इलाम, २२ मंसिर- देश तथा विदेशबाट चीजको माग बढ्न थालेपछि इलाममा चीज कारखान दिनानु दिन थपिँदै गएका हुन् ।गाउँबाट प्रतिस्पर्धात्मक दूध खरिद गर्ने क्रम बढेपछि किसाहरू उत्साहित भएका छन् । गाउँ-गाउँमा दूधबाट उत्पादन हुने चीज कारखाना खुलेपछि यतिखेर गाउँका किसान राम्रो मुल्यमा दूध बेच्न व्यस्त छन् । दूधबाट उत्पादन हुने चीजको माग बढेपछि इलाममा चीज कारखाना खुल्ने क्रम बढेको हो ।
इलामका पाँच हजारभन्दा बढी घर परिवार किसान दूध बिक्री गरेरै घर परिवार पाल्ने गरेका छन् । इलामको पशुपतिनगर गाविसमा मात्रै अहिले आठ वटा चीज कारखाना सञ्चालनमा आएका छन् । पशुपतिनगर गाविसमा खुलेका चीज कारखानामा दैनिक १० हजार लिटर दूधबाट चीज उत्पादन भइरहेको छ । चीजको माग बढ्दै गएपछि पशुपतिनगरस्थित दुग्ध विकास संस्थानको चीज उत्पादन केन्द्रमा मात्रै दैनिक चार हजार छ सय लिटर दूधबाट चीज उत्पादन हुँदै आएको छ ।
बजारमा चीजको माग बढ्नु अघि दैनिक एक हजार दुई सय लिटर दूधबाट चीज उत्पादन हुँदै आएको थियो । इलाममा उत्पादन हुने गरेको चीजको मुख्य बजार पोखरा धरान काठमाडौँका होटल हुन् । सरकारी स्तरमा दूधबाट चीज उत्पादन गर्ने दूग्ध विकास संस्थानको कारखानाबाहेक इलामको पूर्वी क्षेत्रमा विनायक, प्रशान्ति स्वस्तिका, अर्थेटारलगायतका कारखाना सञ्चालनमा आएका छन् । इलाममा संस्थानका मात्र तीन वटा कारखाना सञ्चालनमा रहेका छन् । दुग्ध विकास संस्थानको स्वामित्वमा पशुपतिनगर, रक्से र राँकेमा चीज उत्पादन हुदै आएको छ ।
उत्पादित चिज पूरै काठमाडौँ जाने गरेको छ । चीजको माग बढेपछि दुग्ध विकास संस्थानले आफ्नो स्वामित्वमा इलामको नयाँबजार, माइपोखरी र सुलुबुङ्गमा थप कारखाना खोल्ने तयारी भइरहेको पशुपतिनगर चिज कारखानाका प्रमुख प्रेम पराजुलीले बताउनुभयो । चीज उत्पादनका लागि किसानबाट फ्याट र एसएन एफको मापदण्डको आधारमा दूध लिने गरेको प्रमुख पराजुलीले बताउनुभयो ।
दुग्ध विकास संस्थानको मातहतमा सञ्चालनमा आएका चीज कारखानाले दुग्ध सहकारी संस्थाबाट दूध लिने गरेका छन् । बजारमा चिजको मागसँगै उत्पादनमा पनि वृद्धि भएपछि दुग्ध किसान पनि उत्साहित भएका छन् । चीज कारखानाले राम्रो मूल्यमा दूध लिने गरेको पशुपतिनगर ६ का जिवित राई बताउनुहुन्छ । कारखानामा दूध बिक्री गरेर चारजनाको परिवार पाल्ने र छोराछोरी पढाउने खर्च समत जुटाउने गरेका राई जानकारी दिनुहुन्छ ।
संस्थानको चीज कारखानाले फ्याट र एसएनएफ मापदण्डको आधारमा न्यूनतम २० देखि अधिकतम २५ रुपियाँ दिएर किसानहरूबाट २४ वटा सहकारी संस्थामार्फत दुई हजार किसानबाट दूध लिने गरेको छ । सहकारी संस्था सञ्चालनका लागि सहकारी संस्थानले एक रुपियाँ ४५ पैसा र दूध ढुवानी खर्च प्रतिलिटर एक रुपियाँ पचास पैसा प्रदान गर्ने गरेको छ । किसानले आफुले उत्पादन गरेको दूध सहकारी संस्थामा पुर्याएर घोडा र सवारीसाधनमार्फत कारखानासम्म दूध ढुवानी गर्ने गरेका छन् । अधिकांश दूध घोडामार्फत कारखानामा ढुवानी हुने गरेको छ । एउटा घोडाबाट दूध ढुवानी गरेर महिनामा चार हजार कमाई गरी परिवार चलाउँदै आएको नयाँबजारका हरी राई बताउनुहुन्छ ।
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS