काठमाडौं , भदौं १९ -अखिल क्रान्तिकारीले पुर्वाञ्चल विश्वविद्यालयका इन्जिनियरिङ कलेजहरुमा भर्ना गर्न रोक लगाउँदा करिब २ हजार विद्यार्थी प्रभावित भएका छन्।
बीस प्रतिशत छात्राबृति दिनु पर्ने, शैक्षिक पात्रो ब्यवस्थित हुनु पर्ने र कलेजहरुमा बैज्ञानिक शुल्क लागु हुनु पर्ने माग सहित गत साउन २६ देखि क्रान्तिकारी आन्दोलनमा उत्रेको हो। स्नातक तहमा नयाँ भर्ना गर्न विश्वविद्यालये साउन २५ देखि फारम खुलाएको थियो। प्रवेस परिक्षाको मिती भदौ १५ लाई तोकेको थियो। तर क्रान्तिकारीले माग राखेर कलेजहरुको लेखा, प्रमुखको कार्यालय र प्रशासनमा तालाबन्दी गरेकाले प्रवेस परीक्षा समेत प्रभावित भएको एसोसिएसन अफ इन्जिनियरिङ कलेज नेपालका( एकोन ) अध्यक्ष बसन्त मरहठ्ठाले बताए।
यो विश्वविद्यालय अर्न्तगत ९ कलेजमा इन्जिनियरिङ पढाइ हुन्छ। एक्मी, ह्वाइटहाउस, कान्तिपुर सिटी कलेज, कलेज अफ बायोमेडिकल इन्जिनियरिङ, सिआइटी कलेज, हिस्ट इन्जिनियरिङ कलेज, ख्वाप इन्जिनियरिङ कलेज, सेन्ट्रल इन्जिनियरिङ कलेज जनकपुर र इस्टर्न इन्जिनियरिङ कलेज विराटनागरमा इन्जिनियरिङ विषय पढाइ हुन्छ। यी कलेजले प्रत्येक वर्ष २ हजारलाई पढाउने गरेका छन्।
२०६५मा पनि क्रान्तिकारीले यिनै माग राखेर आन्दोन गरेपछि विद्यार्थी संगठन र एकोन विच शिक्षा मन्त्रालयका सहसचिव जनार्दन नेपालको मध्यस्थतामा सहमती भएको थियो। सहमती अनुसार शिक्षा मन्त्रालयले नेपालको संयोजकमा समिति गठन गर्यो। समितिले ४ वर्षे 'वीइ' इन्जिनियरिङका लागि ४ लाख ८६ हजार रुपैयाँ तोकेको थियो। महँगी अनुसार थप्दै जाने सहमती भए अनुसार कलेजहरुले शुल्क उठाएको मरहठ्ठाले बताए।
'पुर्वाञ्चल विश्वविद्यालयका पदअधिकारी पैसामा विकेर पूर्वाधार अध्ययन नगरी सम्बन्धन दिएकाले शिक्षामा गुणस्तर छैन', क्रान्तिकारीका उपाध्यक्ष युवराज चौलागाईले भने 'शुल्क पनि मन्त्रालयले तोके भन्दा दोब्बर लिएका छन्। ' माग पुरा नगरे थप आन्दोलन गर्ने चेतावनी समेत उनले दिए। News: नागरिक
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS