मलाई भगवानले हँसाएर खा भनेर पठाएका रहेछन् ।
मलाई भगवानले हँसाएर खा भनेर पठाएका रहेछन् । त्यसैले उहाँको निर्देशनलाई कदर गर्दै दर्शक/स्रोताई हँसाउन र केही लुकेकाकुरालाई खुलासा गर्न अनि सन्देश दिन लागिपरिरहेको छु । अनि तितो सत्यलाई निरन्तरता दिनकालागि समय विताइरहेको छु ।
तपाईंले सोच्नुभएको थियो दर्शकलाई हँसाएको भरमा यो स्थान पाइन्छ भनेर ?अहिलेका हाम्रा प्रधानमन्त्री माधवकुमार नेपालले पनि म प्रधानमन्त्री हुन्छु भनेर सोच्नु भएको थिएन होला । अमेरिकाका राष्ट्रपति बाराक ओवामाले पनि म अमेरिकाको राष्ट्रपति हुन्छु भनेर सोचेका थिएनन् होला। त्यसैले मैले आजको कुरा हिजो सोच्ने कुरै भएन नी ।
कुन दिनदेखि आवद्ध हुनभयो नेपाली कला क्षेत्रमा ?रेडियो नाटक आमाबाट मैले कलायात्राको थालनी गरेको हुँ । टेलिभिजनतर्फट्वाक्क- टुक्कमार्फ म दर्शकमाझ पुगे अनि ठूलो पर्दामा चलचित्र रक्षकबाट जोडिए । अहिले आएर त्यसैको हाँगाविगा अर्न्तगतनै चलिरहेको छ ।
दर्शकले यहाँलाई कुन कार्यक्रममार्फ चिनेजस्तो लाग्छ ?अनुहार चिन्नलाई त धेरै अगाडिनै चिन्नुभयो होला । नजिकबाट मेरै परिवारले मलाई राम्ररी चिनेका छैनन् । दर्शक/स्रोतले भने चिन्ने कुरै भएन । तर, मेरो पहिचान भने स्रोता दर्शकले रामविलाश र धनियाबाट पाउनु भयो ।
सुन्दर मेरो नाम चलचित्रमा नायकको भुमिकामापनि देखिनुभयो, तितो सत्य गर्दागर्दै एक्कासी त्यता लाग्ने सोच कसरी आयो त ?नायक बन्ने मेरो बच्चैदेखिको रहर हो । ममा चलचित्रमा गीत गाउँ र नाचु भन्ने सोच सानो छँदा देखिनै थियो । त्यही अनुसार कलाकारिता लागिरहँदा सुन्दर मेरो नाम अलिकति फरक किसिमको चलचित्र हुन्छ जस्तो लाग्यो र त्यही अनुसार रोल पाए र स्वीकार गरेको हुँ ।
दिपाजीसँग प्राय सँगै हुनुहुन्छ कसरी भयो यहाँको भेट दिपाश्री निरौलासँग ?दिपाजीसँग रेडियो नाटक गर्ने बेला देखिनै भेट भएको हो । तर, त्यती नजिक भने थिएनौ हामी । अनी राम विलाश र धनीया कार्यक्रमबाट नजिक भयौ र हाम्रो प्रस्तुतीलाई स्रोताले मनपराइदिनुभयो । अनि त्यही दिनदेखि हामीसँगै छौं ।
प्रायसँगै भइरहँदा घरमा अप्ठ्यारो स्थितिको सृजना भएको छैन ?बाटो हिँड्दा पर्ने अप्ठ्यारालाई अप्ठेरो मानेर खुट्टा कमाउनु हुँदैन । अनि त्यस्तो भयङ्कर अप्ठ्यारो पर्ने दुर्घटना पनि त केही भएको छैन । सामान्य अप्ठ्यारो त बावु-छोरा पनि सधै सँगै हिँडिरहृयो भने पर्छ नै । अर्को कुरा कहिले काहीँ श्रीमतीसँग सामान्य कुराकानी हुन्छ, यस्तो आएछ पत्र-पत्रिकामा भनेर सोध्छिन् । त्यो पत्रकारहरुले "क" भन्दा "घ" लेखिएदिएर भएको हो भन्छु ।
दर्शकलाई हसाइरहँदाँ प्रेमको प्रस्तावपनि आइरहन्छ होलानी हैन ?एउटा कलाकारलाई दर्शकले प्रेम गर्नु स्वाभाविक हो । मलाईं जसले प्रेम गर्छ त्यसलाई म तिरस्कार गर्दिन । आइ लभ यू भन्नेलाई आइ हेट यु भन्दिन् । आइ लभ यु टु नै फर्काउँछु ।
देश-विदेश घुमिरहँदा प्रवासी नेपालीले आफ्ना कलाकारप्रति कस्तो प्रतिक्रिया दर्शाउँछन् ?सबैतिर राम्रै छ जहाँ पुगे पनि मायाको कमी छैन । देश वाहिर पुग्दापनि नेपाली मनले साथ दिएकै हुन्छ जुन मोफसलमा घुमीरहदाँ पाइन्छ ।
प्रसंग बदलौं । देशको राजनीति अवस्थालाई तपाईंले कसरी विश्लेषण गर्नुहुन्छ ?देश डग्मगाएको स्थितिमा छ । मुलुकको हित कसैबाट भएजस्तो लाग्दैन । बरु जातिय विभाजनका कुरा उठीरहेको छ । नेपाली- नेपाली लडाउने खेल भइरहेको छ । हामी भाइ-भाइ भन्ने सोच कसैको छैन् । दर्दनाक अवस्थामा मुलुक गुज्रीरहेको छ ।
राजनीतिक माहोल तातेपछि कलाकारपनि नेतासँगै दौडिन्छन् नी , यहाँ पनि त्यस्तोमा पर्नूहुन्छ की ? आफै नेता बन्ने सोचमा त हुनुहुन्न ?राजनीतिकदलका नेताले कलाकारहरुलाई प्रयोग गर्छन । हो त्यसमा म पनि सहमत छु तर, म कुनै नेताकोपछि लागेर दौडिने कलाकार होइन । र, भोलिका दिनमा उनीहरुका प्रचार-प्रसारमा भोट माग्न गएको पनि छैन । बरु सभासदकै पदमा आफै टिकट लिएर भोट माग्न जान सक्छु । तर, तत्काल त्यस्तो कुनै योजना छैन ।
कलाकारितामा नाम चलेको मान्छे भोली राजनीतिमा लागेर खस्किन पनि सकिन्छ नी हैन ?नेता बनेर मैले भाइ-भतिजालाई जागिर लाइन भने, देशको बजेट खाइन भने,माथि उठ्नपनि त सकिन्छ नी । जे होस् म नेता बनेर राम्रो काम गरे भने खस्किने होइन माथि उस्किन सक्छु ।
राजनीतिक दलको झण्डा बोकेर कलाकारिता गर्न तम्सिने कलाकारलाई के भन्नुहुन्छ ?कलाकार भनेको स्वयम् नै अधोशित सभासद हो । त्यस्तो मान्छे कुनै एउटा पार्टीको झण्डा बोकेर हिड्नुभनेको सभासद गाविस अध्यक्ष हुनुजत्तिकै हो ।
के तोकिएकै समयमा संविधान बन्ला त ?बन्छ । चलचित्रहरुमा बन्छ, टेलिसिरीयलहरुमा बन्छ । मेहनत गरिराखेमा त्यस्तै आठ-दश वर्षमा त बन्ला नी
कार्याक्रम प्रस्तुतीका लागि विदेशबाट त्यस्तो निम्तो आएको छ कि छैन ?म केही दिनपछि कतार जाँदैछु । त्यसपछि हङकङ जानेछु । त्यसको केही समयपछि अष्ट्रेलिया जाने कार्यक्रम छ । हङकङमा मे १ का दिनको कार्यक्रम छ ।
अन्त्यमा आफ्ना विदेशमा रहेका दर्शकहरुलाई केही भन्नु छ कि ?माया दिनु भएको छ दिइरहनुहोस् । नेपाली पनलाई नविर्सनुहोस् । जहाँ हुनुहुन्छ म नेपाली हुँ मेरो देश नेपाल हो भन्ने चै नभुल्नुहोला ।
COMMENTS