काठमाडौ, श्रावण ९ - राजधानीको चाबहिलका हरि श्रीपाइलीलाई साथीको विवाहमा जन्ती जान जुत्ता चाहिएको थियो । सोरुममा छान्न पुगेका उनले थोरै मूल्यमा, आकर्षक र बलियो जुत्ता खोजे । नेपाली उत्पादनमा ती सबै कुरा पाइए । उनले सुनाए, 'विदेशी किन्दा टिकाउको कुनै ग्यारेन्टी नहुने । स्वदेशीमा ६ महिनाको वारेन्टी पाइने रहेछ । स्वदेशी उद्योगलाई प्रोत्साहन पनि हुने ठानेर त्यही लिएँ ।'
पहिले खुट्टाको सुरक्षाका लागि मात्र जुत्ता लगाइन्थ्यो । अहिले यसको उपयोगिता थपिएको छ । मानिसको पहिलो दृष्टि उसको जुत्तामा पर्छ भनिन्छ । त्यसैले जुत्ताले व्यक्तित्व समेत झल्काउँछ । औपचारिक र दैनिक (क्याजुएल) प्रयोगमा छुट्टाछुट्टै जुत्ता प्रयोग गरिन्छ । जुत्तालाई पोसाककै अंगका रूपमा लिन थालिएको व्यापारीको भनाइ छ ।
मरेका जनावरबाट आफैंले काढेको छाला प्रशोधन नगरी हातैले जुत्ता बनाउने चलन नेपालमा निकै पुरानो हो । यो पेसामा एउटा जातीय समुदाय सरिक थियो । बजारमा सहजै आधुनिक जुत्ता उपलब्ध नहुने भएकाले गाउँघरतिर यसको चलन पहिले अत्यधिक रहेको रामेछापका हरे सार्की सम्भिmन्छन् । उनले काँचो छालाबाट धेरै वर्ष घरमै जुत्ता बनाएका थिए । चिनियाँ सहयोगमा २०२२ सालमा बाँसबारी छालाजुत्ता कारखाना स्थापना भएपछि आधुनिक मेसिनबाट स्वदेशमै जुत्ता उत्पादन थाल्यो । हुनेखानेका लागि बजारमा विदेशबाट आयातित महँगा जुत्ता छँदै थिए । बाँसबारीका उत्पादनले छालजुत्तामा सर्वसाधारणको पहुँच पुग्यो । व्यवस्थापकीय अक्षमताले झन्डै डेढ दशकअघि यो उद्योग बन्द भएपछि मुलुक छालाजुत्तामा विदेशमै निर्भर हुन पुग्यो ।
समय फेरिएको छ । नेपाल छालाजुत्ता तथा वस्तु उत्पादक संघका अध्यक्ष होमनाथ उपाध्यायका अनुसार बाँसबारी बन्द भएपछि त्यस उद्योगमा संलग्न कर्मचारी, प्राविधिक, व्यवस्थापकलगायत कुनै न कुनै रूपमा संलग्न भएका व्यक्तिहरूले आफ्नै लगानीमा छालाजुत्ता उद्योग स्थापना गरे । बाँसबारीका पूर्वप्रबन्धक सुरेन्द्र दाहाल स्वयं लेदर विङ्स उद्योग चलाउँछन् । त्यसयताका डेढ दशकमा झन्डै डेढ दर्जन कम्पनीले आफ्नै ब्रान्डमा जुत्ता उत्पादन गर्न थालेको उपाध्यायले जानकारी दिए ।
बाँसबारी बन्दभएपछि आएका उद्योगले उपभोक्ताको मन जित्न निकै संघर्ष गर्नुपरेको पुराना उद्योगीहरू सम्झन्छन् । खोजेको डिजाइन, गुणस्तर, विदेशीको तुलनामा निकै सस्तोमा जुत्ता पाइन थालेपछि उपभोक्ता स्वदेशी उत्पादनतिर आकषिर्त भएको शिखर सुका बजार प्रबन्धक रुद्र न्यौपाने बताउँछन् । हुन पनि शिखरले मात्रै उपभोक्तालाई ३ सय ५० भन्दा बढी मोडल बजारमा ल्याएर उपभोक्तालाई छनोटको अवसर दिएको छ । उपाध्यायको उद्योग बेस फुटवेयरले बिएफ डियर हिल ब्रान्डमा २ सय ५० भन्दा बढी ब्रान्ड बजारमा ल्याएको छ । झन्डै २२ वर्षदेखि फिट राइट ब्रान्डमा जुत्ता उत्पादन गर्दै आएको विराट सुका झन्डै ६० डिजाइनका उत्पादन रहेको प्रशासन प्रबन्धक गणेश कार्कीले जानकारी दिए ।
हरेक उत्पादकले छालाजुत्तामा कम्तीमा ६ महिनाको वारेन्टी उपलब्ध गराउँछन् । 'नेपाली उत्पादन विदेशीसँग दाँज्दा कुनै पनि कोणबाट कमजोर नरहेको शिखरका न्यौपाने दाबी गर्छन् । गुणस्तर, विविधता र प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराउन थालेपछि ३/४ वर्षयता नेपाली जुत्ताको बजार निकै बढेको उनको भनाइ छ । संघका अध्यक्ष उपाध्यायका अनुसार जुत्ताको बजारमा ४० प्रतिशत हिस्सा नेपाली उत्पादनले लिएको छ । 'जुत्ताको बजारमा नेपाली उत्पादनको हिस्सा बढे पनि अझै विदेशबाट ठूलो परिमाणमा आयात गर्नु परिरहेको छ,' उनले भने ।
नेपालमा वाषिर्क ३ अर्ब ५० करोड जोडी छालाजुत्ता खपत हुने अनुमान संघको छ । त्यसमा १ अर्ब ४० करोड जोडी जुत्ता नेपाली बिक्छ । बाँकीमध्ये ८० प्रतिशत चीनबाट आयात हुने शिखरका बजार प्रबन्धक न्यौपाने बताउँछन् । त्यसपछि भारतलगायत तेस्रो मुलुकबाट जुत्ता आउँछ । मुलुकमा ब्रान्डेडबाहेक झन्डै तीन सय जुत्ता उद्योग रहेको संघको अनुमान छ । 'छालाका जुत्ता बनाउने उद्योग घरपिच्छेजस्ता छन्,' शिखरका न्यौपाने भन्छन्, 'त्यति हुँदा पनि मुलुकको माग धान्न सकेको छैन ।' शिखर, बिएफ डियर हिल, फिट राइट, लेदर विङ्स, मकालु, कोसेली, स्काई, हिमाल, क्रसरोड, एसकेलगायतका डेढ दर्जन ब्रान्डका जुत्ता उपलब्ध हुन थालेको छालाजुत्ता उत्पादक संघको भनाइ छ ।
जुत्ताले व्यक्तित्वको पहिचान हुने भएकाले हरेकले लगाउने कपडाअनुसार यसको छनोट गर्छन् । खासगरी क्याजुएल, पार्टी, दैनिक, स्पोर्टस र स्कुले विद्यार्थीका लागि हुने जुत्ता बजारमा उपलब्ध छन् । क्याजुएल, सबै प्रकारका कपडामा लगाउन मिल्ने शिखरका न्यौपाने बताउँछन् । पार्टी जुत्ता उत्सव, सभासमारोह, भोजमा जाँदा सुटसँगै लगाइन्छ । यस्तो जुत्ता हेर्दा आकर्षक देखिन्छ । यसको गुणस्तरमा भन्दा डिजाइनमा ध्यान दिने गरेको उत्पादक बताउँछन् । टिकाउपनाको दृष्टिले दैनिक प्रयोगमा आउने र क्याजुएल जुत्ता उपयोगी हुने उनको भनाइ छ । जुत्ता बाह्रै महिना लगाइन्छ । वषर्ामा छालाजुत्ता केही कम बिक्री हुने चाबहिलमा जुत्ता पसल सञ्चालन गर्दै आएका रमेश विष्ट बताउँछन् । विद्यालय र कलेजहरूको नयाँ भर्ना सिजनमा विद्यार्थीले लगाउने जुत्ताको धेरै माग हुने गरेको छ । यसपालि सरकारले कर्मचारीलाई पोसाकको अनिवार्य व्यवस्था गरेपछि छालाजुत्ताको माग ह्वात्तै बढेको छ । सबै उमेर समूह र ओहोदाका कर्मचारीलाई लक्षित गरेर शिखरले विभिन्न १७ डिजाइनका जुत्ता भर्खरै बजारमा ल्याएको जनाएको छ ।
नेपाली उद्योगले जति उत्पादन बढाए पनि स्वदेशमै खपत हुने अवस्था रहेको संघका अध्यक्ष उपाध्याय बताउँछन् । 'नेपाली उद्योगबीच प्रतिस्पर्धै छैन,' उनले भने, 'जति उत्पादन बढाउन सके पनि बजारमा खपत हुन्छ ।' शिखरका न्यौपाने पनि आफ्नो प्रतिस्पर्धा आफैंसग मात्रै रहेको बताउँछन् ।
'अझै राम्रो कसरी गर्ने भन्ने आफैंसँग प्रतिस्पर्धा हुन्छ,' उनले भने, 'विदेशीभन्दा सस्तोमा नेपाली उत्पादन उपलब्ध हुने भएकाले गुणस्तरमा मात्र प्रतिस्पर्धा हुन्छ ।' छालाजुत्ता उद्योगमा सम्भावना धेरै रहेको संघका अध्यक्ष उपाध्याय बताउँछन् । 'यस क्षेत्रमा ठूला लगानीकर्ताहरू आएका छैनन्,' उनले भने, 'उत्पादन बढाउन सके विदेशी उत्पादनलाई विस्थापित गर्न सकिन्छ ।' शिखरका न्यौपाने पनि छालाजुत्ता उत्पादनमा नयाँ व्यवसायी मात्र आएको बताउँछन् ।
बजारमा आफ्नो उत्पादनको १ लाख जोडी जुत्ताको माग रहे पनि त्यसको ७० प्रतिशत मात्र उपलब्ध गराउन सकेको बेस फुटवेयरका उपाध्यायले बताए । आफूसँग दैनिक ६ हजार जोडी जुत्ता उत्पादन गर्ने मेसिन जडान गरे पनि सिजनमा मागअनुसार पुर्याउन हम्मे पर्ने गरेको शिखरका न्यौपानेले जानकारी दिए ।
शिखर सुले विभिन्न ३ सय ५० मोडलका जुत्ता उत्पादन गर्दै आएको बजार प्रबन्धक न्यौपाने बताउँछन् । 'हामी सस्तो मूल्यमा विदेशी गुणस्तरको ग्यारेन्टीका साथ जुत्ता उपलब्ध गराउँछौं,' न्यौपानेले भने, 'विदेशी राम्रो हुन्छ भनेर महँगा जुत्ता खोजेर हिँड्नेलाई हामी चुनौती
दिन्छौं । एकपटक लगाएर हेरे उसले स्वदेशी उत्पादनको गुणस्तर थाहा पाउनेछ ।' यसका ३ सय रुपैयाँदेखि २ हजार ८ सयसम्मका जुत्ता बजारमा छन् । 'हामीले सबै प्रकारका जुत्ता एउटै छानामुनि उपलब्ध गराउन उपत्यकामा ११ सहित पोखरा र विराटनगरमा गरी १३ वटा आफ्नै सोरुम खोलेका छौं,' उनले भने, 'मुलुकभरका ७० जिल्लाका १ हजारभन्दा बढी डिलरमार्फत हाम्रा जुत्ता बिक्री हुन्छन् ।' उद्योगले मुलुकमै पहिलो पटक दैनिक ६ हजार जोडी उत्पादन क्षमताको अत्याधुनिक मेसिन भित्र्याएको उनले जानकारी दिए ।
दुई दशकअघिदेखि जुत्ता उत्पादन गर्दै आएको फिट राइटका जुत्ता कर्मचारी, युवा र विद्यार्थीबीच निकै लोकपि्रय रहेको प्रशासन प्रबन्धक कार्की बताउँछन् । 'हामीले गुणस्तर र मजबुतीमा ध्यान दिएका छौं,' उनले भने, 'सबै उमेर समूहकाले हाम्रा जुत्ता मन पराएका छन् । फिट राइटले मुलुकभर ४० भन्दा बढी आफ्नै सोरुम सञ्चालन गरेको छ । 'दुई वर्षभित्र ६० वटा आउटलेट पुर्याउने योजनामा छौं,' कार्कीले भने ।
कम्पनीले अधिकांश जुत्तामा ६ महिनाको वारेन्टी दिएको छ । केही उत्पादनमा १ वर्षसम्म पनि दिन्छौं,' उनले भने । कम्पनीले उच्च माविका विद्यार्थीलाई लक्षित गरी भर्नाको सिजनमा जुत्तामा २० प्रतिशत छुटको व्यवस्था गरेको छ । 'छुट दिएपछि बिक्री निकै बढेको छ,' उनले भने ।
बेस फुटवेयरले बीएफ डियर हिल ब्रान्डमा जुत्ता बजारमा ल्याएको छ । यसका ६ सयदेखि ३ हजार रुपैयाँसम्मका जुत्ता बजारमा रहेको प्रबन्ध निर्देशक उपाध्यायले जानकारी दिए । 'हाम्रा जुत्ता १ हजारदेखि १५ सयसम्मका बढी बिक्छन्, उनले भने, वारेन्टीसहित उपलब्ध गराउने भएकाले उपभोक्ताका रोजाइमा परेका छन् । शरीरको भार थाम्ने कुरा भएकाले यसको गुणस्तरमा कन्जुस्याइ गर्नु हुन्न भन्नेमा हामी छौं, उनले भने, हामी जुत्तामा गुणस्तरीय सामग्री मात्र प्रयोग गर्छौं । आफ्नो उद्योग आईएसओ गुणस्तर प्रमाणित मुलुककै एकमात्र उद्योग भएको उनले दाबी गरे ।
जुत्ताको बजार प्रसस्त भए पनि उद्योगहरूले कच्चा पदार्थमा चर्को भन्सार, जनशक्ति अभाव, बन्द हडताल, मन्दीलगायतका समस्याका कारणले उत्पादन बढाउन नसकेको संघका अध्यक्ष उपाध्यायको भनाइ छ । जुत्ता बनाउन आवश्यक ८० प्रतिशत कच्चा पदार्थ विदेशबाटै आउने उनले जानकारी दिए ।
चीनबाट कम भन्सार मूल्यांकनमा भित्रने जुत्ताले समेत नेपाली उत्पादनको बजारलाई प्रभावित पारेको शिखरका बजार प्रबन्धक न्यौपानेले बताए । 'चीनबाट खरिद मूल्यभन्दा कमको भन्सार तिरेर भित्रने जुत्ताले नेपालको बजार बिगारेका छन्, उनले भने, स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न भन्सारमा कडाइ गर्नु आवश्यक छ ।इकान्तिपुर
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS