काठमाडौं, भदौ १८ - पाइलट तालिम दिने देशकै पहिलो 'फ्लाइङ स्कुल' शिवानी एयरकी प्रमुख सेयरधनी आशारानी बस्नेतलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ।
आफ्नो कम्पनीबाट ठगिएका विद्यार्थीलाई एक साताभित्र पैसा फिर्ता दिन भदौ २ मा लिखित सहमति गरेकी बस्नेतले हालसम्म पैसा नदिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसर हनुमानढोकामा उनलाई हिरासतमा राखिएको प्रहरीले जनाएको छ।
बस्नेतले प्रहरी परिसरमा सबै रकम फिर्ता दिन्छु भनी पीडित १९ विद्यार्थीसँग लिखित सम्झौता गरेकी थिइन्। भदौ २ मा पनि उनलाई कमलपोखरीस्थित घरबाट प्रहरीले पक्राउ गरी हिरासतमा लिएको थियो। पीडित विद्यार्थीले उनको घरमा क्षतिपूर्ति माग गर्दै धर्ना दिएका थिए। धर्नालगत्तै प्रहरीले उनलाई पक्राउ गरेको थियो।
प्रहरीले आशारानी र उनकी बुहारी अर्चनाको राहदानी पनि जफत गरेको थियो। आशारानीका छोरा शिवेन्द्रबहादुर बस्नेतले २०६३ सालमा शिवानी एयर स्थापना गरेका थिए। विद्यार्थीले बस्नेतलाई पैसा बुझाएका थिए। स्कुल सञ्चालनको २२ महिनापछि बस्नेत विद्यार्थीबाट उठेको सबै पैसा लिएर बेपत्ता भएका थिए। शिवानीले ३० विद्यार्थीबाट २३ देखि २६ लाखका दरले साढे ७ करोड रुपैयाँ लिएर तालिम पूरा नगरी बीचमै
अलपत्र छाडेको थियो।
बस्नेत बेपत्ता भएपछि काठमाडौं जैसिदेवलका ४५ वर्षीय मणिन्द्रलाल रञ्जितकारले 'विद्यार्थीको पैसा फिर्ता दिने' सर्तमा कम्पनीको व्यवस्थापन
सकारेका थिए। तर, रञ्जितकारले पनि कम्पनीको स्वामित्व अझै हस्तान्तरण नभएका कारण पैसा फिर्ता दिन समस्या परेको बताउँदै आएका थिए।
रञ्जितकारप्रति कुनै विश्वास नभएपछि अभिभावकहरूले कम्पनी रजिस्ट्रारको कार्यालयमा शिवानी एयर रोक्का गराउन उजुरी हालेका छन् भने डेढ वर्षअघि चार विद्यार्थीले सबै सञ्चालक र सेयरधनी विरुद्ध प्रहरीमा ठगी मुद्दा हालेका थिए।
अभिभावकका अनुसार शिवानीमा आशारानीको ८७ प्रतिशत, मेदिनीप्रसाद शर्मा र मोहन अधिकारीको ५-५ प्रतिशत र चेवनकुमार श्रेष्ठको ३ प्रतिशत सेयर रहेको छ। शर्मा र अधिकारी नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशकहरू हुन्। News: नागरिक
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS