TODAY'S CARTOON

मंगलबारदेखि राजाका फोटो अंकित नोट नचल्ने

फागुन, ३० काठमाडौं । फागुन महिनाभित्र राजाका फोटोअंकित नोट चलनचल्तीबाट हटाउने नेपाल राष्ट्र बैंकको घोषणाअनुरुप मंगलबारदेखि यस्ता नोटको प्रयोग बन्द गरिएको छ ।

पेट्रोल र हवाई इन्धनको भाउ बढ्यो

फागुन २९ काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र हवाई इन्धनको भाउ बढाएको छ । 

राष्ट्र बैंकबाट विकास बैंक र फाइनान्स खोल्न रोक

फागुन १९ काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रिय स्तरमा कुनै पनि बैंक तथा वित्तीय संस्था खोल्न तत्कालका लागि रोक लगाएको छ । 

१५ निजामति कर्मचारीले सगरमाथा चढ्ने

फागुन ११ काठमाडौं । ७० हजारभन्दा बढी निजामति कर्मचारीको प्रतिनिधित्व गर्दै पहिलोपटक १५ जना निजामति कर्मचारीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नेभएका छन् ।

आजदेखि दैनिक १२ घन्टा लोडसेडिङ

पुस ३०, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको अवधि फेरि बढाएको छ ।
Todays Photo
Photo Gallery

औद्योगिक करिडोर लोडसेडिङको मारमा

इटहरी, १६ पुस- अघिल्लो वर्ष कोशी नदीले तटवन्ध भत्काएर सडक अवरुद्ध भएपछि अर्बौको नोक्सानी ब्यहोर्न वाध्य भएका सुनसरी मोरङ्ग औद्योगिक करिडोरका उद्योगहरूले यो वर्षपनि लोडसेडिङका कारण अर्बौको नोक्सानी खेप्नुपर्ने भएको छ ।

आघिल्लो वर्ष लोडसेडिङ र पूर्व-पश्चिम सडक अवरुद्धका कारण ५० वटा उद्योगहरू बन्द गर्न बाध्य भएका उद्योगीहरूले यो वर्षपनि लोडसेडिङका कारण आफ्नो उद्योगबाट ३० प्रतिशत उत्पादनमा कटौति गर्न थालेको उद्योगीहरूले जानकारी दिएका छन् ।

आफूले उत्पादन गरेका वस्तुहरू विदेश निर्यातको समस्या तथा लोडसेडिङसँगै राजनीतिक दल, मजदुर र अन्य विभिन्न सङ्घरसङ्गठनका बन्दको समेत मारमा पर्दै आएका इटहरीदेखि दक्षिण टंकीसिनवारीसम्मका करिब ५ सयबढी साना तथा ठूला उद्योगहरू गम्भीर समस्यामा पर्दै गएको अरिहन्त मल्टिफाईवर्सका प्रवन्ध निर्देशक गोविन्द बजगाईले जानकारी दिए ।

नेपाल विद्युत प्राधिकरणले यो वर्षको पुसको दोस्रो हप्तादेखि सातामा ५१ घण्टा लोडसेडिङ हुने सूचना जारी गरी विद्युत आपुर्ति कटौती गर्न थालेपछि यस क्षेत्रका सम्पूर्ण उद्योगहरूको एक सिफ्ट काम बन्द हुन थालेको छ । ठूल-ठूला मेशिनहरू रहेको अरिहन्त मल्टिफाईवर्स, रिलायन्स स्पेनिङ्ग इण्डष्ट्रिजजस्ता उद्योगले मेशिन सञ्चालनमा ल्याउन ती मेशिन तताउनै समय लाग्ने भएकाले एक सिफ्ट उद्योग सञ्चालन बन्द गर्नु परेको उनले बताए

प्रत्येक दिनको सात घण्टाभन्दा बढी विद्युत जाने भएपछि उद्योगहरूले उत्पादन कटौतिसँगै आयात निर्यातमा समेत प्रत्यक्ष प्रभाव पर्ने भन्दै मजदुरसमेत कटौति गर्नुपर्ने बाध्यताले वित्तीय चलखेलमा समेत प्रतिकूल प्रभाव पर्न जाने बताइएको छ ।

नेपालकै सबैभन्दा ठूलो धागो उत्पादन गर्ने उद्योगको रूपमा रहेको रिलायन्स स्पिनिङ इण्डष्ट्रिज, अरिहन्त मल्टिफाईवर्स, स्वदेशी साबुन उद्योग र एसियन थाई फुड्सजस्ता ठूला उद्योगसँगै ठूलो परिमाणमा मैदा उत्पादन गर्ने उद्योगहरूले पनि आफ्नो उत्पादनमा ३० प्रतिशत कटौति गर्नुको साथै मजदुरलाई पनि काम नभएर निकाल्नु पर्नेजस्ता समस्या पनि झेल्न बाध्य हुनु परेको अवस्था अहिले देखिएको छ ।

यस औद्योगिक करिडोर क्षेत्रमा दैनिक ९० मेगावाट विद्युत आवश्यक पर्नेमा अहिले भारतको कटैया प्रशासरण केन्द्रवाट ४५ मेगावाट, मल्टिफ्युल पावर प्लाण्टवाट ५ मेगावाट र विद्युत प्राधिकरण केन्द्रीय प्रसारण केन्द्रवाट १० मेगावाटमात्र आपूर्ति हुने गरेको प्राधिकरण स्रोतले बताएको छ ।

वर्षैपिच्छे हुने लोडसेडिङ, औद्योगिक कच्चापद्धार्थ आयातको झन्झट तथा निर्यात समस्या र मनपरी गरिने बन्द हडतालले थेग्न नसक्ने अवस्था आएकाले अधिकांश उद्योगहरू पुनः बन्द गर्नुपर्ने अवस्था बढिरहेकोले स्वदेशी पूँजी पलायनको खतरा पनि त्यतिकै बढेर गएको उद्योगीहरूले जानकारी बताउदै आएका छन् ।

औद्योगिक असुरक्षा, थेग्नै नसक्ने विविध समस्या र लोडसेडिङको मार कम गर्ने विषयमा सरकार गम्भीर नभए यस क्षेत्रका सबै उद्योगहरू टाट पल्टिन सक्ने र यहाँ लगानी भएका पूँजी पलायन भएर रोजगारीको समस्या पनि तीब्ररूपमा बढ्न सक्ने सम्भावना रहेको उनीहरूको धनाई छ ।
 
   

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।

more »

  • PERSONALITY

Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.

more »

HOROSCOPE

Useful Info