च्याम्राङबेसी (काभ्रेपलाञ्चोक) कात्तिक ९- जिल्लाकै सबैभन्दा बढी कफी उत्पादन हुने च्याम्राङबेसीमा व्यावसायिक रूपमा गरिएको कफी खेतीमा सेतो गबारोलागेपछि किसान निरास बनेका छन् । जिल्लामै नमुनाको रुपमा विकसित भएको कफी खेतीमा सेतो गबारोको प्रकोपका कारण लाखौं रुपियाँको क्षति हुने उनीहरूले बताएका छन् ।
सेतो गबारो भन्ने रोग कफीको बोटमा लागिसकेपछि बोट काटेर फाल्नुको विकल्प नभए पछि किसानहरू धमाधम सेतो गबारोलागेका विरुवा काटेर फाल्न थालेका छन् । च्याम्राङबेसीमा सबैभन्दा बढी कफी उत्पादन गर्ने किसान लेखप्रसाद हुमागाईं कफीको बोटमा सेतो गबारोलागेपछि ५० बोट भन्दा बढी कफीको बोट काटेर फालिसकेको बताउँछन् । उनी भन्छन्- ५० बोटभन्दा बढी काटेर फालिसकेँ अब कति फाल्नु पर्ने हो थाहा छैन ।
च्याम्राङबेसीमा मात्रै होइन डाँडापारीका मिल्चे, साल्धारा, साल्मेचाकल गाविसमा लगाइएको कफीमा पनि सेतो गवारोको प्रकोप बढेकोे छ । मिल्चेका कफी किसान दलेश्वर लामाको पनि सेतो गवारोका कारण धेरै क्षति भएको बताउँछन् । उनी भन्छन् यस क्षेत्रभरी नै सेतो गवारोको प्रकोप बढेकाले यो वर्ष कफी खेतीमा निकै घाटा पर्ने भयो ।
च्याम्राङबेसीका बासिन्दाको मुख्य आम्दानीको स्रोत रहेको कफी खेतीमा च्याम्राङबेसीमा मात्रै वाषिर्क १० टन कफी उत्पादन हुने कफी उत्पादन हुन्छ । एक टन बराबर एक लाख ६० हजार रुपियाँ आम्दानी हुन्छ । यस वर्ष ३० प्रतिशत भन्दा बढी कफी सेतो गवारोका कारण नष्ट भएको कफी प्राविधिक नवराज सापकोटा बताउनुहुन्छ ।
डाँडापारीका जनताले कफी खतीलाई आफ्नो आमदानीको मुख्य स्रोत बनाएर व्यावसायिक ढङ्गले कफी खेती गर्न थालेका छन् तर प्राविधिक ज्ञानको अभावका कारण जति उत्पादन हुनु पर्ने हो त्यति र कफीलाई सुरक्षित रुपमा उत्पादन गर्न सकेका छैन । चिस्यान कम भएपछि लाग्ने सेतो गबारोसुरुमा सेतो गबारो कसरी लाग्छ भन्ने थाहा नपाएकै कारण डाँडापारीका किसानले यस्तो समस्या भोगी रहेका छन् ।
जिल्ला कृषि कार्यालयले अनुदनानका रुपमा केही कफीका बिरुवा किसानलाई उपलब्ध गराए पनि कफीसम्बन्धी आवश्यक प्राविधिक ज्ञान किसानलाई दिन नसकेको वरिष्ठ कृषि अधिकृत विनोद पाण्डे बताउनुहुन्छ । किसानको समस्यालाई सहज रुपमा समाधान गर्न सकियोस् भन्ने योजना बनाउँदा बनाउँदै पनि कुल बजेटको २।४ प्रतिशत मात्र कृषि मन्त्रालयलाई छुट्याएका कारण यो बजेट किसानसम्म आई पुग्दा सानो हिस्सा मात्रै जिल्ला कृषि कार्यालयमा आइपुगेकाले किसानका समस्या समाधान गर्न गाह्रो भएको उहाँको थप भनाइ छ ।
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS