TODAY'S CARTOON

Todays Photo
Photo Gallery

राजदुत भए मह जोडी

804mad and hari.jpg

काठमाण्डौ, १६ मंसिर- मह जोडीको रूपमा नेपाली रजतपटका क्षेत्रमा ख्याती कमाएका कलाकार द्धोय हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठ एचआइभी  एड्स २०१० अभियानका लागि राजदुतको भुमिका निर्वाह गर्ने  जिम्मेबारी पाएका छन् ।

 २२ औ विश्व एड्स दिवसको अबसरमा राजधानीको टुडिखेलमा आयोजीत एक कार्याक्रममा कलाकार मदन कृष्ण श्रेष्ठलाई प्रधानमन्त्री माधव कुमार नेपालले एचआइभी एड्स विरूद्ध राष्ट्रिय नेतृत्वदायी भूमिका निर्वाह गर्नका लागि साथै  अर्का कलाकार हरिवंश आचार्यलाई एच आइभी एड्स रोकथाम, उपचार साथै मानव अधिकारको हितको निम्ति नेतृत्वदायी भूमिका खेल्न सदभावना राजदुतको  सम्मान दिएका हुन । त्यस्तै एचआइभी एड्स नियन्त्रण गर्न र जनचेता फैलाउनका लागि तेस्रो लिङ्गीको तर्फबाट सन्ध्या  लामालाई सदभावना राजदुतको नेतृत्वदायी भूमिका निर्वाह गर्ने
जिम्मेबारी दिइएको छ ।


सम्मान पछी बोल्दै कलाकार मदनकृष्ण श्रेष्ठले १७ बर्ष अगाडी देखि एड्स नियत्रण गर्ने तर्फआफुहरू लागेको बताएका छन् । त्यसतै हरिवंश आचार्यले धेरैपहिले देखि विभिन्न टेलिचलचित्र मार्फत  एड्स सम्बन्धी विषय बस्तुलाई उठाएका कारण आज यो सम्मान मिलेको बताएका छन् । सम्मान पछी खुशी हुदै आचार्यले आफुलाई दिएको दायित्व १ बर्षभित्र पुरा गर्ने अठोट व्यक्त गरेका छन् ।

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

लेखक नेपाली कांग्रेसका सभासद तथा युबा नेता हुन /

राजनीतिक 'नौटङ्की’ को साक्षी बन्नुपर्दा

more »

  • PERSONALITY
Personality not found.

HOROSCOPE

Useful Info