TODAY'S CARTOON

मंगलबारदेखि राजाका फोटो अंकित नोट नचल्ने

फागुन, ३० काठमाडौं । फागुन महिनाभित्र राजाका फोटोअंकित नोट चलनचल्तीबाट हटाउने नेपाल राष्ट्र बैंकको घोषणाअनुरुप मंगलबारदेखि यस्ता नोटको प्रयोग बन्द गरिएको छ ।

पेट्रोल र हवाई इन्धनको भाउ बढ्यो

फागुन २९ काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र हवाई इन्धनको भाउ बढाएको छ । 

राष्ट्र बैंकबाट विकास बैंक र फाइनान्स खोल्न रोक

फागुन १९ काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रिय स्तरमा कुनै पनि बैंक तथा वित्तीय संस्था खोल्न तत्कालका लागि रोक लगाएको छ । 

१५ निजामति कर्मचारीले सगरमाथा चढ्ने

फागुन ११ काठमाडौं । ७० हजारभन्दा बढी निजामति कर्मचारीको प्रतिनिधित्व गर्दै पहिलोपटक १५ जना निजामति कर्मचारीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नेभएका छन् ।

आजदेखि दैनिक १२ घन्टा लोडसेडिङ

पुस ३०, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको अवधि फेरि बढाएको छ ।
Todays Photo
Photo Gallery

तरलता अभाव हुनुमा बैंक दोषीः गभर्नर

काठमाडौ, १८ चैत-  । नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले बजारमा तरलता अभाव हुनुमा बैंक तथा वित्तीय संस्था नै दोषी रहेका बताएका छन् ।

प्रेस चौतारी नेपालले काठमाडौंमा बुधबार गरेको अर्न्तक्रियामा गभर्नर डा. खतिवडाले बैंकहरूबीचको प्रतिस्पर्धाकै कारण बजारमा तरलता अभाव भएको जिकिर गरेका छन् । 'बजारमा सेयरको मूल्य बढाउने, सेयरधनीलाई राम्रो लाभांश दिने सोचले अनुत्पादक क्षेत्रमा गरिएको लगानीले जोखिमको सीमा नाघेको छ' गभर्नर डा. खतिवडाले भने यस्तै उनले  'बैंकहरू कर्जा प्रवाह गर्दादेखि नै सचेत नहु“नु र लगानीमा आपसी प्रतिस्पर्धाले नै जोखिमको सीमा नाघेको छ ।' खतिवडाले अनुत्पादक क्षेत्रमा गरिएको कर्जा प्रवाह घटाउने र उत्पादनशील क्षेत्रमा कर्जा बढाउने गरी मौद्रिक नीतिमा कर्डाई गरिने समेत बताए ।  अहिलेको समस्या समाधान, असीमित भारतीय रुपैया“को प्रवाह रोक्न, खस्किएको निर्यात बढाउन र अहिलेको आर्थिक समस्या सुल्झाउन मौद्रिक नीतिमार्फत कडा कदम चालिने उनको  स्पष्टोक्ति थियो ।


 मौद्रिक नीत्रि्रति बैंकर्स हरूलाई अत्यन्तै संवेदनशील हुन आग्रह गर्दै उनले 'कस्ट अफ फन्ड'का आधारमा व्याजदर निर्धारण गरी निक्षेप र कर्जाबीचको व्याजदरको फरक घटाउन पनि आग्रह गरेका छन्  । बजारलाई निरुत्साहित गर्ने गरी कुनै क्षेत्रमा कर्जा दिनुभन्दा उत्पादनशील क्षेत्रमा लगानी बढाएर राम्रा ग्राहकलाई वित्तीय सुरक्षा प्रदान गर्न बैंकहरूलाई उनले  निर्देशन पनि दिएका छन्  । 'यसका लागि केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फ् वित्तीय उपकरण प्रयोग गर्छ । उनले  भने,  डा. खतिवडाले केन्द्रीय बैंकले भारतीय रूपैयाको कारोबारलाई पनि व्यवस्थित पार्ने भन्दै थोरै भारूको नगद कारोबार गर्न पाए पनि लाखौं भारू माग्नेलाई अन्य वित्तीय उपकरणबाट भुक्तानी गर्नुपर्ने बताए  । बैंकर्स  एसोसियसनका अध्यक्ष सशीन जोशीले निक्षेप कर्जा स्प्रेडदर सा“ढे तीन प्रतिशतमात्र रहेको तथ्यांक प्रस्तुत गर्दै मौद्रिक औजारमामात्र कडाइ गर्नुभन्दा पनि अहिले सुरक्षित अवस्थातर्फजानुपर्ने आवश्यकता औल्याए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले चर्को ब्याजदरले उद्योगी व्यवसायी मारमा परेको भन्दै बैंक डुब्ने अवस्थामा उकास्न सक्रिय भएजस्तै टाट पल्टिने अवस्थाका उद्योगमा पनि यस्तो नीति लागू गर्न माग गरेका छन् ।

 'बैंक तथा वित्तीय संस्था डुबेको अवस्थामा उकास्न अर्थमन्त्रालयदेखि राष्ट्र बैंकसम्म लागि पर्छन् ' जोशीले भने 'यसैगरी उद्योग टाट पल्टि“दा जिम्मा लिने निकाय भए नेपालमा उद्योग तथा कलकारखानाको व्यवसाय कत्ति फस्टाउथ्यो ।' कार्यक्रममा पूर्व गभर्नर विजयनाथ भट्टराई, निजी क्षेत्रका प्रतिनिधिहरू, उद्योगी, व्यवसायी र सरोकारवालाहरूले अहिलेको आर्थिक समस्याबारे आ-आफ्नो धारणा राखेका थिए ।

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।

more »

  • PERSONALITY

Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.

more »

HOROSCOPE

Useful Info