बद्रीकुमार न्यौपाने, काठमाडौं, भदौ २१- यौनसम्बन्धी विषयवस्तु समेटेकैले प्रारम्भमा युरोपमै प्रतिबन्ध खेप्नु परेको नाटक यतिबेला काठमाडौंमा चलिरहेको छ। धन सम्पत्तिको उन्मादमा बिग्रिएकी एउटी छोरीको कथा 'जुली मैया'लाई मण्डला थिएटरले भदौको पहिलो सातादेखि वर्ल्ड ट्रेड सेन्टरमा देखाउन सुरु गरेको हो। 'यौन जानेदेखि आनन्द, नजाने दुःखको घर' भन्ने सन्देश बोकेको यो नाटककी मुख्य पात्र मिस जुलीमा जति यौन उन्माद र घमण्ड हुन्छ उत्तिकै मुर्खता पनि। अन्त्यमा त्यसैले उसको सर्वस्व हरण गरिदिन्छ।
झन्डै सवा सय वर्षअघि स्वीडेनका नाटककार अगस्ट स्टिनबर्गले लेखेको नाटक 'मिस जुली'लाई निर्देशक राजन खतिवडाले नेपाली परिवेशमा रूपान्तर गरेका हुन्। नाटकका तीन पात्रमध्ये जुलीबाहेक जोम र क्रिस्टिनलाई क्रमशः जय र कृष्णमाया नाम दिइएको छ।
त्यसैगरी राजनले पृष्ठ संगीतमा पनि नेपाली धुन र गीतको प्रयोग गरेका छन्। स्टेजको साजसज्जा हाम्रै सहरी परिवेशमा तयार पारिएको छ भने पात्रहरूले पनि काठमाडौं, भैरहवा र गोरखपुर जस्ता ठाउँको वर्णन गर्छन्। मूल नाटकमा गल्ती गर्ने मुख्य चरित्रले स्वीट्जरल्यान्ड भागेर जाने योजना बुन्छ भने यहाँ चाहिँ नैनीताल छ।
आफूले पालेका सुगा, कुकुर र नोकरलाई समान दर्जामा राख्ने जुली यी सबैलाई खेलौना भन्ठान्छे। जुत्ता पालिस गरिसकेपछि त्यसैमा चुम्बन पनि गरिदिनु पर्ने उसका नोकरलाई साथै नाच्ने र पिउने दायित्व त हुन्छ नै, साथमा यौन चाहना पनि पूरा गरिदिनु पर्ने। त्यसैले जुलीलाई फसाउँछ।
धन पाएपछि आफ्नो अनुभव र सिप प्रयोग गरी मालिककै हैसियतमा पुग्ने सपना देखेको नोकर अर्कैसँग बिहे गर्ने तयारीमा छ। त्यो युवती पनि यो सबै थाहा पाउँदापाउँदै सम्पत्तिकै लोभमा आँखा चिम्लिरहेकी हुन्छे।
'अति भएपछि खति हुन्छ' यही उक्तिलाई मनन गर्दै नोकरकी हुनेवाला श्रीमती झस्किँदा उता मालिक्नी गर्भवती भैसकेकी हुन्छे। अब नाटकले कोलाहलको रूप लिन्छ। यति भइसक्दा मालिक्नीले नोकरलाई माया गर्न थालिसकेकी हुन्छे।
'तिमीलाई म रिसोर्ट खोलेर त्यसको बिजनेस पार्टनर बनाउँछु,' नोकरले बिहे हुन लागेकी युवतीलाई दिएको यस्तो प्रलोभनले पनि काम गर्दैन र परिस्थिति झन् जटिल बन्न पुग्छ।
घटनाक्रम विकास हुँदै गएपछि सबै पात्र एकले अर्कालाई निकृष्ट आरोप प्रत्यारोप गर्न थाल्छन् र अन्त्यमा सबै पात्र ग्लानीमा पुगेर नाटक सकिन्छ।
मिस जुलीको भूमिकामा समुना केसी, नोकरमा नरेन्द्र बराल र नोकरको प्रेमिकामा सिर्जना सुब्बाले सशक्त अभिनय गरेका छन्।
'उतिबेला युरोपको परिवेशमा लेखिएको भए पनि अहिले यो हाम्रै समाजको कथा हो,' निर्देशक खतिवडाले हामीकहाँ नाटकको सान्दर्भिकताबारे प्रष्ट पारे, 'यहाँ समाजमा पनि यस्ता पात्रहरू बेलाबेलामा देखिन थालेका छन्।'
विश्वभर चर्चित यो नाटकको छनोटले दुई फरक समाजका समानता र दुरी पनि देखाउने उनको भनाइ छ। नाटक भदौ महिनाभर शुक्रबार, शनिबार र आइतबार चल्नेछ।news source:nagariknews
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS