TODAY'S CARTOON

banner

कृष्णबहादुर महरा

माओवादीले सत्ता कब्जा गर्छ भन्ने भ्रम मेटियोः महरा छोटो समय गृहमन्त्रीमा रहनुभएका एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का स्थायी समिति सदस्य एवं विदेश विभाग प्रमुख कृष्णबहादुर महराले पूर्वगृहमन्त्रीको हैसियतमा पाउने कुनै सुविधा नलिने घोषणा गर्नुभएको छ । उहाँले सवारीसाधन, सुरक्षा फोर्स लगायतका सुविधाहरू राजीनामा दिनेबित्तिकै छोड्नुभएको थियो ।

गृहमन्त्री भएको छोटो कार्यकालमा तपाईं कत्तिको सफल हुनुभएजस्तो लाग्छ ?

मैले आफैँ सफल भएँ या भइन भन्नुभन्दा पनि आम जनसमुदायले कस्तो रूपमा लिएको छ । गृह मन्त्रालयका सुरक्षा निकायदेखि आन्तरिक सङ्गठनले कस्तो अनुभव गर्‍यो भन्नेमा निर्भर गर्छ । मलाई यो छोटो समयमा गृहमन्त्रालयमा सुधारको लागि कमसेकम सकारात्मक सुरुवात गरियो भन्ने लागेको छ । मैले बाहिरको प्रतिक्रिया पनि राम्रै पाएको छु ।  

गृह मन्त्रालयमा सुधार गर्नैपर्ने पक्ष के-के हुन् ? के गरियो र के गर्न बाँकी छ जस्तो लाग्छ ?

गृह मन्त्रालय मुख्यतः राज्य पुनःसंरचनासँग जोडिएको विषय हो । गृहमन्त्रालय भनेको साँच्चै राज्यको सबभन्दा महìवपूर्ण र एकदम संवेदनशील अङ्ग पनि हो । हामी पुरानो राज्यको ढाँचामा चलिरहेका छौँ । समग्र रूपले राज्यको पुनःसंरचनाको बहस उठिरहेको छ । नयाँ संविधानमा पनि यो विषय उठिरहेको छ । यस हिसाबले सबभन्दा पहिले हामीले राज्यको पुनर्संरचना गर्दा गृह प्रशासनलगायत सबै निकायको पुनर्संरचना गर्ने कुरा सुनिश्चित नै छ । यो त राजनीतिक रूपले संविधान निर्माण प्रक्रियासँगै अगाडि बढ्ने विषय हो । तत्काल मैले देखेको के हो भने हिजो सामन्तवादी संरचना अथवा सामन्तवादको आडमा चलेको राज्य संयन्त्र त्यसमा गृह प्रशासन मुख्य रूपमा जनताप्रति उत्तरदायी भन्दा पनि राजातिर उत्तरदायी भएको राज्यको अङ्ग हो । त्यसलाई जनतातिर फर्काउने कुरा नै मुख्य कुरा हो । गृह मन्त्रालयमा जनताको सच्चा सेवकका रूपमा हामीले सेवाग्राहीहरूलाई ठीक ढङ्गले सेवा दिनसक्ने लायकको संस्थाको रूपमा विकास गर्नुपर्ने मुख्य चुनौती हो र यो चुनौतीलाई हामीले सामना गर्नुपर्छ । र यसलाई सम्बोधन पनि गर्नुपर्छ । नीतिगत ओरेन्टेसनमा मैले गृह प्रशासनलाई विशेष जोडतोडकासाथ भनेको छु । तर संरचनात्मक रूपमा परिवर्तन गर्न त समय लाग्छ । यो एक-दुई महिनामा गरेर हुने कुरा होइन । कम्तीमा पनि हामी जनताप्रति उत्तरदायी हुनुपर्छ । जनतासँगको सम्बन्धलाई निरन्तरता दिनुपर्छ भन्ने सैद्धान्तिक ओरेन्टेसन गर्ने कामको मैले सुरुवात गरेको छु ।  

अढाइ महिना गृहमन्त्री हँुदा तपाईंले गरेका मुख्य सुधारका काम चाहीँ के-के हुन् ?

मैले गृहमन्त्री भएर दुईवटा काम गरँे । एउटा जनतासँगको सम्बन्धलाई सुदृढीकरण र दोस्रो काम जनतालाई सही ढङ्गले सुरक्षाको प्रत्याभूति दिलाउने काम गरेको छु । यो काममा हामी प्रतिबद्ध भएर लाग्न सक्छौँ कि सक्दैनौँ, त्यही अनुसारको योजना तथा कार्यक्रम भयो भने ठिक हुन्छ भन्ने विषयमा मैले ओरन्टेसन दिएको छु । यो दुई महिनामा साँच्चिकै हाम्रा मातहतका निकायले सुधारका कुराको थालनी गरेको छ ।  

पाँचबुदे सहमतिलाई कार्यान्वयन गर्न लाग्नुपर्ने बेलामा मन्त्रिमण्डल पुनर्गठन गरेर के गर्न खोजेको हो माओवादीले ?

यसका दुईवटा पक्ष छन् । माओवादीले निर्णय गरेको करिब हप्तादिनपछि मात्र शपथ ग्रहण भयो । यो राम्रो भएको छ । यसले पाँचबुदे सहमतिलाई असर गर्नु हुँदैन । एकीकृत नेकपा माओवादी र स्वयं पार्टी अध्यक्षले पाँचबुदे सहमतिप्रतिको प्रतिबद्धता सार्वजनिक रूपमै जाहेर गरिसक्नुभएको छ । भाद्र १४ गतेपछि नयाँ परिस्थिति आउँछ भन्ने कुरा सबलाई थाहा छ । तर हाम्रो केन्द्रीय समितिको बैठकले निर्णय गरेको छ । पुनर्गठन पार्टीको अन्तरविरोधलाई हल गर्न सहज भएको छ । पार्टीलाई एकीकृत गर्नको निमित्त यो निर्णय जरुरी थियो । यो पार्टीको आन्तरिक मामिलालाई एकहदसम्म समाधान गर्न सकेको छ । तर यसले बाहिरको राजनीतिकसङ्घर्ष पाँचबुदे सहमतिदेखि राष्ट्रिय संयुक्त सरकार बनाउनेदेखि लिएर शान्ति र संविधान निर्माण प्रक्रियामा कुनै असर गर्दैन बरु पुनर्गठनले सहयोग मात्र गर्दछ ।  

मन्त्रिमण्डल पुनर्गठनले पाँचबुँदे सहमतिलाई ओझेलमा पार्छ भनिन्छ नि ?

जसले यसलाई आशङ्काको रूपमा लिनुभएको छ त्यो आशङ्का पनि सही हो किनभने एक महिना अगाडि पुनर्गठन गर्नुभनेको के हो भनेर प्रश्न उठ्नुलाई मैले अन्यथा ठानेको छैन तर एकीकृत नेकपा माओवादीले यो आशङ्का नगर्न अपिल गरिसकेको छ । अब पुनर्गठन भैसकेको अवस्था छ । यसपछि हामी शान्ति, संविधान पाँचबुँदे सहमतिलाई लागू गर्ने कुरामा दृढतापूर्वक लाग्नेछौँ ।

एकताका माओवादीलाई गृह मन्त्रालय दिन हुँदैन भन्ने कुरा पनि निकै चर्चामा थियो र व्यक्तिगत रूपमा महराले गृहमन्त्री चलाउन सक्दैन भन्ने तर्क गर्नेहरू पनि कम थिएनन् । अहिले यहाँलाई कस्तो लाग्छ ?

ब्ााहिर जुन चर्चा थियो गृह मन्त्रालय माओवादीलाई दिनुहुन्न भन्ने यो दुई महिनामा यो बहस र ती आशङ्का मेटिए भन्ने मलाई लागेको छ । धेरै थरीका मानिसहरूले माओवादीले सत्ता कब्जा गर्छ, सत्ता कब्जाको अभियानमा लाग्छ भन्ने जुन भ्रम थियो अहिले पुष्टि भएको छ कि माओवादीले त्यसरी सोचिरहेको छैन । अन्तर्राष्ट्रिय समुदायको पनि यो आशङ्का दूर भयो र जसले आरोप लगाउने गर्दथे उनीहरूलाई पनि दूर भयो भन्ने मलाई लागेको छ । जुन राजनीतिक पार्टीहरूले सत्ता कब्जा गर्न खोज्यो माओवादीले भन्दथे उनीहरूलाई पनि यो दूर भएको छ । हामीले गृह मन्त्रालय सम्हाल्नुको अर्थ सत्ता कब्जा गर्नु होइनथ्यो । त्यहाँभित्र देखिएका विकृति विसङ्गतिहरू हटाउने कुराको साथसाथै जनतालाई राज्यको उपस्थितिको प्रत्याभूति दिलाउने कुरामा अधिकतम प्रयास गर्ने कुरा हो । यो प्रयासमा हामी सफल भएका छौँ । पुनर्गठन हुनुमा मैले ठूलो रूपमा लिएको छैन । गृहमन्त्री अहिले नारायणकाजीजी हुनुहुन्छ । यो व्यक्तिको कुराले खासै फरक पार्दैन । मुख्य कुरा पार्टीको नीतिगत रूपमा अगाडि बढ्ने कुरा हो । पार्टीलाई एकताबद्ध राख्ने कुरा नै मूल मुद्दा हो । सरकारमा रहेको बेलाको कमीकमजोरी र नयाँ पुरानोले असर गर्छ भन्ने कुरा सहायक हो ।

पाँचबुँदे सहमति कार्यान्वयन गर्न र राष्ट्रिय सहमतिको सरकार बनाउन प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बेलामा मन्त्रीहरू फेरबदल गरेर सहमति कार्यान्वयन गर्न बाधा भयो भन्ने आरोप पनि तपाईंहरूमाथि छ नि ?

पाँचबुँदे सहमति कार्यान्वयन गर्न एकीकृत नेकपा -माओवादी) बाधक हँुदैन । हामी यसमा प्रतिबद्ध छौँ । अबको काम भनेको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनु हो । यो समय संविधान निर्माणतिर केन्दि्रत हुने बेला हो । त्यो काम गर्नेबित्तिकै अर्को संयुक्त सरकार बनाउने कुरामा प्रधानमन्त्री पनि सकारात्मक हुनुहुन्छ । हाम्रो पार्टी पनि सकारात्मक छ । त्यसमा कुनै द्विविधा रहेको छैन । संयुक्त सरकार बनाउने कुरामा पार्टी बाधक हुँदैहुन्न ।  

पछिल्लो राजनीतिक घटनाक्रमले केही मानिसलाई खुसी तुल्याए पनि अधिकांश कार्यकर्ता, जनसमुदाय र शुभचिन्तक भने चिन्तित देखिन्छन् नि ?

त्यो चिन्ता व्यक्त हुनु अस्वाभाविक होइन जस्तो लाग्छ । खास गरेर हाम्रा निर्णयले बाहिरको राजनीतिक स्थितिमा परेको प्रतिकूलता जस्तो देखिन गएको छ । यो हप्तादिनसम्म जुन अन्योल देखा पर्‍यो त्यो अन्योलले उब्जाएका प्रश्नहरू स्वाभाविक प्रश्न हुन् । खास पदका लागि मात्र हो भन्ने कुरा जिम्मेवारी विभाजनबाट प्राप्त पद जसले पाउनुभएको छ उहाँले त्यो देखाउनुहुने छैन । पार्टीले पनि त्यो दिशामा होइन भन्ने पुष्टि गर्नेछ, यो हाम्रा भविष्यका कामहरूले पुष्टि गर्ने कुरा हो । त्यो आशङ्का मेटाउन पार्टी र सम्बन्धित व्यक्ति सबै लाग्छौँ ।

क्रान्तिकारी पार्टीभित्र अन्तरसङ्र्घष हुनु स्वाभाविक हो भन्छन् तर पछिल्लो समयमा मारामारको स्थिति देखा परिरहेको छ, पार्टीमा किन यस्तो भइरहेको हो ?

यो दुर्भाग्य हो । पार्टीभित्र अन्तरसङ्र्घष चल्नु स्वाभाविक हो । तर कुटाकुट र मारामारको स्थितिले पार्टीमा ठिक गर्दैन । यो गम्भीर विषय पनि हो । सङ्घर्षलाई व्यवस्थित ढङ्गले चलाउनुपर्दछ । पार्टीभित्र अलिकति कमीकमजोरीहरू निश्चित रूपमा भएका छन् जुन छरपस्ट रूपमा बाहिर आएका छन् । यसलाई रोक्न पनि पार्टी लागिरहेको छ । यसलाई रोक्नलाई हामीले केही विधिहरू पनि बनाएका छौँ ।  

यहाँहरूले भदौ १४ भित्र संविधानको एकीकृत मस्यौदा सार्वजनिक गर्ने कुरा गरिरहनुभएको छ । यो सम्भव छ त ?

राजनीतिक सहमति भयो भने सम्भव हुन्छ । यसमा कुनै समस्या छैन । तर अहिलेबाट त्यो काममा घनिभूत रूपमा राजनीतिक दलहरू लाग्नुपर्छ । सबै राजनीतिक पार्टीको सहमतिमा त नहोला विमतिसहितका मस्यौदा बने पनि जनतामा पुर्‍याउन सकिन्छ ।

माओवादी पार्टीभित्र जसले जन-युद्धदेखि नै आˆनो ज्यानको बाजी थापेर लागेका थिए उनीहरू अहिले ओझेलमा पर्दैछन् । नवआगन्तुकहरू पार्टीमा हावी भएको भनिन्छ । यो सही हो ?

वस्तुगत धरातलका दृष्टिले ठिक हो । यो वस्तुगत धरातलको कारणले देखापरेको प्रवृत्ति हो । पार्टीमा चलेको अन्तरसङ्घर्षको एउटा कारण यो पनि हो । यसको समाधानका लागि हामीले भेला, बैठकहरू पनि गरेका छौँ । यी प्रवृत्तिलाई सच्याउनै पर्छ । यदि हामीले सच्याउन सकेनौँ भने पार्टीको लागि पनि दुर्भाग्य हुन्छ । हिजो जनयुद्ध लडेका, सहिद, बेपत्ता, घाइतेहरूलाई यो आन्दोलनबाट एक्ल्याउन सकिँदैन ।

विगतमा अन्य पार्टीहरूको अन्तरविरोधलाई माओवादीले विदेशी चलखेलको सङ्ज्ञा दिँदै आएको थियो तर यसपटक माओवादीभित्रको तीव्र अन्तरविरोधमा विदेशी शक्ति पनि घुस्यो भन्छन् नि ?

यो राजनीतिक रूपमा देखापरेको दुर्भाग्य हो । एकताबद्ध भएर नलाग्ने प्रवृत्ति अर्को दुर्भाग्य हो । यसको सीधा असर जनतालाई परेको छ । यी चिजको मूल कारण नेताहरू देश र जनताप्रति गम्भीर रूपमा उभिन नसक्नु नै मुख्य कारण हो । यो नेपालका नेताहरूमा लागेको रोग नै हो । विदेशी हस्तक्षेपबाट दलहरूलाई मुक्त गर्न जनताले ठूलो सङ्घर्ष गरेका छन् । त्यसकारण हामी सबैले नेपालका राजनीतिक दलका नेताहरूलाई देश र जनताप्रति उत्तरदायी हुने, देशलाई केन्द्रविन्दुमा राखेर अगाडि बढ्ने सङ्कल्प बनाउन सकियो भने पार्टीबीचको अन्तरकलह पनि कम भएर जान सक्छ । पार्टी-पार्टीबीचको अस्वस्थ प्रतिस्पर्धा पनि नहुन सक्छ ।

तपाइर्ंले राजीनामा दिनासाथ पूर्वगृहमन्त्रीले पाउने सम्पूर्ण सुविधा फिर्ता गर्नुभयो । यसो किन गर्नुभएको हो ?

मेरो मान्यता राज्य नै जनताप्रति उत्तरदायी बन्नुपर्छ । मैले दुई महिना गृह मन्त्रालयमा रहँदाखेरी मन्त्रालय मातहतका निकायलाई कुनै शक्तिकेन्द्रका पछाडि नभई नेपालको पछाडि लाग्नुस् भनेर भनेको थिएँ । हाम्रो शक्ति भनेको नेपाल हो । नेपाली जनता हो । नेपाली जनताको सेवाभन्दा बाहेक हाम्रो अरु कुनै स्वार्थ छैन भन्ने मनसायले काम गर्न प्रेरित गरेको थिएँ । जनतालाई हामीले दृढ विश्वास गर्छौं भने हामीले सुविधाका कुरा, सुरक्षाका कुरा पनि जनताका बीचबाट खोज्नुपर्छ । जनताभन्दा बाहिरबाट खोजियो भने सिद्धान्ततः राम्रो कुरा होइन भन्ने लागेर मैले केही सुविधा नलिने घोषणा गरेको हो । टेक्निकली सुरक्षाको थ्रेट भएमा सोच्ने कुरा हो । जनतालाई अधिकतम सुविधा दिने हो हामीले लिने होइन ।

तपाईंलाई सहयोग गर्ने व्यक्ति तथा निकायलाई के भन्न चाहनुहुन्छ ?

गृह मन्त्रालयमा मैले जति समय बिताएँ । त्यसताका जति सफलता हासिल भएका छन् त्यो मेरो एक्लो प्रयासले मात्र भएको होइन । वास्तवमा गृह मन्त्रालय र सुरक्षा निकायको सम्र्पूण टिमको एकताबद्ध शक्ति हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान गृह मन्त्रालयका उच्च अधिकृत, समग्र प्रहरी परिवार सबैको संयुक्त प्रयास हो । गृह मन्त्रालयमा धेरै फेरबदल पनि भयो । कसैसँग आग्रह पूर्वाग्रह नराखी उहाँहरूले मलाई सहयोग गर्नुभएको छ । उहाँहरू सबैलाई आभार तथा धन्यवाद दिन चाहन्छु । गोरखापत्र  

COMMENTS

COMMENT THIS INTERVIEW

OTHER INTERVIEWS

- याङ हौलान
- Baburam Bhattrai
- डा. बाबुराम भट्टराई
- माधवकुमार नेपाल
- रुवेल चौधरी
- पुष्पकमल दाहाल प्रचण्ड
  • INTERVIEW
  • ARTICLES

सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।

more »

  • PERSONALITY

Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.

more »

HOROSCOPE

Useful Info