काठमाडौ, वैशाख ६ - देशभररहेका निजी विद्यालयले शिक्षा ऐन मिचेर आ-आफ्नो इच्छामा भर्नाको समयमा अभिभावकसित जथाभावी शुल्क असुलेका छन् । नयाँ शैक्षिक सत्रमा भर्ना फी , बार्षिक फी र धरौटी भन्दै अनेकौ शीर्षक देखाएर ८ हजार देखि ५० हजार रुपैया सम्म अशुलेका छन्।यस्तो शोषण हुंदा पनि सरकार ,सरकारी संयंत्र लाई कुनै चासो छैन
शिक्षा नियमावलीमा एक महिनाको मासिक पढाइ शुल्क नबढ्ने गरी भर्ना र धरौटी शुल्क लिन पाउने प्रावधान छ । वाषिर्क शुल्क भने कक्षा उन्न्नति हुँदा बढेको कक्षाअनुसार २ महिनाको मासिक बराबरको शुल्कमात्रै लिन पाइन्छ ।
कान्तिपुर दैनिक पत्रिकाका अनुशार " ठूला र नाम चलेका विद्यालयले मनलाग्दी भर्ना, धरौटी र वाषिर्क शुल्क लिएका छन् । मासिक शुल्क करिब २ हजार रहेको राजधानीको चेल्सी एकेडेमीले कक्षा १ को भर्ना शुल्क ३५ हजार लिने गरेको छ भने चाँदबागले २८ हजार रुपैयाँ शुल्क लिने गरेको छ "।
त्यस्तै ललितपुरको युनाइटेड स्कुलले नयाँ भर्नाका लागि कक्षा १ मा २७ हजार रुपैयाँ लिने गरेको छ । यो स्कुलको कक्षा १ को मासिक शुल्क ७ सय रुपैयाँ छ । त्यस्तै २ हजार मासिक शुल्क भएको डीएभी सुशील केडिया स्कुलको भर्ना शुल्क ३८ हजार ४ सय ५० रुपैयाँ छ ।
जेभियर इन्टरनेसनलको भर्ना शुल्क ३५ हजार ८ सय रुपैयाँ
छ । यो गत वर्षभन्दा ७ हजार बढी हो । त्यस्तै रोजबड स्कुलले नर्सरीदेखि कक्षा १० सम्मको भर्ना शुल्क २५ हजार तोकेको छ । राजधानीकै पाठशाला नेपालले कक्षा १ का विद्यार्थी भर्नाबापत ३५ हजार ४ सय लिएको छ भने कक्षा ८ को भर्ना शुल्क ४१ हजार ४ सय रुपैयाँ तोकेको छ ।
ललितपुरको शुभताराले कक्षा १ देखि ३ सम्मको भर्ना शुल्क ३५ हजार ४ सय रुपैयाँ तोकेको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय संगठन एनप्याब्सनकी अध्यक्ष गीता रानाको विद्यालय ग्यालेक्सीले भने सबै कक्षाको भर्ना शुल्क ३ हजार तथा कक्षाअनुसार वाषिर्क शुल्क ८ देखि १० हजार रुपैयाँ उठाएको छ ।
जिल्ला शिक्षा कार्यालय ललितपुरका एक कर्मचारीका अनुसार ललितपुरमा नाम चलेको लिटिल एन्जेल्सले नर्सरीमा ८ हजार ९ सय २५ रुपैयाँ भर्नाबापत लिने गरेको छ भने जेम्स स्कुलले कक्षा १ देखि ३ सम्मको भर्ना शुल्क १९ हजार ३ सय ५० तोकेको छ ।
उपत्यकामा करिब १७ सय र देशभर करिब ८ हजार निजी विद्यालय छन् । जथाभावी शुल्क असुलेको गुनासो हरेक अभिभावकको छ /
स्रोतका अनुसार भर्ना, वाषिर्क र धरौटी गरेर सामान्य विद्यालयले करोडौंसम्म कमाउँछन् ।यस्तो कमाई हुंदा पनि नब्बे प्रतिशत विद्यालयले शिक्षकलाई नियुक्तिपत्र दिदैनन् र सेवा सुविधा बढाएका छैनन् ।'
शुल्क असुलीको विरोधमा अखिल क्रान्तिकारी र युनियनले छुट्टाछुट्टै आन्दोलन घोषणा गरेका छन् । अखिल क्रान्तिकारीले स्वेच्छाचारी शुल्क असुली नरोके कडा आन्दोलन गर्ने जनाएको छ ।
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS