TODAY'S CARTOON

तिजलाई रातो चुरा

पूरानो बानेश्वर स्थित सिदार्थ फुडल्याण्डमा स्टि स्टेण्डर्ड फाइनान्सले आयोजना गरेको तिज विशेष मेलामा शुक्रबार चुरा हेर्दै एक महिला ।  तस्बिर भट्टराई

अन्तराष्ट्रिय सास्कृतिक मेलामा कुमारी नित्य

शनिबारबाट सुरू पाचौ अन्तराष्ट्रिय लोक सास्कृतिक मेलामा नेपालका तर्फबाट प्रस्तुत गरिएको कुमारी नित्य । तस्बिर अनुप भट्टराई

प्रशासनलाई प्रश्न ?

फागु पूर्णिमाको दिन महानगरिय प्रहरी प्रभाग गौशालाकै अगाडी बियरमा रमाउदै युवा । पृष्ठ भूमिमा महानगरीय प्रहरी प्रभाग गौशाला तस्बिर अनुप भट्टराई
Todays Photo
Photo Gallery

तानसेन दरबारलाई पर्यटकीय क्षेत्र बनाउनेबारे फरक-फरक मत

पाल्पा, १३ मङ्सिर  । पुनः निर्माण हुँदै गरेको तानसेन दरबार र वरिपरिको स्थानलाई पर्यटन क्षेत्र बनाउने कुरामा विवाद देखिएको छ ।

स्थानीय बासिन्दा र सरकारी अधिकारीबीचमा दरबार निर्माणपछि सरकारी कार्यालय बनाउने वा पर्यटन क्षेत्र बनाउने भन्ने कुरामा विवाद देखिएको हो । तानसेनको केन्द्रबिन्दु दरबार निर्माण  हदै गर्दा यो विवाद चुलिएको छ ।

ऐतिहासिक रुपमा महìवपूर्ण मानिएको तानसेन दरबार र वरिपरिका महìवपूर्ण स्थानलाई दरबार ध्वस्त हुनुभन्दा अघि जस्तै सरकारी कार्यालय बनाउनुपर्ने एक थरीको भनाइ छ । अर्को थरीले यसलाई पर्यटन क्षेत्र निर्माण गर्नुपर्ने बताइरहेका छन् । कसैले भने दरबार क्षेत्र र दरबारलाई कार्यालय नै बनाई दरबारको संरक्षण गर्नुपर्ने बताएका छन् ।

सशस्त्र द्वन्द्वको क्रममा २०६२ मा तानसेन दरबार ध्वस्त भएपछि दरबार अहिले पुनः निर्माण भइरहेको छ । सन् १९२७ मा जनरल प्रतापशमशेर राणाले निर्माण गरेको तानसेन दरबार ध्वस्त हुनुभन्दा अघि दरवारमा विभिन्न सरकारी कार्यालय थिए ।

जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, जिल्ला विकास समितिको कार्यालय, गाउँ विकास कार्यक्रमको कार्यालय, राष्ट्रिय अनुसन्धानको कार्यालय, क्षयरोग निवारण संस्थाको कार्यालयलगायतका कर्यालय रहेका थिए । अहिले यी कार्यालय तानसेनका विभिन्न स्थानमा रहेको छन् । त्यसमध्ये कोष तथा लेखा नियन्त्रण कार्यालयको भवन निर्माण भइसकेको छ ।

दरबार अहिले निर्माण कार्य भइरहेको छ । यसको निर्माण अवधि अब जम्मा सात महिना मात्र रहेको छ । दरबार निर्माण हुनुपूर्व पनि यस्तै किसिमको विवाद थियो । त्यसैले निर्माणाधीन दरबारलाई कसैले पर्यटन क्षेत्र निर्माण गर्नुपर्ने, कसैले सरकारी दरबार भत्किनु अघि भए जस्तै सरकारी कार्यालयको निर्माण गर्नुपर्ने बताइरहेका छन् ।

तानसेन दरबारलाई अधिकांश सरकारी अधिकारीले भने पहिले भए जस्तै सरकारी कार्यालय राख्नुपर्ने कुरामा जोड रहेको छ । पाल्पाका स्थानीय विकास अधिकारी कृष्णचन्द्र घिमिरेले दरबारलाई पुनः सरकारी कार्यालय बनाउनुपर्ने भनाइ राख्नुभयो । उहाँले भन्नुभयो- सरकारी कार्यालय केन्दि्रत नहुँदा जनताले दुःख पाउन सक्छन् ।

स्थानीय विकास अधिकारीको सरकारी कार्यालय निर्माणाधीन दरबारमा नै सरकारी कार्यालय राख्नुपर्ने आशय भए पनि पाल्पाका प्रमुख जिल्ला अधिकारी जनकराज रेग्मीले भने दरबार क्षेत्र र दरबारलाई के बनाउने नबनाउने भन्ने निर्णय गर्ने अधिकार सर्वसाधारणलाई दिनुपर्ने बताउनुभयो ।

दरबार र दरबार वरिपरिको क्षेत्रलाई पर्यटन क्षेत्र बनाउने, नबनाउने सरकारी अधिकारीहरूको जस्तै स्थानीय बासिन्दामा पनि विवाद र फरक मत देखिन्छ । तानसेनका स्थानीय बासिन्दा प्रेमसागर शाहीले दरबार र वरिपरिको क्षेत्रलाई पर्यटन क्षेत्रको गन्तव्य स्थल बनाउनुपर्ने बताउनुभयो । दरबारको महìव र ऐतिहासिकताको दृष्टिकोणले पनि दरबारलाई पर्यटन क्षेत्र बनाउँदा पाल्पालीलाई नै फाइदा हुने उहाँको तर्क छ । दरबार र दरबार क्षेत्रका वरिपरि रहेका करिब ४२ रोपनी जग्गालाई पुनर्निमार्ण गरी पर्यटन क्षेत्र बनाए मात्र पाल्पालाई पर्यटन क्षेत्रको रुपमा विकास गर्न सकिने शाहिले दाबी गर्नुभयो ।

तानसेन दरबार वरिपरिका व्यापारीले भने दरबारमा सरकारी कार्यालय नै राख्नुपर्ने बताएका छन् । उनीहरूले यहाँको कार्यालय अन्त सार्ने हो भने व्यापारी मर्कामा पर्ने धारणा राखेका छन् । दरबार क्षेत्रभित्र अहिले जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समितिको कार्यालय, जिल्ला बाल सङ्गठन समिति, विद्युत् कार्यालय, अनुसन्धान कार्यालय स्थायी र अस्थायी रुपमा रहेका छन् ।

दरबार वरिपरि नभएका व्यापारीले भने सबै कार्यालयलाई हटाएर पाल्पा पर्यटन केन्द्रको रुपमा विकास गर्न सकिने बताएका छन् । दरबारलाई पर्यटन क्षेत्र बनाउनुपर्छ, सरकारी कार्यालय तानसेनको अरु ठाउँ नै सार्नुपर्छ- स्थानीय सर्जु गौतमले भन्नुभयो । दरबार पुनर्निर्माण सकिनु अघि सबै बसेर निर्णय गर्नु राम्रो हुने उहाँको भनाइ छ ।

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।

more »

  • PERSONALITY

Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.

more »

HOROSCOPE

Useful Info