काठमाडौँ, वैशाख २- काठमांडू को नैकाप गाविस अंतर्गत ढुङ्गे अड्डामा बा.२ख ७२९९ नम्बरको टि्रपरको ठक्करबाट आज बिहान जनमैत्री क्याम्पसमा अध्ययनरत विद्यार्थी सिर्जना खड्काको मृत्यु भएको छ। कुलेश्वरस्थित जनमैत्री क्याम्पसमा अध्ययनरत रहेकी खड्का आफ्नो बुबासँग मोटरसाइकलमा कलेज गइरहेकी थिइन/
मोटरसाइकल चालक उनका बुबा बेहोस अवस्थामा छन् / प्रहरीले गाडी र चालकलाई नियन्त्रणमा लिएको छ ।
COMMENTS