लगानीमा निर्माण गरिएको चलचित्र गत  असोज ९ गते दशैको फुलपाती देखि राजधानी लगायत राजधानी बाहिरका हलमा एकसाथ प्रदर्शन गरिएको थियो  । गोपी कृष्ण हल बाहेक चलचित्र व्यपारका
दृष्टिकोणले अन्य हलहरूमा भने यो चलचित्रले खाशै ब्यापार भने गर्न सकेन । गएको शनिबार यस चलचित्रले प्रदर्शनको १०० दिन आफ्नै हलमा पुरा गरेकाले चलचित्रका निर्माता एवम् गोपी कृष्णहलका सञ्चालक उद्धब पौडेल मख्ख छन् । यस्तै उद्धबका पुत्र चलचित्रका निर्देशक निरक पौडेल पनि निकै गदगद छन् ।

नव नायक नायिका  निरज बराल र रूबी भट्टर्राईको प्रमुख अभिनय रहेको यस चलचित्रमा संगितकार  शम्भुजित बास्कोटा पुत्र सौर्यजित बास्कोटाको संगित राखी तयार गरिएको उक्त चलचित्र हेर्ने अधिकाशं दर्शकले २४ पहिले भुवन केसीद्धा अभिनित पुरानो कुसुमे रूमाल जस्तो राम्रो नरहेको प्रतिक्रिया दिएका थिए । यस्तै कतिपय चलचित्रकर्मीले चलोस नचलोस  आफ्नै हलमा  सय दिन त के ५ सय दिन मनाउदा  पनि हुन्छ  भन्ने प्रतिक्रिया दिएका छन् ।

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

लेखक नेपाली कांग्रेसका सभासद तथा युबा नेता हुन /

राजनीतिक 'नौटङ्की’ को साक्षी बन्नुपर्दा

more »

  • PERSONALITY
Personality not found.

HOROSCOPE

Useful Info