तनहुँ, साउन ९। तनहुँको सदरमुकाम दमौलीस्थित बाराही आवासीय माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत १२ वर्षीय अमित नेपालीको शिक्षकको पिटाइबाट देब्रे हात भाँचिएको हो।
सो विद्यालयका शिक्षक जीवन शाहीले गृहकार्य नगरेको भन्दै गत मङ्गलबार पाइपले हिर्काउँदा छात्र नेपालीको हात भाँचिएको हो।घाइते बालकको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय गण्डकी अस्पतालमा उपचार गरी घर ल्याइएको बालककी आमा माया नेपालीले बताइन्।
छात्र पिट्ने शिक्षकलाई कडा कारबाहीको माग समेत पीडितका अभिभावकले गरेका छन्।उता विद्यालयका पि्रन्सिपल उपेन्द्र लम्सालले छात्र पिटिएको स्वीकार्दै घटना संयोगवश हुन गएको र आउँदा दिनमा यस्ता गल्ती हुन नदिने बताउनुभयो। रासस
COMMENTS