TODAY'S CARTOON

खस्कियो काठमाडौँको फिल्म व्यापार

१० वर्षअघि फिल्म 'आफ्नो मान्छे' सुपरहिट हुँदा काठमाडौंका हलहरुबाट निर्माता केशव भट्टराईले ६० लाख रुपैयाँ हात पारेका थिए। तिनै केशवको भागमा तीन हप्ताअघि 'छोडी गए पाप लाग्ला' फिल्मबाट २० लाख रुपैयाँ मात्र पर्‍यो।

नेपाली कला सस्कृति ,कलाकारिता,फोटोग्राफी र फेशनको यही हो मौलिकता

नेपाली कला सस्कृति ,कलाकारिता,फोटोग्राफी र फेशनको यही हो मौलिकता

ताज चुमेपछिको खुशी

मिस ट्यालेन्ट भक्तपुर २०१० का बिजेताहरु विजयपछि प्रफुल्ल मुद्रामा तस्वीर खिचाउँदै । तस्बीर: द्वारिका काफ्ले/आजभोलि

चुच्चे हिल दौडमा विश्व कीर्तिमान

अस्ट्रेलियाको सिड्नीस्थित हार्बर पुलनजिकै चुच्चे हिल लगाएर दौडिरहेका महिला। कम्तिमा ३ इञ्च लामो हिल लगाएर ४X१०० मिटरको सबैभन्दा छिटो दौडमा विश्व कीर्तिमान कायम गरे उनीहरुले।

Lady Gaga wins eight MTV Video Music Awards in Los Angeles

Cher told the audience she had been raising eyebrows when Lady Gaga "was still Baby Gaga"
Todays Photo
Photo Gallery

हिरोइनका चिसिएका सम्बन्ध

Actresss__538654021.jpg

काठमाडौं, ११ मंसिर एउटै क्षेत्रमा काम गर्ने कतिपय नायिका एकले अर्कालाई दुस्मन ठान्छन् भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर, वास्तविकता यही छ । एकले अर्काको ईश्र्या गर्ने तथा कुरा काट्ने बानीले गर्दा नेपाली फिल्मका कतिपय नायिकाबीच बोलचाल बन्द छ ।
केही समय अघिदेखि नायिका रेखा थापा र ऋचा घिमिरेको बोलचाल बन्द छ । पहिले रेखा र ऋचा खुब मिल्थे । दुवैजना गौरीघाटमा नजिक-नजिक बस्ने तथा दुवैको आनीबानी उस्तै हुनाले जिक्री दोस्तु बनेका थिए । रेखाको सिफारिसमा ऋचाले केही फिल्ममा अभिनय गर्ने मौका पाएकी थिइन् । त्यतिबेलादेखि उनीहरूको सम्बन्धमा दरार आयो, जब ऋचाले रेखालाई गन्न छाडिन् । ुत्यो रेखाभन्दा म केमा कम छुु भन्ने अहम् बढेपछि उनीहरूको सम्बन्ध चिसिन पुगेको हो । अहिले उनीहरू सार्वजनिक समारोहमा भेट हुँदा बोल्दैनन् । ऋचाले रेखाको डाह गर्नाले उनीहरूको मित्रतामा धमिरा लागेको फिल्मकर्मीको कथन छ ।


एकताका रेजिना उप्रेती र रञ्जना शर्मा निकै मिल्ने साथी थिए । उनीहरू सधैँ सँगै हुन्थे । दुवैको बानीबेहोरा र रुचि एउटै भएकाले उनीहरूको मित्रता गाँसिएको थियो । एकपटक इन्डिया प्रवासी नेपालीले एउटा फिल्म निर्माण गर्ने भए । जसको नायिकाका लागि रेजिना र रञ्जनालाई छनोट गरी ती निर्माताले दिल्लीसमेत पुर्‍याए । दिल्लीमा रेजिना र रञ्जनाले अत्यधिक मदिरा सेवन गरी एक-अर्कालाई बोतलसम्म हान्न पुगे । जसकारण ती निर्माताले रेजिना र रञ्जनालाई जनही २५ हजार रुपैयाँ दिएर नेपाल फितर्ा पठाइदिए । दिल्लीमा चिसिएको सम्बन्ध काठमाडांैमा अझ बिगि्रयो । रञ्जनाले सञ्चारमाध्यममार्फत सार्वजनिक रूपमै रेजिना आफूलाई सबैभन्दा मन नपर्ने हिरोइनको भएको बताएपछि सुरु भयो उनीहरूको दुस्मनी । घरका निर्देशक सोभित बस्नेतले कन्यादान फिल्ममा रञ्जनालाई हिरोइन लिएपछि त रेजिनालाई अरू के चाहियो रु दुस्मनी अझ बढ्यो । उनीहरूको सम्बन्धमा दरार आउनुमा अन्य कारण पनि भएको फिल्मकर्मीको बुझाइ छ । अचेल पनि उनीहरू एकले अर्कालाई देखिसहँदैनन् ।


नायिका झरना थापा र रेजिना उप्रेतीको सम्बन्ध सात वर्ष अघिदेखि नै राम्रो थिएन । केही अघि मध्यरातमा झरनाले रेजिनालाई आफ्नो पति सुनीलकुमार थापासँग आफ्नै घरअगाडि भेटेपछि दुस्मनीको पराकाष्टा नाघ्यो । त्यस रात झरनाले रेजिनालाई जगल्ट्याएको खबर आएको थियो । अहिले झरना रेजिनालाई देखिसहन्नन् । रेजिना पनि झरना भनेपछि नाक खुम्च्याउँछिन् । फेरि कुरा रेजिनाकै । उनी र रेखा थापाको सम्बन्ध पनि केही अघिदेखि निकै बिगरएको छ । झरनासँग मिलेर रेखाले आफ्नो कुरा काटेको भन्दै रेजिनाले रेखाका पति छवि ओझासँग गुनासो पोखेपछि उनीहरूको सम्बन्ध अझ खराब हुन पुगेको हो । केही अघिसम्म रेखा र रेजिना पनि एकदमै मिल्थे । रेखाले रेजिनाको निकै तारिफ गर्ने गर्थिन् । अहिले भने उनीहरूबीच पनि बोलचाल बन्द छ ।


शोभित बस्नेतको चिनो फिल्ममा सँगै अभिनय गर्दाताका रेजिना र सुनिता गन्धर्वको सम्बन्ध निकै चिसिएको थियो । कन्यादानमा जब शोभितले रेजिना र सुनिता दुवैलाई छाडेर रञ्जना शर्मालाई हिरोइन लिए, त्यसपछि भने सुनिता र रेजिना ुजिक्रीु भए । तर, अहिले शोभितले राज फिल्ममा पुनः रेजिनालाई लिएपछि भने सुनिता र रेजिनाबीचको मित्रतामा तुवाँलो छाएको छ ।


अचेल नायिका रेखाको सबैभन्दा मिल्ने साथी बनेकी छिन् निर्माता क्रिशा चौलागाईं । उनीहरू हरदम सँगै हुन्छन् । रेखाकै सिफारिसमा क्रिशाले निर्माण गरेको कसम हजुरको फिल्ममा ऋचाले पनि अभिनय गर्ने मौका पाइन् । सुटिङ सुरु भएको केही दिनमै ऋचा र रेखाको सम्बन्ध बिगि्रयो । रेखासँग मनमुटाव भएपछि ऋचा क्रिशासँग पनि बोल्न छाडिन् । क्रिशासँग बोलचाल बन्द भएपछि कसम हजुरकोको डबिङ गराउनका लागि क्रिशाले ऋचाका अनेक नखरा झेल्नुपरेको चर्चाले फिल्मबजार तातेको छ ।

Sorce :- Naya Patrika

 

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।

more »

  • PERSONALITY

Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.

more »

HOROSCOPE

Useful Info