TODAY'S CARTOON

Todays Photo
Photo Gallery

डिजेल र मट्टीतेलमा १-१ रूपैया बढ्यो, निगमलाई मासिक २ करोड नाफा

काठमाण्डौ, ६ फागुन- नेपाल आयल निगमले आजबाट लागु हुने गरी डिजेल र मट्टीतेलको भाउमा १-१ रूपैया बढाउने निर्णय गरेको छ ।

हिजो राती निगम बोर्डको बैठक अनुसार साविकको मूल्यमा एक रूपैया थप गरी मट्टीतेल र डिजेलको भाउ बढाउने निर्णय गरेको हो । निगमका प्रवक्ता जय मुकुन्द डुङ्गेलका अनुसार बैकहरूले व्याज बढाउने तयारी गरिरहेका बेला निगम घाटामा  नजाओस भन्ने उद्देश्यले मूल्य बृद्धि गर्न निगम बाध्य भएको बताए । यस्तै उनले मासिक ३ करोड ७३ लाख घाटा खादै आएको निगमले मूल्य बृद्धि पश्चात मासिक २ करोड नाफा कमाउने बताए । यस्तै मूल्य बृद्धि पश्चात अब देखि पहाडी जिल्लामा डिजेलको ५९ रूपैया र तर्राईमा ५७ रूपैया ५० पैसा   पर्ने निगमले जनाएको छ ।

यस्तै  पछिल्लो पटक गत माघ २४ गते  निगमले साविकको मूल्यमा अत्याधिक घाटा भएको भन्दै  खाना पकाउने एलपी ग्यासमाको प्रति सिलिण्डरमा  १ सय २५ रूपैया समेत बढाएको थियो ।

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

लेखक नेपाली कांग्रेसका सभासद तथा युबा नेता हुन /

राजनीतिक 'नौटङ्की’ को साक्षी बन्नुपर्दा

more »

  • PERSONALITY
Personality not found.

HOROSCOPE

Useful Info