काठमाण्डौ, ९- साउन चर्चामा रहेको नायक श्रीकृष्ण श्रेष्ठको प्रेममय चलचित्र काहा भेटिएला शुक्रबार बाट राजधानीका १४ वटा हलमा एक साथ प्रदर्शन भएको छ ।
प्रदर्शनको विशेष शो जमल स्थित विश्वज्योति हलमा बाजा गाजा सहित सयौ कलाकारको माझ गरिएको थियो । नायक बाट निर्माता बनेका श्रीकृष्ण श्रेष्ठको सो चलचित्रमा रवि गिरि, वीरेन्द्र हमाल, निर शाह मिथिला शर्मा, र नव नायिका स्वेता खड्का, प्रमुख भुमिकामा रहेका छन् ।
त्यस्तै गरिमा पन्त, सञ्चिता लुइटेल, र अलि बढी भुमिकामा निहरूता सिह“ अतिथिकलाकारको भूमिकामा छन् ।
शिव रेग्मीको निर्देशन रहेको यस चलचित्रमा शम्भुजित बास्कोटाको संगित, राजेन्द्र खडगीको द्धन्द्ध, र शम्भु सापकोटाको छायांकन रहेको यस चलचित्रलाई आगामी साउन २१ गते बाट राजधानी बाहिरका हलहरूमा समेत प्रदर्शन गरिने नायक श्रीकृष्ण श्रेष्ठले जानकारी दिए तस्तै उनले यस चलचित्रबाट आफुले निकै आशा राखेको समेत बताए ।
COMMENTS