इलेक्ट्रोनिक्स दुनियामा किङ्गस्टनले पार्सवर्ड चाहिने २ सय ५६ जिबीको नया पेनड्राइभ बजारमा ल्याएको छ ।
यो विश्मै पहिलो पटक बढी डाटा अटाउन सकिने पेन (फ्लास) ड्राइभ हो । यसमा आफुले सुरक्षित राखेको डाटा अरूले प्रयोग गर्न नसकोस भन्नका निम्ति पार्सवर्ड समेत राख्ने व्यवस्था गरिएको छ । किङ्गस्टन कम्पनीले १ सय २८ गिगावाइट क्ष्ँताको ङ्खलास ड्राइभपछि यो ड्राइभ उत्पादन गरेको हो । यो पेनड्राइभ विन्डोज, म्याक र लिनक्स सबैमा प्रयोग गर्न सकिने छ ।
कम्पनीका अनुसार यो उच्च क्षमताको पेनड्राइभमा १० ब्लुरे डिस्क, ५४ डिभिडि अथवा ३ सय ५६ कम्प्याक्ट डिस्क अटाउन सक्छ । त्यस्तै यसले प्रति सेकेण्ड २० मेगावाइट डाटा रिड गर्न सक्छ भने १० मेगावाइट डाटा प्रति सेकेण्ड ट्रान्सफर गर्न सक्छ । हाल युरोपको बजारमा यसको मूल्य ६ सय ५७ यूरो अर्थात लगभग ७२ हजार रूपैया राखिएको छ ।
COMMENTS