काठमाडौं, भदौ १७ - विशेष अदालत, काठमाडौंले नेपाल आयल निगमका तत्कालीन महाप्रबन्धक मदनराज शर्माले करिब २ करोड रुपैयाँ बराबर भ्रष्टाचार गरेको फैसला सुनाएको छ। बिहीबारको उक्त फैसलामा १ वर्ष कैद र २ करोड २ लाख ४१ हजार ८४ रुपैयाँ र १६ पैसा बराबरको सम्पत्ति जफतसमेत हुने उल्लेख छ।
२०६० फागुन १८ गते दायर मुद्दामा अदालतले बिहीबार फैसला सुनाएको हो। प्रतिवादीको आय र सम्पत्तिको हिसाव किताव गर्दा प्रतिवादी मदनराज शर्मा, निजकी पत्नी रुपा ढुङ्गेल र छोरी प्रिति ढुङ्गेल (भण्डारी) समेतका नाममा चलअचल गरी रु.३,१६,७९,१९३।२३ बराबरको सम्पत्ति रहेको उल्लेख गर्दै फैसलामा भनिएको छ- त्यसमध्ये रु.१,१४,३८,१०९।३३ बराबरको सम्पत्ति वैध स्रोत खुलेको र रु.२,०२,४१,०८४।१६ बराबरको वैध स्रोत नखुलेको सम्पत्ति रहे भएको देखिन आयो।
वैध स्रोत नखुलेको रु.२,०२,४१,०८४।१६ बराबरको सम्पत्ति राखी तत्कालीन भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, ७(१) र हालको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) वमोजिम निजले सार्वजनिक पदमा बहाल रहँदा पदको दुरुपयोग गरी गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरी भष्टाचारको कसुर गरेको ठहर्छ - फैसलामा भनिएको छ।
फैसलाले भनेको छ- सो ठहरेकाले निज प्रतिवादी मदनराज शर्मालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० (२) बमोजिम कैद वर्ष १ (एक) र विगोबमोजिम जरिवाना भई बिगो रु.२,०२,४१,०८४।१६ (दुई करोड दुई लाख एकचालीस हजार चौरासी रुपैयाँ र सोह्र पैसा) बराबरको सम्पत्ति जफतसमेत हुन्छ।
फैसला गर्ने इजलासका अध्यक्ष गौरीबहादुर कार्की थिए भने सदस्यमा ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसे थिए।
अब यस अदालतमा गैरकानुनी सम्पत्ति आर्जन अर्थात् अकुत सम्पत्तिसम्बन्धी मुद्दा बाँकी नरहेको र लगभग ३ वर्षदेखि अकुत सम्पत्तिसम्बन्धी मुद्दा दायर हुन नआएका पनि अदालतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। News: नागरिक
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS