TODAY'S CARTOON

Todays Photo
Photo Gallery

एसएलसीको तयारी पूरा, ४ लाख ६६ हजार ३ सयले परीक्षा दिदै

press confrerence.jpg

अनुप भट्टराई

काठमाण्डौ, ३ चैत- आगामी चैत १२ गते देखि सुरू हुने यस बर्षो प्रवेशिका परीक्षा एसएसलसी को तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

शिक्षा मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा निजी क्षेत्रबाट प्रतिस्पर्धा गर्राई सबै जिल्लाहरूमा उत्तर पुस्तिका पठाउने कार्य भइसकेको जानकारी कार्यालयले दिएको छ । गत बर्षको भन्दा ७५ हजार बढी परिक्षार्थी सामेल हुने यस बर्षो प्रवेशिका परीक्षाका लागि देश भरिमा १५ सय ५० परिक्षा केन्द्र कायम गरिएको छ । जसमा ४ लाख ६६ हजार ३ सय परिक्षार्थीहरू सामेल हुने जानकारी दिइएको छ । यस अर्न्तगत माओवादी शिविरमा रहेका १३ सय छापामार समेत रहेको जानकारी  दिएको छ ।  साथै यस बर्षको प्रवेशिका परिक्षामा सबै भन्दा बढी काठमाण्डौ जिल्लामा ३२ हजार ७ सय र सबै भन्दा कम मनाङ मा ९१ जना विद्यार्थी रहेका छन् ।

यस्तै परिक्षा नियन्त्रण कार्यालयका नियन्त्रक चित्र प्रसाद देवकोटाले "सुरक्षाको सवालमा गत बर्ष परिक्षामा निकै आलोचना खेपिएको भन्दै यस बर्ष परीक्षामा सुरक्षाको व्यवस्था  अन्य बर्षको भन्दा भिन्नै  किसिमले गरिने तयारी भएको" बताए । विद्यार्थीको फलामे ढोकाको संज्ञा दिदै आइएको प्रवेशिका परीक्षा चैत २२ गते सम्म चल्ने जानकारी दिइएको छ ।
 

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

अझै पचास लाख निरक्षर
(स्थानीय तहमा पढाउने व्यक्ति राजनीतिक दलका कार्यकर्ता भएकैले जिल्ला शिक्षा अधिकारी र मातहतका निकायले बोल्न सकेनन्)

more »

  • PERSONALITY

Siddhartha Gautama Buddha was a spiritual founder of Buddhism. He was born Lumbini,kapilbastu Nepal.
"Buddha" meaning "awakened one" or "the enlightened one."
*If we could see the miracle of a single flower clearly, our whole life would change.*
~ Lord Buddha ~

more »

HOROSCOPE

Useful Info