बुटवल, ९ पुस- प्रधानमन्त्री माधवकुमार नेपालले मुलुकलाई आन्तरिक उत्पादनमा आत्मनिर्भर बनाउन गुणस्तरीय वस्तु उत्पादनमा जोड दिन उद्योगी व्यवसायीलाई आग्रह गरेका छन् ।
रूपन्देही उद्योग संघको आयोजनामा बिहीबारदेखि बुटवलमा शुरू भएको ११औं राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा पर्यटन महोत्सको उद्घाटन गर्दै प्रधानमन्त्री नेपालले सो कुरा बताएका हुन ।
सरकारले जलविद्युत्, पर्यटन, भौतिक पूर्वाधार, कृषि र मानव संशाधनको विकासलाई प्रमुख प्राथमिकतामा राखेर कार्य आरम्भ गरेको उल्लेख गर्दै उहाँले उत्पादनलाई वैज्ञानिक र व्यावसायिक बनाउन पनि प्रविधि र उत्पादनलाई एकसाथ अगाडि बढाउनुपर्नेमा जोड दिए । मुलुकको जटिल परिस्थतिमा बन्द, हडतालले उद्योग व्यवसाय क्षेत्र थप धराशयी भइरहेको तर्फ जिम्मेवार बन्न सबै पक्षलाई प्रधानमन्त्रीले आग्रह समेत गरे ।
आगामी १० वर्षभत्र वाषिर्क २५ लाख पर्यटक नेपालमा भित्र्याउने लक्ष्य सरकारले अगाडि सारेको र पर्यटन वर्ष२०११ मा १० लाख पर्यटक भित्र्याउने सोच रहेको पनि प्रधानमन्त्रीले बताए । उनले लुम्बिनीको समग्र विकासका लागि विशेष गुरुयोजना बनाउन सरकारले निर्देशन दिएको जानकारी दिँदै लुम्बिनीको विकासका लागि सयौं वर्षो गुरुयोजना निर्माण गर्नुपर्ने आवश्यकता औलाए ।
बन्द, हडताल र आपसी मतभेद अन्त्य भएमा अन्तर्राष्ट्रिय दाताहरू ठूला आयोजना निर्माणका लागि सहयोग गर्न तयार रहेको खुलासा गर्दै प्रधानमन्त्री नेपालले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल, मेलम्ची आयोजनाको सुरुङ निर्माण, पोखरा र भैरहवामा क्षेत्रीय विमानस्थल, पूर्वको पाँचथरदेखि पश्चिमको बैतडीसम्म जोड्ने पुष्पलाल लोकमार्ग निर्माणका लागि सरकारले प्रक्रिया शुरू गरेको जानकारी समेत दिए । उद्योग, कलकारखाना सुचारु रूपमा सञ्चालन हुने वातावरण नबन्दा रोजगारी विस्तार हुन नसकेको तथा मजदुर कर्मचारीको तलब वृद्धिमा पनि समस्या उत्पन्न भएको उनले बताए । बुटवल मण्डपका लागि विनियोजित १ करोड रुपियाँमध्ये प्रिmज भएको ५० लाख रुपियाँ निकासाका लागि सरकार सकारात्मक रहेको प्रधानमन्त्रीले बताए ।
कार्यक्रममा सिँचाइमन्त्री बालकृष्ण खाँणले बुटवलको विकासले राष्ट्रकै विकासमा निर्णायक भूमिका खेल्ने बताएका छन् ।
उद्योग राज्यमन्त्री दानबहादुर चौधरीले लुम्बिनीको विकासमा जोड दिन प्रधानमन्त्रीलाई आग्रह गरे ।
एमालेका केन्द्रीय सचिव एवम् सभासद् विष्णु पौडेलले विध्वंसात्मक क्रियाकलाप त्यागेर शान्तिप्रक्रियामा जिम्मेवार बन्न माओवादीलाई आग्रह गर्नुभयो। प्रधानमन्त्री नेपाल प्रदर्शनीस्थल आउने क्रममा एकीकृत माओवादीका कार्यकर्ताले प्रदर्शनीको मूल गेट अगाडि कालो झन्डा देखाएर विरोध गरेका थिए।
स्वदेशी उत्पादन प्रयोग गरौं, नेपाली हुनुमा गर्व गरौं’ भन्ने मूल नाराका साथ रूपन्देही उद्योग संघको आयोजनामा बुटवल मण्डपमा शुरू भएको प्रदर्शनी पुस २१ गतेसम्म चल्नेछ।
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS