काठमाडौ ३१ असार, आजभोली सरकारले आगामी आर्थिक बर्षका लागि दुई खर्ब ८५ अर्ब ९३ करोड को बजेट घोषणा गरेको भएपनि , चलचित्र क्षेत्रको विकासका लागि भने बजेट विनियोजन गरेको छैन । अर्थमन्त्री सुरेन्द्र पाण्डेले आगामी आर्थिक वर्षका लागि विनियोजन बजेट भाषण गरिहँदा आफ्नो क्षेत्रलाई पनि समेट्लाकी भनेर टेलिभिजन पर्दा अगाडि कौतुहलका साथ कुरिरहेका चलचित्रकर्मीहरु अन्त्यमा निराश भए ।
जव अर्थमन्त्री सुरेन्द्र पाण्डेले वजेट भषण सके तव चलचित्रकर्मीहरु निराश भए । प्रभानमन्त्री माधवकुमार नेपालले चलचित्रर्कीहरुसँगको एक भेटमा नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छांयाकन स्टुडियोको रुपमा विकास गर्ने पहल गरिने उल्लेख गरिए पनि त्यसका लागि कुनै ठोस कार्यक्रम ल्याएको छैन । न त निश्चित बजेट नै छुट्टयाइएको छ । यर्सथ सरकारको यसपालीको बजेटबाट चलचित्रकर्मीहर असन्चतष्ट बनेका छन् ।
COMMENTS